खै नागरिकताको निरन्तरता? दुबैले राजिनामा देउ

1508069_714050225295613_456937526_n

 

एनआरएन एनसीसी अफ युएसएको गत बर्ष जुनमा सम्पन्न निर्बाचन गराउने जिम्मेवारी पाएका गैर आबासीय नेपाली संघ अमेरिकाज क्षेत्रीय उपसंयोजक सोनाम लामाले बारम्बार भनेका थिए -एनआरएनए आइसीसी र एनसीसी अफ युएसए नेपाली नागरिकताको निरन्तरताका लागि प्रतिबद्द छ र यहि प्रमुख उपलब्धि हासिल गर्न एनआरएन अमेरिकाको सदस्य बन्नुहोस । उपसंयोजक लामाको यो आकासे फलमा लोभिएर झन्डै ४ हजार नेपालीहरु सदस्य बने तर अहिले त्यो आकासको फल आकासमै झुन्डिरहे पछि अब फेरी एनआरएन एनसीसी अफ युएसएको सदस्यता लिनु वा नबिकरण गर्नुको अर्थ के?

नेपालका बिभिन्न राजनीतिक दलका नेताहरुले २००७ सालदेखि नेपालीहरुलाई त्यस्तै आकासको फल देखाउदै ल्याए झैं उपसंयोजक लामाले देखाएको आकासको फल खान पाइने आशमा एनआरएन अमेरिकाको पछि कतिन्जेल लाग्ने? यस्तो आश देखाउनु भनेको अदुरदर्शिताको प्रमाण हो । राजनीतिक वा सामाजिक सेवा क्षेत्रमा यस्तो अदुरदर्शी नेतृत्व भनेको असक्षम नेतृत्व हो । यस्तो नेतृत्वले समाजको लागि बाटो देखाउन सक्दैन । आकासको फल देखाएर लामा उपसंयोजक हुँदै अब अमेरिकाज संयोजकको नेतृत्वको अप्रत्यक्ष दाबी गर्दै आएका छन । यो दाबि त के? आकासे फल नझरेकोले उनको अदुरदर्शितालाई समाजले तिलान्जली दिनु पर्छ । उनलाई अमेरिकाबासी नेपालीहरुले स्पस्ट भन्नु पर्छ -लामाले देखाएको आकासको फल झरेन -त्यसैले राजिनामा दिनुहोस । अमेरिकाबासी नेपालीहरु सियाटलका एसी शेर्पालाई अहिले उपसंयोजक बनाएर आगामी अक्टोबरमा अमेरिकाज क्षेत्रीय संयोजक पदमा निर्बिरोध निर्बाचित गराउछन ।

10177366_774920769219762_6748737136103340775_n

नेपालका हिजडा नेताहरुको निगाहमा आकासबाट झर्ने संबिधानमा अमेरिकाबासी नेपालीहरुको नागरिकताको निरन्तरताको प्रमुख माग अघि सारेर एनआरएन एनसीसी अफ युएसएको जुन २०१४ को बिबादास्पद चुनाव जितेका अध्यक्ष खगेन्द्र जिसीको घोषणा पत्रले पनि हावा खायो । यो पनि अदुरदर्शिताको अर्को नमुना हो । आकाशको फल देखाएर नेपालका लुटेरा नेताहरुले नेपाली जनतालाई झुक्याएको भन्दा कम रहेन -न्युयोर्कबासी एनआरएन अमेरिका अध्यक्ष खगेन्द्र जिसीको चुनावी घोषणा पत्र, जसले बारम्बार नेपाली नागरिकताको निरन्तरतालाई न्युयोर्कदेखि क्यालिफोर्निया र बोस्टनदेखि सियाटलसम्म खोक्न भ्याएको थियो । खै त त्यो आकासे फल नेपालको संबिधान र त्यो संबिधान भित्र नेपाली नागरिकताको निरन्तरता?

