एनआरएन अमेरिका: मासु खान नहुने हात्ती

elephant-4

गत बर्षको ३ हजार ९ सय ८८ सदस्यहरुलाई कांग्रेस, एमाले, माओबादी, राप्रपा, जनजाती, मधेसबादीहरुले आ-आफ्नो खेमामा राख्दै सदस्यहरुलाई थाहा पत्तो नदिई डलर उठाएर धमाधम नबिकरण गरिरहेको खबर सिधाकुराले पाएको छ । एनआरएन एनसीसी अफ युएसए नेपालीहरुको संगठन हो न की यो झन्डावाल कांग्रेस, एमाले, माओबादी, राप्रपा, जनजाती, मधेशबादीहरुको । उनीहरुका टाउकाहरुको संगठन त एनआरएन भन्दा पृथक नै छ नि होइन र? कांग्रेसको भात्री संगठन नेपाली जनसम्पर्क समिति अमेरिकाको भर्खर निर्बाचित केन्द्रिय सदस्य ओम भट्टराई हुनुहुन्छ भने वहाँलाई किन चाहियो एनआरएन अमेरिका?

1555503_415543311953149_4140579305062211193_n

फेरी अर्को कुरा वहाँहरुको पहुँच सत्ताधारी नेपाली कांग्रेससंग सिधै भएकाले वहाँहरुलाई एनआरएनको घुमाउरो बाटो हुँदै नेपाल पुग्नु पर्ने आबस्यकता नै छैन । बिना आबस्यकताको कुरामा टाउको दुखाएर कसको सेवा गर्न खोज्दै हुनुहुन्छ? बास्तबिक नेपालीहरुलाई एनआरएन अमेरिकाबारे चासो नै छैन । चासो भैदिएको भए पुराना सदस्यहरुलाई छोडेर २ हजार त्यो पनि उम्मेदवारहरुले आफु जित्न सक्ने दाउमा न्युयोर्क, क्यालिफोर्निया, मेरिल्याण्ड, भर्जिनिया, टेक्सास र म्यासाचुसेट्सका व्यक्तिगत रुपमा खरिद गरेका भोटरहरु मात्रै किन आउथे एनआरएनमा? थाहै होला अमृत तितो हुन्छ । तितो कसैलाई मन पर्दैन, आफुलाई मन नपर्ने कुरा अरुलाई पनि मन नपर्ने हुइया हाकेर रुँदै कराउदै मान्छे कीन हिड्छ? सिधाकुराले यहि तितो सत्य उजागर गरिदिएको हो ।

10955566_415543345286479_8510031251965991670_n

सारा मान्छेले बुझेका छन पद र प्रतिष्ठाका लोभीहरुमा ”एथिक” को मतलब हुन्न, अनैतिकताको ज्ञान हुन्न, गु र गोबर छुट्टयाउने शक्ति हुन्न भने जे गर्दा पनि हुन्छ भन्ने भ्रम हुन्छ । एनआरएन एनसीसी अफ युएसएको बाइलज र आइआरएसको गाइड लाइनको उनीहरुलाई पर्वाह हुँदैन । जसरी पनि चुनाव हडप्ने दाउ हुन्छ । हिजो जसरी चुनाव हडपेर नजिर बसाएका छन एक दुई जनाले त्यहि हर्कत हुँदैछ यो पटक पनि । तिनै पुराना जोगीको अभिभाबकत्वमा अहिले नयाँ जोगीले स्थान लिन खोज्दैछन । अनुहार मात्र फरक भएको छ तर यो सब दुनियाले बुझी सके । एनआरएनमा लगानी गर्ने १० डलर मेगा मिलिएन र पावर बलमा लगानी गर्यो भने मिलिएन डलर फल्छ भन्ने आस हुन्छ मान्छेलाई तर एनआरएनमा १० डलर लगानी गर्नु भनेको बालुमा पानी हो भन्ने सबैले बुझेका छन ।

