रिजवुड सोसाइटीकै जस्तो उदाहरण दिन्छौ एनआरएन अमेरिकालाई: सरोज कुमार श्रेष्ठ

saroj

 

रिजवुड सोसाईटी न्युयोर्क बास्तबमै समाजको लागि एउटा उदाहरण बनेर आइरहेको छ । यस्ता उदाहरणीय नमुना अमेरिका भरिका संघ संस्थामा बनाउनु छ तर प्रमुख रुपमा सबै नेपालीहरुको छाता संगठनको रुपमा बिकास हुने क्रममा रहेको एनआरएनलाई त झन नबनाउने कुरै भएन । झन्डै ७ सय नेपालीहरु रहेको सोसाइटीमा ४ सय त एनआरएन अमेरिकाका सदस्यहरु पनि होलान । यो उदाहरणीय संस्थालाई प्रतिनिधित्व गर्दै एनआरएन अमेरिकाको आसन्न निर्बाचनमा सरोज कुमार श्रेष्ठ बोर्ड अफ डिरेक्टर/अफिसर पदका प्रत्यासी छन ।

सन १९९८ देखि श्रेष्ठ अमेरिकाबासी रहिआएका छन । उनी सोसाइटीका संस्थापक सचिब, सल्लाहाकार हुँदै अहिले उपाध्यक्ष छन भने ब्लड डोनर्स अफ अमेरिकाका सक्रिय सदस्य पनि हुन । भर्खरै न्युयोर्कमा सोसाइटीको आयोजनामा सम्पन्न रक्तदान कार्यक्रम सम्पन्न गर्दा उनी धेरै प्रशन्न देखिन्थे कारण थियो रक्तदान कार्यक्रम सकेकै बेलुका उनले हिसाब किताब लगाएत सबै कुराहरुको तारतम्य मिलाएर जिम्मेवारी पुरा गरेका थिए । खासमा उनी न्युयोर्कका केहि मित्रहरुसंगको साझेदारीमा रेस्टुरेन्ट र स्टोर संचालन गर्छन र बचेको समय समाजसेवामा खर्च गर्छन ।

केहि दिन अघि एनआरएन अमेरिकाका उम्मेदवारहरुको सोसाइटीमा स्वागत कार्यक्रम संचालन हुँदा एनआरएन आपतकालिन कोष खडा गर्न र १० मिनेटमा १८ हजार ५ सय डलर उपस्थित उम्मेदवार तथा समाजसेवीहरुले बोलकबोल गरेको तथा तत्काल सहयोग जुटाउन सफलता हासिल गर्दा श्रेष्ठ खुशी देखिन्थे, त्यसको पनि कारण थियो सहयोग एबम दानको माध्यमबाट अमेरिकाको नेपाली समाजका लागि केहि गर्न सकिने रहेछ भने एनआरएन संगठन मजबूत किन नबनाउने भन्ने उनमा उत्साह जागेको थियो ।

श्रेष्ठ चुनावका उम्मेदवार छन, उनलाई के चुनाव जितिन्छ त भनेर सोद्धा उनले जित्नकै लागि उठेको बताएका छन । सोधियो जित्ने आधार के त? उनले भने -रिजवुड सोसाइटी सबैका अगाडी ज्वलन्त उदाहरण छ । फेरी सोधियो कीन एनआरएनमा फड्को मार्न खोज्नु भएको? श्रेष्ठले जबाफ दिए -एनआरएन अमेरिकालाई सुरक्षित बनाउन । फेरी सोधियो कसरि? उनले भने -एनआरएन अमेरिका १० बर्षदेखि सुन्य गतिबिधिमा सिमित रह्यो, त्यसले गर्दा फेरी त्यहि ताल नहोला भन्न कहा सकिन्छ र? त्यो अबस्थामा हामीले परिबर्तन ल्याउन र सोसाइटीकै जस्तो मात्र भए पनि केहि गरेर देखाउन सक्यौ भने यो सुरक्षित हुन्छ । तपाइहरुको लागि रिजवुड सोसाइटी नै काफी छैन र? भनेर सोध्दा श्रेष्ठले भने -सोसाइटी त आफ्नो ठाउमा छदैछ एनआरएन अमेरिकामा पनि केहि गरेर देखाउने मन छ ।

रिजवुड सोसाइटीले दुर्गा मन्दिर र सामुदायिक भवन निर्माणका लागि उदाहरणीय काम गर्ने क्रममा आगामी जुलाई २७ देखि अगस्त ३ सम्म नेपालबाट पण्डित झिकाई महापुराण आयोजना गर्दै रहेको श्रेष्ठले खुलासा गरेका छन । उनले अमेरिकाभरिका सबै नेपालीहरुलाई उक्त महापुराणमा सहयोग गरि दिन अनुरोध गरेका छन ।

सिधा कुरा एनआरएन एनसीसी अफ युएसएका समस्त मतदाता तथा उम्मेदवारहरुलाई रिजवुड सोसाइटीको पबित्र योजनामा साथ दिन र सक्दो दान सहयोग जुटाउन आह्वान गर्दछ भने पबित्र उद्देस्य सहित एनआरएन अमेरिकाको निर्बाचनका उम्मेदवार सरोज कुमार श्रेष्ठलाई मतदान गरी जिताउन अपिल पनि गर्दछ । एनआरएनमा समाजसेवीहरुको खाँचो छ ।

यसमा तपाईको मत