अनुभव र निस्वार्थ भाव मेरो आधार: घन दवाडी, बरिस्ठ उपाध्यक्षका उम्मेदवार

ghan

अमेरिका आउनु अघिदेखि नै समाजसेवामा नाउ कमाइसकेका व्यक्ति हुन घन दवाडी, जो अहिले एनआरएन एनसीसी अफ युएसएको आसन्न निर्बाचनका बरिस्ठ उपाध्यक्ष पदका प्रत्यासी छन । नेपालमा छँदा लाएन्स क्लबका अञ्चल अध्यक्ष भै उनले समाजसेवाको ढोका पहिले नै खोलिसकेको काठमान्डूमा चर्चाको बिसय थियो १० बर्ष अघि ।

उम्मेदवार दवाडी अमेरिका आएको १० भयो । पेशाले उनी नेपाली सामानहरुको नर्दर्न क्यालिफोर्नियामा थोक ब्यापारी हुन भने उनी ट्राभल एजेन्सी ब्यबसायी पनि हुन । ब्यापार र सामाजिक सेवा अहिले एक अर्काका सहयोगी भैरहेको छ । बरिस्ठ उपाध्यक्षका उम्मेदवार दवाडी भन्छन नेपाल देखिकै सामाजिक सेवा क्षेत्रमा आर्जन गरेको अनुभव र निस्वार्थ भाबना अहिले एनआरएन अमेरिकाको निर्बाचनमा बरिस्ठ उपाध्यक्ष पदमा निर्बाचित हुने प्रमुख आधार हो ।

प्रत्यासी दवाडी सन २०११-१२ मा नर्दर्न क्यालिफोर्नियाको नेपाल एसोसिएसन अफ नर्दर्न क्यालिफोर्निया (न्यान्सी) का अध्यक्ष भए र आफ्नो समाजसेवी मनलाई उनले नेपाली समाजको लागि उपयोग गर्ने काममा लगानी गरे । अहिले उनी न्यान्सीको सल्लाहाकार छन । न्यान्सीमा अध्यक्ष भई समाजसेवा गर्दा दवाडीले नर्दर्न क्यालिफोर्नियाका अन्य नेपाली समाजसेवीहरुबाट झन्डै २ लाख ५० हजार डलर दान दातब्य संकलन गरेको र सामुदायिक केन्द्र स्थापनामा जोड तोडले लागिरहेको उनले बताएकाछन ।

एनआरएन एनसीसी अफ युएसएको निर्बाचनको खबर बाहिर आए पछि ठुलो ठाउमा बसेर अमेरिकाको सिङ्गै समाजको लागि धन, मन र समय खर्चिने बरिस्ठ उपाध्यक्ष पदका उम्मेदवार दवाडीले सोच बनाए । मतदाताहरुको भेटघाटका लागि उनी क्यालिफोर्नियामा धेरै सक्रिय छन भने म्यासाचुसेट्स, कनेक्टिकट, न्युयोर्क, न्युजर्सी, पेन्सिलभेनिया, मेरिल्याण्ड, भर्जिनिया र टेक्सासको भ्रमण गरेर मतदाताहरुका कुरा सुन्न भ्याएका छन । झन्डै दुई तिहाई मतदाताहरुको हुलमा आफु पुग्न सकेको र उनीहरुका कुरा सुन्न भ्याएकाले पनि एनआरएन एनसीसी अफ युएसएको निर्बाचनले आफुलाई बिजयी बनाउने दवाडीको दाबि छ ।

अर्को प्रमुख कुरा उनका प्रतिस्पर्धीहरु दुवै एक अर्कामा आरोप प्रत्यारोप र खिचातानीमा भिडन्त गरिरहेकाले आफ्नो बिजयको आधार उनीहरुले नै तयार गरी दिएको बरिस्ठ उपाध्यक्ष पदका दवाडीले बताएका छन ।

यसमा तपाईको मत