धेरै गलफती गर्नु नै पर्दैन, कांग्रेस र एमालेको दाउ जसरी नेपालमा मान्छेले बुझेका छन यहाँ पनि जनसम्पर्क समिति र प्रबासी नेपाली मंचको दाउ बुझेका छन । उनीहरु नेपालका लुटेरा नेताहरुलाई जसरी आ-आफ्ना भात्री संगठन नेताहरुको ट्राभल एजेन्ट बनाई रहेका छन, त्यसमा एनआरएनलाई अलि ठुलो एजेन्ट बनाउन उद्दत भएका मात्र हुन । एनआरएनका अधक्ष खगेन्द्र जिसी र उनको जनसम्पर्क समितिले शुशिल कोइरालालाई जसरी ट्राभल एजेन्टको रुपमा सत्कार गरे त्यहि क्रम दोहोर्याउन अहिले चलखेल भैरहेको हो । हिजो जिसी र तिवारीले जे गरे अहिले डा. पौडेल र श्री पराजुलीले त्यहि गर्न खोजेका हुन । सारा कामदार बर्गको लागि एनआरएन एनसीसी अफ युएसए सुनको हात्ती मात्र हो, हेर्न देख्न सकिने, मासु खान नहुने । १०/१० डलर तिरेर सारा कामदार बर्गले एनआरएनको सदस्यता बढाएर घाँस हाली दिए त्यो हात्ती चढ्ने २/४ जनाले मात्र हो । यस्तो सुनको हात्तीको केहि काम छैन ।

अलि अलि काम छ यदि नयाँ अभ्यास गर्ने हो भने तर पुराना खुराफातीहरुबाट केहि हुनेवाला छैन । त्यसैले नखाने, नपिउने, नबिगार्ने महिलाहरुलाई त्यहि बचे खुचेका सदस्यहरुको सहयोगमा माथि उठाउन कोशिस गरौँ भन्ने सिधा कुराको मान्यता हो । तर तिनै खन्चुवाहरुका पछुवा महिलाहरुको कुरा गरेको होइन । अहिलेलाई जति भयो त्यतिमा सन्तोष मान्नुहोस । कम्तिमा राजनीति गर्ने व्यक्तिहरु सामाजिक संस्थाबाट टाढिनु भयो भने मात्र एनआरएन अमेरिका सुधारको बाटोमा आउला । बुझी राख्नुहोस ‘अमृतको पोखरीमा एक चिम्टी गु मिसाए पनि त्यो गु नै कहलिन्छ । सिधाकुरा गु र अमृत छुट्टिएको हेर्न चाहान्छ ।

सदस्यता लिन किन नेपालीहरु चाहादैनन?

……………………………………

नेपालीहरु एनआरएन अमेरिकाको सदस्यता लिन नचाहने एउटा ठुलो भेद छ, त्यो भेद सीधाकुरा खोली दिन्छ:

