एनआरएनमा बुझाउने १० डलरले धादिङ्गको गाउका बालबालीकाको उद्दार हुन सक्ने

15

 

एनआरएन एनसीसी अफ युएसएले नेपालको लागि केहि गर्न चाहेको छैन भन्ने कुरा बालबालिकाहरुको ”ज्यानभन्दा ज्ञान प्यारो” सत्य घटनाले साबित गरेको छ । अमेरिकाबासी नेपालीहरु मध्ये केहि हुने खाने र सुकिला मुकिलाहरुलाई १० डलर तिरेर मान्छेहरुले एनआरएनको सदस्यता लिई दिए राजनीति गरौला र नेपालको कुहिएको राजनीतिमा अर्को एउटा प्रयास थपौला भन्ने जोस जाँगर चलेको छ तर धादिङ्गका गाउका बालबालिकाहरुलाई त्यो १० डलरको दरले एकमुस्ट रकम जम्मा पारेर ४० हजार डलर दिंदा त्याहा एउटा फलामे पूल बन्न सक्छ र बालबालिकाको शिक्षाको ढोका खुल्न सक्छ भन्ने सोच आएको छैन । त्यो गाउका बालबालिकाहरु एउटा पूलको अभावमा ५ कक्षा भन्दा बढी शिक्षा आर्जनबाट बन्चित भएको समाचार अमेरिकाबासी नेपालीहरु जो आफुलाई एनआरएन एनसीसी अफ युएसएको ठेकेदार सम्झन्छन/सम्झन्छौं, का लागि शरमको बिषय बनिरहेछ । रबरको ट्युबमा नदि तरेर बिद्यालय जाँदा ५ जना बालबालिकाहरुले ज्यान गुमाई सकेको त्यो बास्ताबिकताले एनआरएन एनसीसी अफ युएसएको अस्तित्व माथि प्रश्न खडा गरेको छ । के गाउका बालबालिका हाम्रा सन्तान होइनन? उनीहरु १ डलरको अभावमा ज्यान फाल्न बाध्य हुनु र हामी १० डलर तिरेर एनआरएनको सदस्यता लिनुको अर्थ के हो?

10943863_10152564214357001_2985493737871263430_n

नदिपारी बिद्यालय हुनु र बिद्यालय जान सबारी साधनको चक्काको ट्युब नदीमा राखेर त्यहि ट्युब माथि चढेर नदी तर्न बाध्य भएका धादिङ्गका बालबालिकाहरुको अगाडी अमेरिकामा बसेर महंगा सबारी साधनमा हिड्ने हामीहरुको लागि लज्जाको बिषय होइन? काठमान्डूको मुटुमा एनआरएनएको लागि सिमेन्ट र बालुवाको दरबार बनाउन ३ लाख ७६ हजार डलर बोल कबोल गर्ने सदस्यहरु मध्येका ३५ हजार डलरका दाता लोक तिवारी, २० हजार डलरका दाता एसी शेर्पा, १०/१० हजार डलरका दाता खगेन्द्र जिसी र सोनाम लामाहरुको आँखा कहाँ गैरहेको छ?

10940585_10152564214377001_5137878824546369140_n

”कोहिको भने सुनैको दरबार, कोहीको भने उठीबास घरबार” भन्ने बलिदानीपूर्ण गीत गुनगुनाउने बाला घिमिरे, राजा घले, डा. बिष्णुमाया परियार, राजेन्द्र सिवाकोटी, बनिता कतिला, बलराम थापा जस्ता एनआरएनका हस्तीहरुको ध्यान कहाँ गैरहेको छ?

आफुलाई निकै रास्ट्रबादी हुँ, कमल थापाको चेलो हुँ, नेपाल र नेपालीको प्रेमी हौँ भन्ने तिवारी, प्रेममाया श्रेष्ठ, प्रेमराजा महत, श्री पराजुलीहरुको ध्यान कहाँ पुगिरहेको छ?

