हाम्रो काम अब रमिते होईन पहरेदार हुनुपर्छ -संचारकर्मी श्रेष्ठ

10363689_1420436611567122_8521521489765214502_n

२३ बर्ष अघिदेखि मित्र रही आएका व्यक्ति हुन संचारकर्मी, अधिकारकर्मी शैलेश श्रेष्ठ । व्हाइट हिमाल टेलिभिजनको सम्प्रेषण अभियानका उनी अभियन्ता पनि हुन । सम्प्रेषणले अमेरिकामा एउटा अभियान नै ल्याएको छ । जल्दाबल्दा मुद्दाहरु उठाउन सप्रेषण न्युयोर्क र क्यालिफोर्निया मात्र होइन अमेरिका र बिस्वभरिको आकाश नै छाएको छ ।

एनआरएन एनसीसी अफ युएसएको आसन्न निर्बाचनमा सम्प्रेषणले प्रेरणादायी भूमिका निभायो नै, सबै मतदाता र उम्मेदवारहरुमा जग जाहेर नै छ । संचारकर्मी श्रेष्ठ र उनको सम्प्रेषणको लोकप्रियताको बढोत्तरी सिधा कुराले गर्नै नपर्ला ।

एनआरएन अमेरिकाको आसन्न निर्बाचनलाई कसरी हेरिरहनु भएको छ त? भनेर हिजो बिहान संचारकर्मी /अधिकारकर्मी श्रेष्ठलाई जिज्ञासा राखिएको थियो । आज एकाबिहानै श्रेष्ठले त्यो जिज्ञासा निभाउने प्रयास गर्नु भएको छ । संचारकर्मी श्रेष्ठको त्यो भनाई जस्ताको तस्तै:

संचारकर्मीका हैसियतले हाम्रो काम अब रमिते होईन पहरेदार हुनुपर्छ, त्यहि कर्ममा हामी निष्ठाका साथ प्रारम्भदेखि वर्तमानको यो क्षणसम्म निरन्तर लागिपरेका छौं । अब दलगत राजनीति गर्नेहरुको फन्दाबाट यो संगठनलाई मुक्त गर्न सकियो भने आम प्रबासी नेपालीले चाहेको एनआरएन अमेरिकाको बिधिवत स्थापना हुनेछ । ढिलै भएपनि एनआरएन अमेरिकामा लोकतान्त्रिक पद्धती स्विकार गरिनु हामी सबैको लज्जाबोधको अन्त्य हुनु पनि हो, यस अर्थमा जसले र जहाँकाले भोटमा या गणितमा जिते पनि हामी सबैले चाँही अहिले नै बिजयको बिगुल फुके पनि हुन्छ, कीनकी एनआरएन अमेरिकाको जित त भईनै सक्यो अब चुनाब हुन मात्र बाँकि छ ।

संचारकर्मी श्रेष्ठका यी भनाईमा सिधा कुरा पूर्ण सहमत छ । सिधा कुराले पनि अमेरिकाका नेपाली समाजमा चाहेको यहि हो । हामीले प्रजातन्त्र, पारदर्शिता र पद्दतिको वकालत गर्दै आएका छौ, गलत प्रबृत्तिका बिरुद्द लड्दै आएका छौ । २-२ वटा मुद्दा मामिला खेपेर पनि समाज सुद्दिकरणको अभियान चलाई आएका छौं । समाजको भलो चिताउने हाम्रो पेशागत धर्म हो । सिधाकुराको तर्फबाट एनआरएन अमेरिकाको आसन्न निर्बाचनमा मिडिया कोअर्डिनेटर पदमा उम्मेद्वारी दिईएको छ, त्यसको अर्थ प्रजातन्त्र, पद्दति र पारदर्शितालाई एनआरएनमा संस्थागत गर्नकै लागि हो ।

संचारकर्मी श्रेष्ठको भनाईलाई आत्मसात गर्दै हामीले एनआरएन अमेरिकाको निर्बाचनमा जसले जिते पनि हुने कुरालाई स्वीकार गर्नै पर्छ, ढिलै भएपनि एनआरएन अमेरिकामा लोकतान्त्रिक पद्धती स्विकार गरिनु हामी सबैको लज्जाबोधको अन्त्य हुनु पनि हो, यस अर्थमा जसले र जहाँकाले भोटमा या गणितमा जिते पनि हामी सबैले चाँही अहिले नै बिजयको बिगुल फुके पनि हुन्छ, कीनकी एनआरएन अमेरिकाको जित त भईनै सक्यो अब चुनाब हुन मात्र बाँकि छ ।

सिधा कुराले पनि चाहेको एनआरएन अमेरिकामा प्रजातान्त्रिक पद्दति नै हो, जुन हासिल हुने क्रममा छ भने मिडिया कोअर्डिनेटर पदमा सबै मतदाताले कृष्ण संजेल केसीलाई जिताउदा पनि प्रजातान्त्रिक पद्दतिको बढावा नै हुनेछ ।

सिधा कुरा सम्प्रेषणसंग मिलेर अमेरिकाको नेपाली समाजको पहरेदार हुन्छ न की रमिते ।

यसमा तपाईको मत