10421598_1540875139523268_2477447422463262995_n
१) मुख्य कुरा सदस्यता लिएर हुने फाइदा के? यसमै सबै निर्भर रहेको छ ।
२) १० डलर तिरेर १ बर्षका लागि लिएको सदस्यता अहिले केहि सिमित व्यक्तिहरुको मनोमानीमा ९ महिनामा सिमित गरियो । अप्रिलको अन्तिमसम्म सदस्यता नबिकरण गर्न पाइने अधिकार हुँदा हुँदै पर्सि जनवरी ३१ सम्म नवीकरण गर्नु पर्ने उर्दी जारी भयो । यो अप्रजातान्त्रिक मात्र छैन, दिन दहाडै सदस्यहरुको सदस्यता शुल्क लुट भएको छ । के अमेरिकामा डलर रुखमा फल्छ? २ हजार भन्दा बढी सदस्यहरुको म्याद अप्रिल अन्तिमसम्म नवीकरण गर्न पाउने अधिकारलाई कुण्ठित गर्नाले प्रजातान्त्रिक नेतृत्व भन्दा भन्दै पनि खगेन्द्र जिसीको नेतृत्व छेवांग शेर्पालामाको अन्तरिम एएनए जस्तै गन्हाउन पुग्यो ।
३) सुमन तिम्सिनाको पालामा एउटा लिग्यासी फन्डको रकम आर्थिक अपचलन भयो, त्यो कुरा पर्दाफास भए पछि एनआरएन अमेरिका गन्हाउन थालेको थियो, समाजसेवाको नाउमा एनआरएनमा भ्रस्टाचार हुँदो रहेछ भन्ने आम नेपालीहरुमा भान पर्न थाल्यो ।
४) एएनएको सदस्य नै नभएका शेर्पालामाले जसरी सिमोन ढुंगाना र डा. श्याम कार्कीको मिलेमतोमा एएनए लुटे, त्यसैको आधारमा एनईसिसि लुटेको संदेश अमेरिकाको बजारभरी छताछुल्ल भयो । यसअघि एएनएको लुटकै आधारमा एनआरएन एनसीसी अफ युएसएका पूर्ब अध्यक्षहरु प्रल्हाद केसी र सिबकुमार राइले शेर्पालामालाई एनआरएनको निर्बाचन आयुक्त बनाएर बैधानिक रुपमा एनआरएन लुट्न ल्याएका थिए तर बोर्डका सदस्य बिष्णु देउरालीले भित्रबाट र सिधाकुराले बाहिरबाट लखेटेर शेर्पालामालाई निर्बाचन प्रमुख बिमुख बनाइएको थियो । शेर्पालामाको प्रवेशले एनआरएन अमेरिकाको शाख गिरेको थियो, आम नेपालीहरुको बिस्वास टुटेको थियो ।
५) पूर्ब अध्यक्ष केसीलाई शेर्पालामाकै निर्देशन र उसको वकिल अकिन डिपोको चिठ्ठीको धम्किको सहारामा निबर्तमान अध्यक्ष सिबकुमार राइ र एनआरएनए आइसीसीका सदस्य राजेन्द्र सिवाकोटीको ”कू” ले अपदस्त गरे पछि एनआरएन अमेरिका प्रति बचे खुचेको बिस्वास र भरोसा टुटेको थियो, आम नेपालीहरु एनआरएन जति गन्हाएको संस्था अर्को नभएको निचोडमा पुगेका थिए ।
६) एएनए र एनआरएन लुटेराहरुलाई पन्छाएर प्रजातन्त्र ल्याएको एनआरएन अमेरिकामा मेम्बर भेरिफिकेसनका शेखर ढुंगेल र रास्ट्रिय निर्बाचन आयोगका बिनोद रोकाले फेरी अर्को ठुलो तगारोको रुपमा काम गरे, गत बर्षको निर्बाचन धाँदलीपूर्ण र राजनीतिपूर्ण रह्यो, राजनीतिलाई एनआरएनको बिधानले बर्जित गर्दा गर्दै रोकाले त्यो रोक्न सकेनन, उल्टै उनी अवैतनिक र स्वयमसेवी रहेको भन्दै त्यो धाँदलीज्यन्य क्रियाकलापबाट असंलग्न हुन सकेनन । त्यसले एनआरएनको रुप बदलिए पनि अर्को शेर्पालामाको जन्म दिएको थियो । यस्तो अबस्थामा आम नेपालीहरु एनआरएन अमेरिकालाई कसरी बिस्वास गर्छन?
