केसी र भट्टले निर्बाचन आचार संहितामा जिसी प्यानललाई फसाउने

photo

केसी र भट्टले निर्बाचन आचार संहितामा जिसी प्यानललाई फसाउने 

यहि मे १० मा सान फ्रान्सिन्सको बे एरियामा बसोबास गर्नेहरु सामु भन्दै आयोजना गर्न लागिएको अन्तरक्रिया नेपाली कांग्रेस पार्टीका नेताहरु धनन्जय नरसिंग केसी र बिनोद भट्टले गर्न लागेको हुँदा त्यसले निर्बाचन आचार संहिता प्रभावित हुने उम्मेदवारहरुले नै बताएका छन ।

एनआरएन अमेरिकाको निर्वाचनको पूर्व सन्ध्यामा अध्यक्ष पदका उम्मेदवार खगेन्द्र जीसी, उपाध्यक्ष पदका उम्मेदवार मुकुन्द ढुंगाना, महासचिब पदका उम्मेदवार कृष्ण पोखरेल लगाएतकाहरु उक्त अन्तरक्रियामा भाग लिनेछन र एनआरएन अमेरिकाको निर्बाचन आचार संहिता पुन एक पटक उल्लङ्घन हुन लागेको बताईएको छ । बे एरियाका कतिपय नेपालीहरुले भनेका छन -यसरी राजनीतिक दलका नेताहरुले अन्तरक्रिया कार्यक्रम राख्नु र चुनावका प्रतिस्पर्धीहरु त्यहा जुट्नु भनेको एनआरएन अमेरिकामा राजनीति घुसाउनु हो, यो कोड अफ कंडक्टको ठाडो उल्लङ्घन हो । कोड अफ कंडक्टको ठाडो उल्लङ्घन गर्ने उम्मेदवारहरुलाई चेतावनी दिने वा कोड अफ कंडक्टमा उल्लेख भए बमोजिम कार्यबाही गर्ने काम निर्बाचन आयोगले गर्न सक्दैन भने निरिह रुपमा गरिने चुनावले एनआरएन अमेरिकाको बोर्ड राजनीतिज्ञहरुको लागि खुला हुन जान्छ, त्यो कदापि राम्रो संदेश होइन -बे एरिया बासिहरुको भनाई छ ।

बे एरियाबासि नेपालीहरु भन्छन केसी र भट्टको अन्तरक्रिया मे ११ तारिख आयोजना हुन लागेको सम्प्रेषणलाई फितलो बनाउन र पार्टी राजनीतिलाई हाबी गराउन आयोजना गरिएको हो । नेपाली कांग्रेस पार्टीका नेताहरुले यसरी अन्तरक्रिया गराउने होइन, यो त समाजसेवी वा पत्रकारहरुले मात्रै कोड अफ कंडक्टलाई ध्यान दिंदै आयोजना गर्नु पर्छ । उनीहरु भन्छन -पार्टीको अन्तरक्रियामा क्यालिफोर्निया होइन देशको एजेन्डा उच्च बनाउन मे १४ मा न्युयोर्कमा आयोजित बुद्द र सगरमाथा सम्बन्धि १० लाख हस्ताक्षर रास्ट्र संघका महासचिब बान्की मुनलाई हस्तान्तरण कार्यक्रममा सहभागी हुनु चाहि बेस हो ।

व्यक्तिगत र पार्टीको एजेन्डा लिएर चुनावमा हिड्नेहरुले सोच्नु पर्छ कोड अफ कंडक्ट उल्लङ्घन गर्नु पनि हुन्न अनि देशको एजेन्डालाई छोड्नु पनि हुन्न तर पार्टीको एजेन्डा भएकाहरुलाई अहिले चुनावको भूतले नछोडेको हुँदा जसले अन्तरक्रिया आयोजना गरे पनि ठिक्क पर्न छोडेर को? कोड अफ कंडक्ट हेर्छ -बे एरियाबासिहरु भन्छन कोड अफ कंडक्ट त देखाउने दांत मात्र हो, यदि होइन भने निर्बाचन आयोगले यो अन्तरक्रियामा सहभागी हुने उम्मेदवारहरुलाई कार्यबाही गरेर देखाओस ।

यसमा तपाईको मत