एनआरएनको सदस्यता नबढ्नुको थप रोचक पक्ष

patron and adv

 

एनआरएन एनसीसी अफ युएसएका अध्यक्ष खगेन्द्र जिसी यहि जनवरी ३१ भित्र सदस्यता चाहे जति बढाउन न्वारानदेखिको बल लगाएर रोई रहेका छन । सदस्यता ब्रिद्दिका लागि अध्यक्ष जिसीको रुवाई कराई उनकै बोसहरुले, सल्लाहाकारहरुले, उनकै बोर्डका अन्य पदाधिकारीहरुले र नेपाली समाजका मै हुँ भन्ने सोसिएल लिडरहरुले आह्वान नगरेका कारण एनआरएन एनसीसी अफ युएसएको सदस्यता अपेक्षा गरिए अनुसार बढ्न सकेन । दैनिक जसो यति हजार र उति हजार भयो भन्दै फेसबुकमा आउने अध्यक्ष जिसीको अपडेट समेत बिस्वशनीय हुन सकेन । अप्रिल महिनाको अन्त्यसम्म सदस्यताको बैधानिकता हुँदा हुँदै जनवरी ३१ मा सदस्यता नवीकरणको सुचना बाहिर ल्याउनुले आम सदस्यहरुमा भ्रम सिर्जना मात्र भएन, एनआरएन एनसीसी अफ युएसएको सदस्यताबाट हुने सम्भावित लाभ नै केहि नदेखे पछि सदस्यहरुले नवीकरण गर्ने सोच बनाएनन । नेपालका लुटेरा नेताहरुले एकोहोरो फलाक्ने संबिधान भित्र एनआरएनलाई नेपाली नागरिकताको निरन्तरता दिने जस्ता एनआरएनका नारा समेत नेपालको संबिधानसंगै हावा खान पुगे पछि एनआरएन एनसीसी अफ युएसए प्रति कसैको चासो नभएको हो ।

जब नेपालकै भबिस्य अन्धकार छ भने त्यसले दिने संबिधानभित्र एनआरएनहरुको हक अधिकार सुनिस्चित हुने कुरा आकासको फल भएरै पनि यो पटक एनआरएन अमेरिकाको सदस्यता बहिस्कार गरेका हुन नेपालीहरुले । अर्को कुरा एनआरएन अमेरिकाको बिगत त्यति सफा र बिस्वाशलाग्दो छैन । एक पटकको नेपाली संधैको नेपाली भित्र एक पटकको बेइमान संधैको बेइमान साबित भएकाले १० डलर खर्चेर एनआरएनको सदस्यता लिनु भन्दा महिनाको एउटा पावर बल किन्ने हो भने ५ महिनासम्म ५ वटा पावर बलको टिकट किन्न पाइने र कतै पावर बल परे, एनआरएनए मात्र होइन, नेपालकै एउटा प्रान्त किन्न पुग्ने हुँदा त्यतातर्फ १० डलर लगानी गर्न आम नेपालीहरुले रुचि देखाएका हुन ।

IMG_87841-720x350

एनआरएन भनेकै धन हो
…………………………

धन नभएका मलेसियाको जंगलमा दाउरा काट्ने नेपाली हुन वा अमेरिकाको स्टोर र ग्याँस स्टेसनमा हप्ताको ८० घण्टा हान्ने नेपाली हुन, उनीहरुको लागि एनआरएन भनेको मतलवको बिषय नै होइन । उनीहरुलाई एनआरएनले बाँड्ने गुलियो सपना होस वा नेपाली नागरिकताको निरन्तरता होस, केहीको मतलव छैन । मतलब कसलाई छ त? मतलब त्यसलाई छ जोसंग धन छ र माथि माथि जाने मन छ । अमेरिकामा बिलको महारोग टार्ने की एनआरएनको सदस्य भएर धनीहरुलाई काँधमा बोक्ने? यो भयङ्कर ठुलो विरोधाभासले गर्दा एनआरएनहरु बिस्वभर ३० लाख भनिए पनि सदस्यता लिनेको संख्या १ लाख पनि छैन । अहिलेसम्मकै तथ्यांक हेर्ने हो भने पनि ७० देशमा रहेका एनआरएनए नेसनल कोअर्डिनेसन काउन्सिलका देशहरुको सदस्यताले धनीहरुले धनको भरमा एनआरएन कब्जा गरिरहेको बास्तबिकता बुझिन्छ ।