७) शुरुमा ४ हजार २ सय २ सदस्य भएको, ६ सय ७८ जना सदस्यहरुको इमेल नभएको र भोट हाल्न उनीहरुले नपाउने सुचना बाहिर आएको थियो पछि त्यो सबैले भोट हालेको तथ्यांक सार्बजनिक भयो । जसको इमेल नै थिएन भने उनीहरुले कसरी भोट हाले? मेम्बर भेरिफिकेसन कमिटिले ३ हजार ९ सय अठासी सदस्यहरु रहेको बतायो तर ४ हजार २ सय २ मध्येका २ सय १४ जना भोटरहरु कहाँ हराए? उनीहरुको भोटका लागि तिरेको सदस्यता कसले झ्वाम पार्यो वा फर्काइयो?
८) निर्बाचनकै सिलसिलामा न्युयोर्कमा फेसिलिटेसन भन्दै १२ जना युबा युवतीहरुलाई अनधिकृत रुपमा परिचालन गर्ने काम चुनावमा उठेका केहि उम्मेदवारहरुले पूर्ण लालन पालनका साथ गरे, त्यसले न्युयोर्कका अधिकांश उम्मेदवारहरु लाभान्वित भए । तै चुप मै चुप बनेर बिपरित ध्रुबका जिसी, श्री पराजुली र बनिता कतिलाहरुको नेक्सस बनेको थियो । त्यसको पछाडी आर्थिक चलखेल भएको थियो । प्रजातान्त्रिक देशमा प्रजातान्त्रिक संस्थामा, सामाजिक संस्थामा पदका लागि यस्ता गैर जिम्मेवार काम हुन्छ भन्ने कुरा आम मतदाता र उम्मेदवारले प्रत्यक्ष अनुभव गर्न पाए भने ३ लाख जनसंख्याले अप्रत्यक्ष अबलोकन गर्न पाए । यस्तो पृष्ठभूमिमा एनआरएन चुनाव नेपालको संसदीय दलको चुनाव भन्दा कम रद्दी भएन । आँखाले देख्दा देख्दै र अनुभव गर्दा गर्दै को एनआरएन भनेर झुत्ति खेल्न त्यहा ओइरिन्छ?
९) नेपाली कांग्रेस पार्टीको अमेरिकाको प्रबासी संघ नेपाली जनसम्पर्क समितिका पूर्ब संयोजक बिष्णु सुबेदीको नेतृत्वमा एनआरएन चुनावका उम्मेदवारहरुको प्यानल बनाउने काम राति पौने १० बजे कन्फरेन्स कल बैठकबाट भयो । त्यसले खगेन्द्र जिसीको नेतृत्वको पुरै प्यानल मैदानमा उतार्यो । त्यसअघि नै जिसीहरुको समितिको अधिबेसनहरुमा उपस्थिति हुँदै आएको थियो । जुन एनआरएन अमेरिकाको बिधानले बर्जित गरेको छ । के एनआरएन राजनीतिक दलको झण्डा बोकी बोकी मैदानमा आउने रणभुमि हो? यसले अमेरिकामा राम्रो संदेश दिएन र एनआरएन प्रति आम नेपालीहरु बिकर्षित भए ।
१०) अध्यक्ष खगेन्द्र जिसीले एनआरएन अमेरिकालाई प्लेटफर्म बनाएर आफ्नो सामान्य कानून ब्यबसायको प्रबर्धन गर्ने काम गरे, न्युयोर्कको एउटा बजारिया ”सुपर लयर” मानलाई नेपालको प्रधानमंत्रीको बधाई र शुभकामना झिकाए, त्यसले पनि स्वतन्त्र नेपालीहरुको एनआरएनप्रतिको मोह भंग भयो ।
११) बरिस्ठ उपाध्यक्ष लोक तिवारीले एएनको सम्पत्ति लुटेर एनइसिसीमा हालेको र त्यो सम्पत्तिको बोर्ड अफ ट्रस्टी बनेको संदेशले एनआरएन अमेरिकाकै शाख गिरायो । त्यसमाथि तिवारीले आफ्नो न्युयोर्कको पत्रिका खसोखास मार्फत अमेरिकी रास्ट्रपति बराक ओबामालाई डेढ घण्टा भेट गरेको झूटो समाचार छपाएर देखाएर अमेरिकाको नेपाली समाजलाई गलत प्रतिनिधित्व गरी छलछाम गर्ने प्रयत्न गरे, यसले एनआरएन अमेरिका झूटको खेति गर्ने संस्थामा दरियो । आम मान्छेहरुको ध्यान एनआरएनप्रति नकारात्मक बन्यो ।