10543634_10152564214322001_1246474978778030545_n

प्रजातन्त्रको मसिहा हौँ, ठेकेदार हौँ, नेपाल सरकारसंग हाम्रो प्रत्यक्ष सम्पर्क छ, हामी जे पनि गर्न सक्छौं, संबिधान लुट्न पनि सक्छौं, संबिधान भनेको हाम्रा नेता वली र कोइरालाको तजबिजको कुरा हो, यो नेपालीहरु सबैको अपनत्व हुने कुरा होइन, संबिधान २ तिहाईले बन्नु पर्छ, अमेरिका र भारतका दुतहरु लगायत खान पाइने जति सबै बाँडेर खान हामीले मात्र पाउनु पर्छ भन्ने प्रबासी नेपाली मंचका अध्यक्ष संजय थापा र नेपाली जनसम्पर्क समितिका अध्यक्ष आनन्द बिस्टहरुको इशारामा उनीहरुकै भाखामा नाच्ने एनआरएन एनसीसी अफ युएसएसका बर्तमान बोर्डका अधिकांशलाई धादिङ्गका बालबालिकाहरुले चुनौती दिएका छन । यो चुनौती पहिले स्वीकार गर्ने की? एनआरएन एनसीसी अफ युएसएको १० डलरको सदस्यता पहिले लिने?

एनआरएनको थप सदस्यता औचित्यहीन
………………………………………….

अमेरिकामा रहेका मंच, समिति, फिपना, एन्टा लगायतका एमाले, कांग्रेस, जनजाती र मधेशबादीहरुका भगिनी संगठनहरु तथा राप्रपाका कार्यकर्ताहरुमा एनआरएन एनसीसी अफ युएसए कसरी हडप्ने र आफ्नो बनाउने भन्ने होडबाजी चलेको छ । नेपाल र नेपालीहरुको लागि होइन उनीहरु आ-आफ्नो दर्सन र बिचार लाद्ने अनि अमेरिकामा भएका नेपालीहरुलाई मुर्गा बनाउने दाउमा एनआरएन एनसीसी अफ युएसएभित्र चलखेल बढाई रहेका छन । उनीहरुको मूल उद्देस्य नै एनआरएन आफ्नो दलका कार्यकर्ताहरुको हितमा, आफ्नो हितमा र नेपालका थोत्रा नेताहरुको ट्राभल एजेन्टको रुपमा एनआरएनलाई उपयोग गर्ने दाउमा छन, त्यो दाउ परिपूर्ति गराउन उनीहरु सारा नेपालीहरुको एकताको नाउ जप्दै एनआरएनको सदस्यता बढाउन आह्वान गरिरहेका छन । आम मानिसहरुले बुझ्नु पर्छ -एनआरएन एनसीसी अफ युएसए स्वतन्त्र नेपालीहरुको संगठन होइन । यो एमाले, कांग्रेस, माओबादी, जनजाती, रास्ट्रबादी, ज्ञानेन्द्रबादीहरुको संगठन हो र हुँदैछ, त्यसैका लागि उनीहरु कसरत गरिरहेका छन । त्यो कसरतमा स्वतन्त्र नेपालीहरुको आँखामा छारो हाल्ने काम भैरहेको छ । आँखा फुटेका मान्छेहरुले मात्र एनआरएनको सदस्यता लिन्छ भन्ने कुरा बुझ्न सकिएन भने पछि पछुताउनको अर्थ हुँदैन ।

कतिवटा संगठन चाहिन्छ नेपालीहरुको अमेरिकामा?

…………………………………………….

एएनए, एनआरएन, एनमा, नासा, जीबीएनसी, फ्रेन्ड्स अफ नेपाल, अमेरिका नेपाल सोसाइटी, मंच, समिति, फिपना, एन्टा, एकता समाज, न्याग्सी, न्यान्सी जस्ता कतिवटा संघ संस्था चाहिन्छ नेपालीहरुलाई अमेरिकामा? जति धेरै संघ संस्थाहरु हुन्छन त्यति नेपालीहरु विभाजित हुन्छन । विभाजनले न अमेरिकाको नेपाली समाजलाई समुन्नत बनाउछ, न नेपाल प्रबर्धनमा सघाउछ । एनआरएन एनसीसी अफ युएसए पनि चाहिने त्यहि भित्र कांग्रेस, एमाले, माओबादी, जनजाती, राप्रपा पनि चाहिने? त्यसको अर्थ के? के दिन्छ समाजलाई यो दृस्टीकोणले?