VishwaNews_realease

नेपाली नागरिकताको त्यहि निरन्तरता सम्बन्धि अध्यक्ष जिसीको प्रमुख एजेन्डा खोला लाग्ने भए पछि उनले नेपाली जनसम्पर्क समितिको पूर्ब संयोजकको हैसिएतले भने झैं संबिधान प्रक्रियाबाट निर्माण गर । जिसीले आफु कुन धरातलमा उभिएको, कुन जिम्मेवारीमा रहेको र के बोल्नु हुने, के नहुने? ठम्याउन नसकेर जोनी वाकरको तालमा झैं एनआरएन एनसीसी अफ युएसएको लेटर प्याडमा लेखे – प्रक्रियामा गएर संबिधान घोषणा गर । बास्तबमा भन्नै पर्ने थियो भने नेपाली जनसम्पर्क समिति अमेरिकाले त्यसो भन्नु पर्थ्यो तर समिति पुच्छर लुकाएर बसेको जान्दा जान्दै गैर नाफामुलक संस्था एनआरएन एनसीसी अफ युएसएको त्यस्तो भनाई अध्यक्ष जिसीले एनआरएन अमेरिकाको मिसन स्टेटमेन्ट बिपरित बोले । यसले जिसीको अदुरदर्शिता मात्र प्रस्ट्याएन, एनआरएन अमेरिकाको नेतृत्व गर्ने क्षमता समेत नभएको स्पस्ट पारेको छ, गैर जिम्मेवार भएको बताएको छ । नेतृत्वमा हुनुपर्ने सामान्य ज्ञानको कमी भएको, अदुरदर्शी रहेको र गैर जिम्मेवार व्यक्ति जसको प्रमुख एजेन्डा नै हावा खायो भने उसको एनआरएन एनसीसी अफ युएसएमा आबस्यकता के? एनआरएन एनसीसी अफ युएसएका झन्डै ४ हजार सदस्यहरुसंग माफ माग्दै राजिनामा दिनुको बिकल्प छैन । अर्को कुरा मिडियाले तिब्र आलोचना गर्ने सुइँको पाए पछि अध्यक्ष जिसीले पुरानो बक्तब्य सच्याए, जसले उनको नेतृत्व असक्षमता झन प्रस्ट्याएको छ । हचुवा निर्णय र बक्तब्य जारी गर्ने अनि त्यसलाई सच्याउने कामले एनआरएन अमेरिकाका हजारौं सदस्यहरुलाई लज्जित तुल्याएको छ ।

न्युयोर्कको एउटा सामान्य पुरस्कार प्राप्त गरेको भरमा नेपालका प्रधानमंत्रीले बधाई र सुभकामना दिएको सुपर लयर पदको प्रशंशा जस्तो एनआरएन एनसीसी अफ युएसएको अध्यक्ष पद होइन । यो पद जिम्मेवार र दुरदर्शी पद हो । यस्तो पदको गरिमा राख्न नसक्ने व्यक्ति त्यो पदमा बस्नुको अर्थ पनि छैन । अमेरिकामा अहिले एक से एक समाजसेवी छन, जसले पनि त्यो पदको नेतृत्व सामाजिक नियमसंगत ढंगले गर्न सक्छ । पदको गरिमा राख्न सक्छ भने पदीय मर्यादा कायम गर्न सक्छ । मुख्य कुरा प्रमुख एजेन्डा सफल तुल्याउन सक्छ । अहिले नै नेपाली टेलिभिजनकी छोरी रमा सिंहलाई त्यो पद छोडी दिए पनि उनले त्यो पदको मार्यादा कायम राख्दै सफल नेतृत्व दिन सक्छिन ।

जसको प्रमुख एजेन्डा नै असफल भए पछि उसले एनआरएन एनसीसी अफ युएसएमा टासी रहनुको अर्थ छैन । अमेरिकाबासी हरेक नेपालीले अदुरदर्शी एजेन्डा भएका एनआरएनए आइसीसीका अमेरिकाज क्षेत्रीय उपसंयोजक लामा र एनआरएन एनसीसी अफ युएसएका अध्यक्ष खगेन्द्र जिसीलाई सोध्नु पर्छ -की हचुवाका भरमा बाँडेको आकासे फल ”नेपालको संबिधान भित्र अहिले नै स्पस्ट उल्लेख गरेर नेपाली नागरिकताको निरन्तरता” देउ, की राजिनामा देउ ।

यसमा तपाईको मत