नेपाली मंत्रीहरु अमेरिकामा, एक मंचमा अर्का समितिमा

karna and chitra

 

नेपाल सरकारका दुई मन्त्रीहरु एकै पटक अमेरिकामा त्यो पनि भिन्न राजनीतिक दलका । उद्योग मंत्री कर्ण थापा र शिक्षा मन्त्री चित्र लेखा यादव दुई फरक कार्यक्रममा अमेरिका आए अनि कार्यक्रम सकेर आ-आफ्नै मात्री पार्टीहरुको भेला र अधिबेसनमा सहभागी छन ।

थापा एमाले पार्टीको तर्फबाट शुशिल कोइराला सरकारका उद्योग मन्त्री छन भने यादव नेपाली कांग्रेस पार्टीको तर्फबाट शिक्षा मन्त्री । मंत्री थापा नेपाल महोत्सवका लागि टेक्सास आएका हुन भने मंत्री यादव रास्ट्र संघिय एउटा कार्यक्रममा भाग लिन न्युयोर्क आएका । एक हप्ता अघि उपप्रधानमंत्री प्रकाशमान सिंह छिटो अमेरिका आए र मात्रै नभए नेपाल सरकारका तीन मन्त्री एकै पटक अमेरिकामा हुन्थे ।

मन्त्री थापाले हिजो एमालेको अमेरिकाको संगठन प्रबासी नेपाली मंचको आयोजनामा टेक्सासमा नेपाल महोत्सवको उद्घाटन गरे भने मन्त्री यादवले अहिले केहि छिन अघि नेपाली कांग्रेस पार्टीको अमेरिकाको भात्री संगठन नेपाली जनसम्पर्क समिति मेरिल्याण्ड च्याप्टरको अधिबेसनको उद्घाटन गरिन ।

नेपाली मन्त्रीहरुको अमेरिकामा प्रत्येक बर्ष बाक्लै उपस्थिति हुने गरेको छ तर यो बर्ष भने गत बर्षको भन्दा बढी बाक्लो हुने बताइन्छ । सेप्टेम्बर महिनामा संयुक्त रास्ट्र संघको महासभामा भाग लिन फेरी नेपाली मन्त्रीहरुको जन्ती लाग्छ । रास्ट्र संघको जन्ते बाख्रो खाईसके पछि मन्त्रीज्युहरुको फेरी भेटघाट उही जनसम्पर्क र प्रबासी नेपाली मंचका कार्यक्रमहरुमा हुन्छन ।

जनसम्पर्क र मंचका हुनेले त मन्त्रीज्युहरुको दर्शन पाउलान नहुनेले कसको? हाम्रा भनेको उही दुत, बाणिज्य दुत र पर्यटन दुत हुन, वहाहरुको पनि उतै जन्ती लाग्ने हुँदा कोहि नहुनेको चाहि केहि नभएको नभई हुने रहेछ । यदि यस्तो क्रम बढ्दै जाने हो भने हामी यताकाले बराक ओबामा वा जान बेनरकै बाटो रोज्नु पर्ने हो की?

यसमा तपाईको मत