एनआरएनको ११ बर्षको इतिहासमा उपेन्द्र महतो, देवमान हिराचन, जिबा लामिछाने र शेष घलेको नेतृत्व धनमै आधारित रही आएको छ । धन नभए एनआरएनको नेतृत्वमा पुग्न सकिन्न भन्ने मान्यता स्थापित भएको छ । ७० देशका नेसनल कोअर्डिनेसन काउन्सिलका नेतृत्वहरु पनि धनकै जगमा उभिएको बास्तबिकताले गर्दा मध्यमबर्ग र तल्लो वर्गका आर्थिक हैसिएत भएकाहरुले एनआरएन प्रति चासो नराखेका हुन ।

Advisor

एनआरएन अमेरिकाको नेतृत्व पनि धनकै
…………………………………………..

एनआरएन एनसीसी अफ युएसएमै पनि सन २००९ देखि यताका नेतृत्व धनमा उभिदै आएका छन । एकातिर सिमित व्यक्ति धनमा आधारित नेतृत्व हत्याउने खेल खेल्ने र अर्कातिर दिनरात काम गर्दा पनि बिल तिर्न नपुग्ने बर्गमाथि एनआरएन मिसन लादिएको हुँदा एनआरएन एनसीसी अफ युएसएप्रति आम मानिसहरुको ध्यान विकर्षण भएको हो । ३ लाख जनसख्या भएको अमेरिकामा ६ हजार सदस्य हुँदा आकाशको फल झारियो भनेर डंका पिट्नु उनीहरुका दृस्टीकोणले सफल नै मान्नु पर्छ । कुनै तरिकाले पद हत्याउन पाइने आशाले डुबेकाहरु बाहेक त्यो ६ हजारमा अर्को कोहि सामेल छैनन । यो ६ हजार पनि परियोजित सदस्यता हो । मेम्बर भेरिफिकेसन कमिटिले बिशुद्द ढंगले त्यो तथ्यांक छानबिन गर्ने हो भने यो संख्या २ हजार भन्दा तल आउछ तर पोहोर सालकै बिबादास्पद कमिटि भएकाले उसले त्यो ६ हजारलाई बढाएर १० हजार पुर्याउन बेर लाउदैन ।

कमिटिका बिबादास्पद व्यक्तिहरुको कार्य सम्पादन अडिट गर्ने सिस्टम नभएकाले उनीहरुको मनोमानी छ । जनवरी ३१ पछि पनि भित्र भित्रै सदस्यता खरिद गर्ने, थप्ने, नवीकरण नभएकाहरुको धन हुनेले नवीकरण गरि दिने जस्ता काम हुँदैन भनेर कसैले बिस्वास गर्ने ठाउ छैन । गत बर्षको निर्बाचन अघि कमिटिले कस्तो रबैया देखायो? ६ सय ७८ जना सदस्यहरुको इमेल नभएको सार्बजनिक गर्यो र पछि इमेल नभएकाहरुलाई समेत कसरी भोटिंग अधिकार दिईयो? त्यो अडिट कसैले गरेन, रास्ट्रिय निर्बाचन आयोग स्वयमसेवी भएको बहाना गरेर चोखियो । तत्कालिन उपाध्यक्षका उम्मेदवार सुर्य लम्साल, जो अहिले त्यहि गैर जिम्मेवार कमिटिका समर्थक छन, ले आफ्नो इमेल ठेगानामा इमेल नपठाएको र भोट दिन नपाएको सार्बजनिक गरेका थिए । यस्तो गैर जिम्मेवार कमिटिका व्यक्तिहरु पुन सक्रिय भएकाले एनआरएन एनसीसी अफ युएसएको चुनाव केहि व्यक्तिहरुको खेलौना बन्न गएको छ र आम नेपालीहरुले यस्तो खालको घिनलाग्दो चुनावप्रति मतलब राखेनन ।

