सबैभन्दा खर्चिला उम्मेदवार राजा घले

safe_image.php

एनआरएन एनसीसी अफ युएसएका चुनावी उम्मेदवारहरुको व्यक्तिगत बिज्ञापन र खर्चको स्तर बढ्दै गएको छ । शुरुदेखि अहिलेसम्मको बिज्ञापनका तौर तरिका दैनिक फरक हुने क्रममा छ:

१) फोटो देखाउने
२) फेसबुकमा लेख्ने
३) डिजाइन प्रस्तुत गर्ने
४) एजेन्डा र फोटो सहितको डिजाइनको बिज्ञापन गर्ने
५) राजनीतिक पार्टीका कार्यक्रममा समावेस भएका र भाषण ठोकेका तस्बिर सार्बजनिक गर्ने
६) चन्दा दान दिएको प्रचारबाजी गर्ने
७) टि सर्ट पहिरेर बिज्ञापन गर्ने
८) व्हाइट हिमाल, खसोखास र सिधा कुरामा अन्तर्वार्ता दिएर बिज्ञापन प्रकाशित गर्ने
९) भिडियो खिचाएर व्हाइट हिमालमा प्रशारण गराउने
१०) यु ट्युब वा अन्यमा अप लोड गरि फेसबुक र अन्य सोसिएल मिडियामा बिज्ञापन गर्ने

अन्तिम बिज्ञापनको होडबाजी अब भिडियो तिर लम्किदै छ । सबैभन्दा बढी मिडियामा छाएका छन अहिले आइसीसी प्रतिनिधिका उम्मेदवार राजा घले । उम्मेदवार घलेको बिज्ञापन निशुल्क नभएर चर्को शुल्कमा आधारित रहेको धेरैको प्रतिक्रिया छ । घलेको आफ्नो राज्यमा चुनावका मतदाता त्यति धेरै नभएकाले उनलाई यस्तो बिधि बिज्ञापन गर्नु परेको भनेर आरोप लगाउने पनि थुप्रै छन । घलेको अर्को प्रमुख समस्या जर्जियाका नेपालीहरुको संस्था न्यागमा संस्थापक र सल्लाहाकार भएको भन्ने बिबादले जर्जिया र फ्लोरिडाका मतदाताहरु बिस्थापित गरेका कारण बिज्ञापन चर्को गर्नु परेको बताइएको छ ।

घलेको अतिरिक्त भिडियो बिज्ञापन गर्नेमा धेरै उम्मेदवारहरु छन । बरिस्ठ उपाध्यक्षका उम्मेदवार द्वय लोक तिवारी र सानु बाबु सिलवाल पनि भिडियो बिज्ञापनमा अग्रणी स्थानमा छन । उपाध्यक्ष पदका शेषराज खतिवडा, महासचिव पदका प्रेम गुरागाईं, कृष्ण पोखरेल र बाबुराम लामा, कोषाध्यक्ष पदका बेदराज बस्नेतले भिडियो खिचाएर बिज्ञापन गरि भोट बटुल्ने प्रयास भएको छ ।

टि सर्टको बिज्ञापन गराउनेमा अध्यक्षका प्रत्यासी खगेन्द्र जिसी भन्दा अर्को कोहि उम्मेदवार अहिलेसम्म बजारमा निस्किएका छैनन ।

अब यो क्रम बढ्दै जाने हो भने अमेरिकामा अर्को एउटा बिज्ञापनको माध्यम पनि छ, त्यो हो हवाईजहाज वा हेलिकप्टरमा उम्मेदवारको तुल टाँगेर ५० वटै राज्य घुमाउने, यसो गर्न सक्ने हो भने चुनाव नजित्ने त कुरै भएन । पेशागत रुपले पाइलट आइसीसी प्रतिनिधिका उम्मेदवार घलेले यो बिज्ञापनको शैली अपनाउने हो भने ३ हजार ९ सय ८८ भोट नै उनको पोल्टामा पर्दैन भनेर कसैले भन्न सक्दैन ।

यसमा तपाईको मत