१२) चुनाव हारेका, समाजमा गन्हाएका, समाजका एक नम्बरका दुस्मन, एनआरएन अमेरिकाका अध्यक्षलाई ”कू” गर्ने लगायतका समाजमा अपाच्य २५ जना व्यक्तिहरुलाई अध्यक्ष जिसीले आफ्नो सल्लाहाकार बनाए, यसले एनआरएन अमेरिकाको बद्नाम गराउने काम गर्यो । बद्नाम संस्थामा को सदस्य बन्छ?
१३) सुपर लयर बनेको खबरले बिग लाएर साबित गरेको, रास्ट्रपतिलाई भेटेको, एनआरएनको लगानीमा मुस्ताङ्गमा गेस्ट हाउस खोलिएको जस्ता झूट समाचार एनआरएनका पदभीरुहरुले बाँड्न भ्याए, जसलाई आम नेपालीहरुले अविस्वास मात्र गरेनन, तिरस्कार पनि गरे ।
१४) हिजो चुनाव धाँदली रहित नभएको र जिम्मेवार व्यक्तिहरुले जिम्मेवारी बहन नगरेको ब्यापक गुनासो बीच तिनै व्यक्तिहरुलाई आज रास्ट्रिय निर्बाचन आयोग र मेम्बर भेरिफिकेसन कमिटिमा राखे पछि आम नेपालीहरुमा एनआरएनको चुनावप्रति बिस्वास रहेन, बिस्वाशको बाताबरण नभएको संस्थामा को सदस्य बन्छ?
१५) ३ लाख ७६ हजार डलर एनआरएन बिल्डिंग फन्डका लागि संकलन भएको ढ्वांग फुके डिआरसी सोनाम लामा, अध्यक्ष जिसी र बरिस्ठ उपाध्यक्ष तिवारीहरुले तर कसकसले कति कति बोलकबोल गरे र कति हार्ड मनि बुझाए त्यसको पारदर्शिता कायम गरेर एनआरएन अमेरिकाको वेब साइटमा अपडेट गरिएन जसले एनआरएन अपारदर्शी संस्था प्रमाणित भयो । गैर नाफामुलक सामाजिक संस्थालाई स्थापित गर्ने ५०१ सी को प्राबधान अनुसार त्यो पारदर्शिता कायम राख्नु पर्ने नियम मिच्ने काम भयो । साधारण सदस्यहरुले एनआरएनको सुचनाहरु पाउने आधार के? त्यहि वेब साइट होइन? कीन त्यस्तो जरुरी महत्वको सुचना बैधानिक सदस्यहरुले पाएनन? सदस्यहरु त सुचनाबाट बन्चित हुन्छन भने आम नेपालीहरु के र कुन माध्यमले एनआरएनका सुचनाहरुबाट सुसुचित हुन्छन? यस्तो अबस्थामा हिजोको आर्थिक भ्रस्टाचार आजपनि कायम रहेको आम नेपालीहरुले बुझे र सदस्यता नबन्ने निर्णय गरे ।
१६) हिजो पनि सदस्यता धेरै व्यक्ति व्यक्तिले वेब साइट मार्फत लिएका थिएनन भने भोट किन्ने काम उम्मेदवारहरुले गरेका थिए । हिजो जिसी, तिवारी आदि सक्रिय थिए भने अहिले डा. केशव पौडेल, श्री पराजुली आदिहरु सक्रिय छन । अध्यक्ष जिसीको अपडेट अनुसार अहिलेसम्म ६ हजार सदस्यहरु बनेको बताईएको छ तर त्यो ६ हजार व्यक्ति व्यक्ति स्वतस्फुर्त रुपमा एनआरएनको सदस्य बनेका होइनन । न्युयोर्क र क्यालिफोर्नियामा भोट खरिद गर्ने काम भएको छ भने मेरिल्याण्ड र टेक्सासमा त्यो क्रम जारी छ । म्यासाचुसेट्स र कोलोराडोमा समेत गलत काम भएको बताइएको छ ।

हेरौं चुनाव अघि नै मुख्य रुपमा सुधार्न सकिने कुराहरु बिशेषगरी सदस्यताको अबधि रहेकाहरुलाई जनवरी ३१ को हद म्यादबाट हटाएर अप्रिलको अन्तिमसम्म कायम गर्ने काम भएन भने एनआरएनको चुनाव नराम्ररी प्रभावित हुनेछ, साथै यसको शाख नराम्ररी गिर्नेछ । हुनसक्छ यो एउटा गतिलो अस्त्र बन्दै टेनेसी सेक्रेटरी अफ स्टेटको टेबुलमा टेबुल हुनेछ ।

यसमा तपाईको मत