दशकौंदेखि टन्न धन कमाउदै आएकाहरुले एनआरएनलाई एउटा गतिलो प्लेटफर्मको माध्यमबाट नेपालको राजनीतिमा प्रभाव जमाउन पाउने बार्गेनिङ्ग टूल्स बनाउन सारा कदमहरु लक्षित छन । धनीहरुको बुझाईमा त्यो टुल्स प्रयोग गर्न ८० घण्टा काम गर्नेहरुको अप्रोच हुनसक्दैन । उनीहरुको बुझाई सहि हो -८० घण्टा काम गर्नेहरु उनीहरुका खेताला हुन । ७० देशका ३० लाख एनआरएनहरुलाई केहि सिमित व्यक्तिहरुले राज गर्ने यो परिपाटी राजनीतिबाट प्रेरित छ । त्यसैले लाभको पदमा पुग्न धनको उच्चतम प्रयोग र ८० घन्टे त्यहा आउन नसक्ने प्रणालीकै लागि एनआरएन चुनावमा धनको खेलो उनीहरुले नजिर बनाएका हुन । पोहोर सालको निर्बाचनमा एका दुई व्यक्तिहरु अध्यक्ष जिसी र बरिस्ठ उपाध्यक्ष लोक तिवारीले धन बर्षा गरेर एनआरएनको चुनाव महँगो बनाए । न्युयोर्क र क्यालिफोर्नियाका भोटर किन्नेदेखि लिएर उनीहरु पुगेका ठाउमा आर्थिक दानको नाउमा जथाभावी डलर छर्ने काम भयो । त्यसले पछिल्ला चुनाव यसैगरी धनाबानले मात्र जित्न पाउछ भन्ने नजिर बस्न गयो । त्यो नजिर अहिले अध्यक्षका प्रत्यासीहरु डा. केशव पौडेल र श्री पराजुलीहरुले पछ्याईरहेका छन । हिजो जसरी जहाँ जहाँ डलर छर्ने काम भयो अहिले त्यहाँ त्यहा डलर छर्ने काम भएको छ । पूर्ब रास्ट्रिय पंचायत सदस्य नवराज सुबेदीले रामेछापमा हेलिकप्टरबाट नेपाली रुपैया छरेर चुनाव जितेको भन्दा अमेरिकाको एनआरएनको चुनाव केहि फरक छैन ।

सामाजिक सेवाको नाउमा राजनीति गर्ने र नेपालका थोत्रा दल र नेताहरुको चाकडी गर्न एनआरएनमा तिनीहरुका भात्री संगठनको राजनीति घुसाउने काम यिनै केहि सिमित व्यक्तिहरुले गरेका हुँदा पनि आम नेपालीहरुले एनआरएनलाई बहिस्कार गरेका हुन ।

ठुला महानुभावहरु गैर जिम्मेवार
…………………………………..

एनआरएनएको संरचनामा सधै बिना काम ठुला पदमा बस्ने महानुभावहरुको कारण पनि एनआरएन एनसीसी अफ युएसए फल्न फुल्न नसकेको हो । बिगतदेखि आगतसम्म बिना योगदान एनआरएनए आइसीसीको माथिल्लो पदमा बसेर पदीय जिम्मेवारीपूर्बक एनआरएन अमेरिकाको प्रबर्धनमा कुनै काम नगरी आफ्नो पारिबारिक, ब्यबसायिक, शैक्षिक अनुभव फेसबुकमा बाँडेर बस्नु हुने संरक्षक डा. अम्बिका अधिकारी, आइसीसीका अमेरिकाज क्षेत्रीय संयोजक नवराज गुरुङ, उपसंयोजक सोनाम लामा, सल्लाहाकार राम खरेल, आइसीसी सदस्यहरु नबिन शेरचन, एसी शेर्पा, राजेन्द्र सिवाकोटी, डा. बिष्णुमाया परियार, डा. बिनोद शाह र राजा घलेको एनआरएन एनसीसी अफ युएसएको सदस्यता ब्रिद्दिमा योगदान के त?

संरक्षक डा. अधिकारीले आफ्ना विकासे रणनीतिका ठुला ठुला कथा फेसबुकमा ल्याउनु भएको छ । क्षेत्रीय संयोजक गुरुङ गत बर्षको चुनाव अघिदेखि बेपत्ता हुनु हुन्छ, उपसंयोजक लामा आफ्नो मुस्ताङ्ग प्रबर्धनमा व्यस्त हुनुहुन्छ, वहाले कतिपटक एनआरएनको सदस्य बन्नुहोस भनेर आह्वान गर्नु भयो? आइसीसी सल्लाहाकार राम खरेल आफ्नी १ बर्षीय सुपुत्रीको फोटो बर्षभरी फेसबुकमा घुमाएर चर्चित हुनु भयो तर वहाले कतिपटक एनआरएनको सदस्य हुन आह्वान गर्नु भयो?