यतिधेरै संस्थाहरुका हरेक सदस्यले १/१ डलर सहयोग रकम दिउँ त धादिङ्गका बालबालिकाहरुलाई त्यो महान कार्य हुनसक्छ, त्यो नेपालको लागि सहयोग र प्रबर्धन हुन सक्छ । बाल्टिमोरमा भात पसल थाप्ने कंसुल जनरलले अगुवाई लिएर अमेरिकाका नेपाली संघ संस्थाहरुको समन्वयमा यस्तो काम हुनु पर्ने हो तर खै भात पसलेको सामान्य दृस्टीकोण? खै त यसको अगुवाई लिने आफुलाई सारा अमेरिकाबासी एनआरएनहरुको मसिहा ठान्ने एनआरएन एनसीसी अफ युएसएको दृस्टीकोण? नेपाल र दुखी नेपालीहरुलाई हेर्ने दृस्टीकोण हिन संघ संस्थाहरुको सदस्यता लिनु भन्दा त्यो १० डलर नेपाल प्रबर्धन अन्तर्गत पहिलो चरणमा धादिङ्गका बालबालिकाहरुको शिक्षाको लागि चाहिने पूल निर्माणमा सहयोग गर्नु यतिखेरको आबस्यकता हो । जो जसले एनआरएनको उम्मेदवार बन्ने सोच बनाएका छन, उनीहरुले खल्तीबाट नोट निकालेर धेरै सदस्यहरुको सदस्यता नबिकरण गरिसकेका छन, यदि तपाइँहरु कसैको सदस्यता उनीहरुले नबिकरण गरिदिएका छन भने तपाइँले गर्नु पर्ने १० डलर ति बालबालिकाहरुको फलामे पूल निर्माणमा लगानी गरौँ । हामीलाई नेपालमा असल नागरिक र नेता चाहिएको छ, कतै तिनै बालबालिका मध्ये कोहि असल नागरिक र नेता बन्छन की भबिस्यमा, कसलाई के थाहा? नेपालीहरुलाई एमाले, कांग्रेस, माओबादी, जनजाती, मधेसबादी जस्ता राजनीतिक दल र तिनीहरुका खन्चुवा अदुरदर्शी मान्छे होइन, असल नागरिक र नेता चाहिएको छ ।

कतिपय मान्छेहरुले समस्या नदेखेर पनि नेपालको प्रबर्धन हुन सकेको छैन । यस्तो अबस्थामा खगेन्द्र जिसी, लोक तिवारी, श्री पराजुलीहरु एनआरएनलाई प्लेटफर्म बनाएर आफ्नो व्यक्तिगत दुनो सोझ्याई रहेका छन । कोहि सुपर लयर, कोहि अर्ग्यानिक कृषक, कोहि दलगत भूत राजनीतिको प्रबर्धन गरिरहेका छन । यस्तो गराई आउदा दिनमा झन उजागर मात्र हुने हो, एनआरएन एनसीसी अफ युएसए लडाई झगडाको केन्द्रबिन्दु बन्दैछ, राजनीतिक खिचातानी र नेपाली-नेपाली बीचको विभाजनको सुत्रधार बन्दैछ । के हामी १० डलर तिरेर उनीहरुको त्यस्ता गतिबिधिहरुको साक्षी बस्ने? यदि बस्नु नै छ भने ३ हजार ९ सय ८८ नै काफी छ नि, कीन चाहियो त्यो भन्दा बढी सदस्य? यति सदस्यताको लागि भावी उम्मेदवारहरुले डलर लगानी गरेर सदस्यता नबिकरण गरिसकेका छन । छ की छैन? रास्ट्रिय निर्बाचन आयोग र मेम्बर भेरिफिकेसन तथा कोषाध्यक्षबाट रुजु गराएर हामी त्यो सब ताण्डब नृत्य बजारमा ल्याई दिनेछौं । कति व्यक्तिले कति नबिकरण गरे, एउटा व्यक्तिले कति जना सदस्यको शुल्क तिरे, कतिवटा क्रेडिट कार्ड वा डेबिट कार्ड घोटे, सबै बजारमा आउनेछ । मात्र पर्खनुहोस, एनआरएनको बार्षिक साधारण सभा । की त्यो देखाउछ्न, की साधारण सभा नै हुँदैन । अमेरिकाको कानून अनुसार एनआरएनका जिम्मेवारहरुलाई सदस्यहरुको कठघरामा उभ्याएर त्यो सब बाहिर आउछ ।

ल हेर्नुहोस, धादिङ्गका बालबालिकाहरुले बिद्यालय जाँदा प्रयोग गर्ने सबारी साधन र त्यसको जोखिमबाट नेपाल र बिस्वभरीका नेपालीहरुले कमाइरहेको इज्यत वा बेइज्यत? त्यसको एउटा बास्तबिक घटना, जुन नागरिक न्युजले प्रकाशमा ल्याएको छ:
http://nagariknews.com/feature-article/story/32065.html

यसमा तपाईको मत