अब के गर्नु पर्छ ट्रंपले?

donald

जति सुकै बिरोध गरे पनि ट्रंप यो मुलुकको मात्र होइन संसारकै शक्तिशाली रास्ट्रपति हुन, अमेरिकाको ४५ औं रास्ट्रपति होइनन ट्रंप ससारकै रास्ट्रपति हुन, उनले जनवरी २०, २०१७ देखि ह्वाइट हाउसबाट संसारको नेतृत्व लिन्छन, कोहि कसैले त्यो रोक्न सक्तैन, उनले हिलारी क्लिन्टनलाई मात्र हराएका होइनन, संसारकै शक्तिशाली आतंककारी ओसामाबिन लादेनलाई समाप्त गरेको साख लिने बराक ओबामा, उनको मिडिया ठेकेदार क्लिन्टन न्युज नेटवर्क (सीएनएन), उनलाई काँध थाप्ने अफ्रिकन अमेरिकन, एसियाली, दक्षिण अमेरिकी मतियार र बचे खुचेका फुच्चे छोटे हनुमानहरु सबैको सामुहिक पराजय गराउनमा अत्यन्त सफल अत्यन्त अनुदारबादी, ब्यापारी, गैर राजनीतिज्ञ तर कठोर रास्ट्रबादी नेता डोनाल्ड ट्रंपले आज अमेरिकामा जे ह्विम ल्याए त्यो उनको व्यक्तिगत प्रयास र क्षमताले भएको हो, उनि गणतन्त्रबादी (रिपब्लिकन) समेत होइनन तर रिपब्लिकन पार्टीका सयौं बर्षदेखिका सबैको हैसिएत डेढ बर्षमा समाप्त गरेर सत्ता र शक्तिमा आएका व्यक्ति हुन, यस्ता व्यक्ति ३ सय बर्षमा बिरलै १ जना जन्मिन्छ, उनको यो उदयलाई चमत्कार नै मान्नु पर्छ, भन्ने कुरा धेरै छ तर रास्ट्रपति निर्बाचित ट्रंपलाई अत्यन्त छोटो विवरणका साथ् केहि कुरा सुझाउँ:

१) आफुले डेढ बर्षदेखि उठाउदै आएका कुनै एक बुँदालाई कम्प्रमाइज नगर्नु
२) अमेरिका ठुलो हो न की रिपब्लिकन र डेमोक्रेट ठुलो भन्ने सबक सबैलाई सिकाउनु
३) चीनको ग्रेट वाल भन्दा ठुलो आइसन होबरको सिद्दान्त अनुसार अमेरिका वरिपरि ठुलो पर्खाल बनाउनु, पर्यटकीय हिसाबले यो पर्खाल हेर्न संसारबाट बार्षिक ३० करोड मानिसहरु अमेरिका आउन,
४) ओबामा केयर र इबिटि तत्काल खारेज गर्न बहालवाला रास्ट्रपति ओबामालाई आदेश गर्नु, इबिटि खारेज हुनासाथ सरकारको धन सित्तैमा खानेहरुको प्रोटेस्ट समाप्त हुन्छ
५) गत मंगलबारसम्म अमेरिका पसेका सबैको ग्रिन कार्ड र सिटिजनसिप सुरक्षित गरिदिनु, पछि घुसेका र घुस्न चाहनेहरुको हैसिएत प्रस्ट्याई दिनु
६) सिरिया, नर्थ कोरिया, भेनेजुएला, पेरु, क्युबा, म्यानमार र इरानको अन्तरास्ट्रिय हैसिएत प्रस्ट्याई दिनु, आबस्यक परे कार्यबाही गर्नु
७) इमेल र फिमेल काण्डको अन्तिम किनारा लाउनु
८) रास्ट्रपति ओबामाले कुनै एक उम्मेदवारको पक्षमा वकालत गर्न मिल्ने नमिल्ने कुराको अमेरिकी जनतालाई सुसुचित गर्नु, उनको जन्म बिबादको टुंगो लाउनु
९) विश्वभरबाट ए ग्रेडका बिद्यार्थीहरुको अमेरिका आगमनको ग्यारेन्टी होस् तर बाँकी प्रकारका अमेरिका ड्रिम समाप्त गरिदिनासाथ आप्रबासी राजनीतिको अन्त्य हुनेछ, सारा डेमोक्र्याटहरु रास्ट्रबादी रिपब्लिकन बन्न बाध्य हुनेछन, स्ट्रंग अमेरिका हुनेछ, युनाइटेड अमेरिका हुनेछ, सबैको ध्यान ‘मेक अमेरिका ग्रेट एगेन’ मा केन्द्रित हुनेछ

तत्काल यी मुद्दाहरुको सुनुवाई होस् या की अनाबस्यक रुपमा उठाईएको इलिगल मुभमेन्ट आफसेआफ सेलाओस, वाहियात र उछ्रिङ्खल हिलारी आन्दोलनको औचित्य नरहोस

अनुरोध

th

  सीधाकुरा समुहद्वारा संचालित सीधाकुरा अंग्रेजी र नेपाली फेसबुक पृष्ठमा पोस्ट हुने सामाग्री सीधाकुरा युएसए डट कम मार्फत सम्प्रेषण हुने […]

मृत्युबरण मन पराउनेहरुमा आग्रह

मृत्युबरण मन पराउने (लाइक) गर्ने होइन भनेर फेसबुकका तमाम मित्रहरुमा बिनम्र आग्रह छ, कमेन्ट गर्नुस, सकारात्मक/नकारात्मक समालोचना/आलोचना गर्नुहोस, शुरुआत यहीं […]

नेपाल-भारत समस्या बिरुद्दको ब्लकेड आन्दोलन कीन निरर्थक?

१) मधेसबादी दलहरु होइनन एमाले, कांग्रेस, माओबादी र राप्रपा नेपाल (कमल थापा) भारतका ठुला दलालहरु भएकाले हो, उनीहरु भारत बिरुद्द […]

सन्दर्भ आमा दिवसः बलरामको सिद्धान्त

aama-3

(यो फोटो न्युह्याम्सर राज्यमा रहनु भएका समाजसेवी तथा नेपाली जनसम्पर्क समिति अमेरिकाका केन्द्रिय सदस्य लोक लामा गोलेले शेयर गर्नु भएको […]