सिधाकुराको शुभ मुहुर्त

dr. hari

 

गैर आबासीय नेपाली संघ रास्ट्रिय समन्वय परिषद(एनआरएन अमेरिका) र एसोसिएसन अफ नेपलिज इन अमेरिकाज(एएनए) को निर्बाचनको पूर्ब सन्ध्यामा अमेरिकाको नेपाली समाजका जल्दाबल्दा खोज खबरहरुलाई प्रकाशमा ल्याउने उद्देस्यले आज सिधाकुरा अनलाइनको जन्म दिईएको छ ।

सिधाकुराको शुभ मुहुर्त एएनएका संस्थापक अध्यक्ष डा. हरिहर शर्मा मुडवरीले जर्जिया, अमेरिकाबाट गर्नु भएको छ । यसको डिजाइनमा ई कुमार श्रेष्ठ काठमान्डू, नेपाल लगाएतकाले सघाउनु भएको छ ।

डा. शर्मा मुडवरीले एएनएको स्थापना सन १९८३ मा कर्निंग, न्युयोर्कमा गर्नु भएको थियो । स्थापनाको उद्देस्य प्रट्याउनु हुँदै डा. शर्माले भन्नु भयो – नेपाली भाषा, शिक्षा, संस्कृति र नेपाली-नेपाली बीच सहयोग आदान प्रदान गराउने उद्देस्यले त्यसबेला एएनएको जन्म गराइएको थियो । मुख्य रुपमा त्यतिखेर अमेरिकामा नेपाली छाता संगठनको आबस्यकता महशुस भएर एएनए स्थापना गरिएको थियो । अहिलेका प्राय सबै नेपाली संघ संस्थाहरुको जन्मदाता एएनए नै हो । डा. शर्माले थप्दै भन्नु भयो -बिगत केहि बर्षदेखि एएनए आफ्नो मूल उद्देस्यबाट बिचलित हुँदै आएको छ, यो दुखको कुरा हो ।

संस्थापक डा. शर्मा मुडवरीका यी अनुभव र बर्तमानमा एएनए आफ्नो वेब साइटबाट बन्चित भएको अबस्था समेतलाई मध्येनजर गर्दै, ”अमेरिकाको ममोरिएल डे” कै अवसरमा सुचनाको संबैधानिक हकबाट सबैलाई सुसुचित गर्ने उद्देस्यले र नेपाली नेपाली बीच एएनएको भाइचारा रणनीतिलाई ब्यबहारमा उतार्न आबस्यकता भएको महसुस गर्दै डा. शर्माको बाहुलीबाट सिधाकुराको शुभ मुहुर्त गरिएको हो ।

सिधाकुरा एएनएको सुचनाबाट बन्चित भएका २ लाख नेपालीहरुलाई चाहिने सबै प्रकारका सुचनाको श्रोत बनेर समाजको सेवा गर्न चाहान्छ । तीन बर्षदेखि एएनए एउटा व्यक्तिको कैद छ, त्यसलाई मुक्त गराउने र सबै प्रकारका सुचनामा नेपालीहरुको पहुँच बढाउने अभियानमा सघाउने सिधा कुरा प्रण गर्दछ ।

सिधा कुराले सिधा सबाल उठाउनेछ र सम्बन्धितले सिधा जबाब दिने बाताबरण बनाउने छ । यो मूलधारका समाचारहरुको वेब साइट होइन, नेपाली समाजका कसैले नलेख्ने, नछाप्ने र लुकाइने महत्वबान समाचारहरुको खोजी गर्ने माध्यम हो । नेपाली समाजमा हेला गरिने, दबाइने, शोषण, अत्याचार, निरंकुशता, आर्थिक अनियमितता, अपारदर्शिता, पद्दतिको बर्खिलाप, प्रजातन्त्रहिनता जस्ता बिसयमा कडा प्रहार गर्ने माध्यम हुनेछ । मूल रुपमा समाजमा गलत काम गर्नु हुन्न भन्ने चेतना अभिब्रिद्दी गर्नु नै यसको उद्देस्य हो । अमेरिकाको ५०१ (सी) अन्तर्गतको नाफारहित संस्थाहरुको प्रजातान्त्रिक चुनाव, आर्थिक पारदर्शिता र बिधानप्रति सबैलाई प्रतिबद्द बनाउन यो सहयोगी हुनेछ ।

सिधाकुरा एएनएका संस्थापक डा. शर्मा मुडवरीप्रति आभार र डिजाइनर श्रेष्ठप्रति धन्यबाद ब्यक्त गर्दछ ।

सिधाकुरा वेब साइट निर्माणकै क्रममा भएकाले केहि त्रुटी कमजोरी देखिए क्षमा प्रार्थी छ र त्यसलाई आगामी दिनमा सुधार गर्दै लैजाने प्रण गर्दछ ।

धन्यबाद ।

सिधाकुरा
sidhakurausa.com

यसमा तपाईको मत