एनआरएन एनसीसी युएसएका चुनावका उम्मेदवार थकित

10344811_1420043054939811_7197633094642118866_n

एनआरएन एनसीसी युएसएका चुनावका उम्मेदवार साथीहरु सबै थकित भएछन । फेसबुकमा उनीहरुको बाणी र फोटा घुम्न छोडे । टिभीमा प्रतिव्यक्ति ५ सय डलर र पत्रिकामा २ सय डलरको बिज्ञापन छपाउनतिर पो लागे की ? श्री पशुपतिनाथ फाउन्डेसनमा चढाएको दान, एनआरएन इमर्जेन्सी फण्डमा चढाएको सहयोग, न्युयोर्कबाट क्यालिफोर्निया, क्यालिफोर्नियाबाट न्युयोर्क र न्युयोर्क अनि क्यालिफोर्नियाबाट टेक्सास उडेर जाँदा चढाएको प्लेन टिकट खर्च, होटल भाडा, मासु भात र ताडिको रस, फेसबुकमा दौडाउन बनाएको डिजाइन खर्च, साथि भाईसंग मजा गर्दा खर्चिएको रकमतिर ध्यानाकर्षण पो भएछ की? अहिले नै यसरि थकित हुने हो भने भोलि पर्सि एनआरएन हाक्ने कसरि? यो काइदाले त महाराज प्रचण्डको जस्तो चाला देखिएला जस्तो भो । प्रचण्डले हेलिकप्टरमा पैसा सकेर आलु, गोलभेडा ब्यापार अनि श्रीमती सिता र छोरा प्रकाशले चितवनमा गाई पाल्न खोज्या जस्तो हाम्रा एनआरएन अमेरिकाका उम्मेदवार साथिहरुलाई अलि सुहाउदैन ।

यसमा तपाईको मत