यता नेपाल प्रबर्धन उता अमेरिका प्रबर्धन

10383883_1418298968447553_191706073833613216_n

यता नेपाल प्रबर्धन उता अमेरिका प्रबर्धन? यो प्रश्नको जबाफ खोज्दा कुन चाहि पहिलो आबस्यकता हो? सिधा कुरा घोत्लिरहेछ । नेपालको संयुक्त रास्ट्र संघका लागि स्थायी नियोग, दुताबास, बाणिज्य दूताबास र पर्यटन दूताबासहरु नेपाल सरकारको ट्रयाकमा त छन? भन्ने प्रश्न पनि अहिले अमेरिका भरिका नेपालीहरुको दिमागमा घुमिरहेको हुनुपर्छ । १ हप्ता अगाडी न्युयोर्कमा आयोजित नेपाल प्रबर्धन कार्यक्रममा सबै नियोग र दूताबासहरुका प्रतिनिधिहरुको सुन्य उपस्थिति रह्यो । पर्सि शनिबारदेखि टेक्सासमा आयोजना हुने नेपाल महोत्सवमा त्यहि स्थिति नदोहोरिएला भन्न सकिन्न । नेपाल महोत्सब टेक्सास प्रमुख आयोजक शेषराज खतिवडासंग यसबारेमा सोधनी हुँदा नियोग र दूताबासहरुले स्पस्ट जबाफ नदिएको बताईएको छ । नेपालका उद्योग मन्त्री कर्ण बहादुर थापा स्वयम उपस्थित भई आयोजना हुन लागिरहेको महोत्सबमा दुतहरुको बाक्लो उपस्थिति भएन भने वहाहरुको नियोग र दूताबासको हबिगत के होला भनी मन्त्रीसंग सिधा कुराले जिज्ञासा राख्दा मंत्री उपलब्ध हुनु भएन तर यस बारेमा मन्त्रीका स्वकीय सचिबले नियोग, दूताबास र दूतहरुको कार्य विवरण र दैनिक समय तालिका माथि अनुगमन तथा मुल्यांकन हुनेछ भनी जबाफ दिएका छन । अमेरिकामा हुने नेपाल प्रबर्धन सम्बन्धि महोत्सव, ब्यापार मेला, सडक महोत्सव, लुम्बिनी दिबस, सगरमाथा दिबस, टोपी दिबस वा जे सुकै आयोजना गर्ने वा यहाँ आयोजित कुनै पनि प्रदर्शनी वा ब्यापार मेलामा नेपाली ब्यबसायीहरुले भाग लिन चाहान्छन भने त्यसको ब्यबस्थापन, सहभागिता र आर्थिक सहयोगमा नियोग र दूताबासहरुको पूर्ण जिम्मेवारी रहन्छ । यस्तो परिस्थितिमा टेक्सासमा पर्सि मे २४ देखि २६ सम्म आयोजित नेपाल महोत्सबमा वहाहरुको उपस्थिति कस्तो हुन्छ? त्यसपछि वहाहरुको कार्य विवरण र दैनिक कार्य तालिकामाथि अमेरिकामा बसोबास गर्ने सबै नेपालीहरुले पनि समालोचना गर्नु पर्ने हुन्छ । prem raja

यता नेपाल प्रबर्धनको प्रमुख जिम्मेवारी रहेका नेपालका मेरिल्याण्ड राज्यका लागि महा बाणिज्यदुत प्रेम राजा महत अहिले यतिखेर नेपालको गोर्खा जिल्लाको बोर्लांग र बुङ्गकोटमा अमेरिका प्रबर्धन गर्न हेलिकप्टरमा सररर… घुम्दै रहेको फोटो फेसबुकले सिधा कुरासम्म सिधा ल्याएको छ । हामी संबिधान निर्बाचनका बेला प्रचण्ड र बाबुराम अनि निर्बाचन पछि बामदेव र झलनाथहरुको हेलिकप्टर मोहको तिब्र बिरोध गर्दै थियौ, अहिले महा वाणिज्यदूतको गर्न बाध्य भएका छौं । नेपालका महा वाणिज्यदूत महत पर्सि टेक्सासमा आयोजित महोत्सबमा उपस्थित हुन सक्नु भएन भने वहाको बाणिज्यदूताबासको कार्यसम्पादन मुल्यांकन हुने नहुने हामी उद्योग मन्त्री थापालाई नै भेटेर टेक्सासमा पुन प्रश्न सोध्ने छौ । यो तिखो प्रश्नको पात्र बन्नु पर्ने हो वा होइन कम्तिमा अमेरिकाका लागि नेपाली नियोग र दूताबासहरुले चाहि अहिले एक सेकेन्डमा बुझुन । बाँकी आम नेपालीहरुले यो प्रश्न भन्दा माथि उठेर महोत्सवमा उपस्थिति जनाई नेपाल प्रबर्धनमा सघाउँ । यो महोत्सब कोहि कसैको व्यक्तिगत होइन, हामी सबैको हो । नेपालीहरुको हो भन्ने भावना बुझेर कम्तिमा हामी सबैको उपस्थिति बाक्लो बनाउँ, नेपाली ऐक्यबद्दता जनाउँ ।

यसमा तपाईको मत