त्यसैगरी एनआरएन आइसीसीका सदस्यहरु नबिन शेरचनले जनजातीका राजनीतिक विद्वेष फैलाउने फोटोहरु घुमाउनु भयो, एसी शेर्पाले भर्खरै न्युयोर्कमा सम्पन्न आफ्नो ब्यापारको प्रबर्धन गर्नु भयो, राजेन्द्र सिवाकोटीले आफ्नो व्यक्तिगत भ्रमणको चर्चा बटुल्नु भयो, डा. परियारले दुनियाले बाडेका मान पदवी फेसबुकमा टांगनु भयो र वाहा वाहि बटुल्नु भयो, बिनोद शाहले न्युयोर्कमा आफ्ना सुभेच्छुकहरुसंगको जमघटको रमाइला कुरा बाड्नु भयो भने राजा घलेले सिंगो नेपाली समाजमा एउटा गुरुङ समाजको स्थापना गरेको ढ्वांग फुकेर सक्नु भएको छैन, भेटे जति मान्छेहरुसंग खिचेका फोटो घुमाएर वहाँको योगदान बखान गरिसक्नु छैन ।

अमेरिकाका ३ लाख नेपालीहरुलाई आइसीसीमा प्रतिनिधित्व गर्ने वहाँ ठुला मान्छेहरुको एनआरएन एनसीसी अफ युएसएमा सदस्यता ब्रिद्दिका लागि कति योगदान भयो? कति पटक वहाँहरुले सदस्यता बन्नुहोस भनेर नेपालीहरुलाई आह्वान गर्नु भयो? यहि ३ लाख मध्ये ३ हजार ९ सय ८८ सदस्यहरुको टाउकोमा टेकेर वहाँ ठुला मान्छेहरु आइसीसीमा पुग्नु भएको होइन?

ठुला मान्छेहरुलाई नै एनआरएन एनसीसी अफ युएसए प्रति माया प्रेम छैन भने अनि भुसुना नेपालीहरुले कसरी माया दर्शाउने? वहाँहरुको एनआरएनप्रति लालसा भनेको पद पड्काउने मात्र हो, योगदान दिन र एनआरएनलाई फलाउन फुलाउन होइन । यसैले बताउछ -एनआरएन एनसीसी अफ युएसएलाई आम अमेरिकाबासी नेपालीहरुले कीन बेवास्ता गरे भन्ने कुरा ।

आइसीसीमा चुनावको कहिल्यै सामना गर्नु नपर्ने, जहिले पनि ठुला पद ताकिरहने, चुनाव हारेर म्यान्डेट फेल खाएकाहरु र समाजबाट बदनामी कमाएकाहरु आइसीसीको उच्च पदमा पुगेकाहरुलाई एनआरएन आफ्नो जग होइन तर त्यसको स्वामी हामी नै भन्ने भ्रमले गर्दा एनआरएन एनसीसी अफ युएसएप्रतिको सारा नेपालीहरुको सद्भाव टुट्दै गएको छ । स्वतस्फुर्त रुपमा सदस्य बन्ने भन्दा अर्काले चुनावको मुखमा सदस्यता किनी दिने सिस्टम बसेकाले को एनआरएन एनसीसी अफ युएसए प्रति नतमस्तक हुन्छ? हिजो ४ हजार मध्ये झन्डै ३ हजार किनियो आज त्यहि ३ हजार कसैले नबिकरण गरिरहेको छ भने २-४ हजार फेरी थप किनेर चुनाव हुन्छ । अब त राजनीतिक पार्टीका नेताहरुले नेपालमा किन्ने जस्तै सिस्टम एनआरएनमा बसेकाले जसरी उनीहरुको पार्टी सदस्यता बन्ने प्रणाली छ, त्यहि प्रणाली एनआरएनमा भित्रिएको हुँदा व्यक्ति व्यक्तिले एनआरएनको सदस्यता लिनु पर्ने बाध्यता रहेन । जसले भोट किन्छ उसैले भोट हाल्छ, कसैलाई टंटा पनि भएन ।

यसमा तपाईको मत