
अस्ति मार्च १४ र १५ मा भर्जिनियाको मनाससमा सम्पन्न एसोसिएसन अफ नेपलिज इन द अमेरिकाज(एएनए) को मिनी कन्भेन्सनको रुपमा आयोजित मिटिंग अफ द माइन्ड्स नराम्ररी फ्लप खायो । यसका पछाडी दुई खलपात्रहरुको हात छ भन्दा अमेरिकाको नेपाली समाज छक्क पर्दैन । अमेरिकाको नेपाली समाजमा एएनए पूर्ब अध्यक्ष सिमोन ढुंगानाले फायर गरेका तर अहिले चोख्याएर उपाध्यक्ष बनाइएका डा. शम्भु ढुंगाना तथा नेपालदेखि अमेरिकासम्म चाकडी र चाप्लुसीमा अभूतपूर्ब उपाधि धारण गरेका अन्तरास्ट्रिय कलाकार, पत्रकार, साहित्यकार, घर जग्गा दलाल, भर्जिनिया र मेरिल्याण्डको समाज भांड, लोक दोहोरी गायक, साना ब्यबसायी गीतकार एबम छेपाराकार (पहिले एमाले समर्थित पछि ज्ञानेन्द्र पथ) अबलम्बन गरेका देशभक्त राम प्रसाद खनालको हात रहेको हो भन्दा भर्जिनिया र मेरिल्याण्डका एक जना व्यक्तिले होइन भन्दैन ।
सीधाकुराको सम्पर्कमा रहेका दर्जनौं व्यक्तिहरुले भनेका छन – उपाध्यक्ष ढुंगानाले बिगत केहि महिनादेखि उकास्दै ल्याएका मेरिल्याण्डका एचबि भण्डारी र भर्जिनियाका खनालको नेक्ससले त्यो मिटिंग भाँड्ने भित्रि योजना बनाउदै आएका थिए । तर दुखको कुरा आफै उक्त मिटिंगको कन्भेनर रहेको डा. ढुंगानाले चटक्क बिर्सिए अनि हरेक गलत कामको दोषबाट आफु उम्कन दिउसोको कार्यक्रमको अन्त्यमा भण्डारी र खनाललाई आयोजकहरु मध्ये अधिकांशले हुन्न भन्दा भन्दै पनि उनीहरुलाई स्टेजमा बोल्न दिएर कार्यक्रम भाँडिएको थियो । माइक समात्दै बिगत ५ बर्षदेखिको खनालको व्यक्तिगत इर्श्या र प्रतिशोध उनले स्टेजबाट पोखेका थिए ।
बिगत ५ बर्षदेखिको प्रतिशोध
……………………………..
खनालको प्रतिशोध के थियो त? त्यो सबैलाई थाहा हुनुपर्छ । त्यो प्रतिशोध थियो सन २०१० को बोस्टन कन्भेन्सनमा उनलाई दोहोरी गीत गाए बापत दिईएको १ हजार ५ सय डलरको बैंक अफ अमेरिकाको चेक । जुन चेक जुलाई १५, २०१० मा एएनएको तर्फबाट काटिएको थियो । त्यो चेकको भुक्तानी लिन जाँदा बाउन्स भएदेखि नै एएनए र तत्कालिन कन्भेनर मेदिनी अधिकारी बिरुद्द खनालले प्रतिशोध साँध्दै आएका थिए । अर्को कुरा अधिकारी र खनाल दुवै ३ माइलको दुरीमा रहँदै आएका छिमेकी भएको र मनासस, सेन्टरभिल, च्यानटिलि, फेयरफ्याक्स लगायतका वरिपरिका नेपालीहरुको बीच अधिकारीको मित्रता र सम्पर्क फराकिलो हुनुका साथै स्तर समेत अत्यन्त फरक भएका कारण अधिकारी र उनको पारिबारिक स्थितिप्रति खनालको डाह र इर्श्या दिन दिनै बढ्दै आएको थियो । अधिकारीसंग दुस्मनी सम्बन्ध रहेका प्रेम संग्रौला खनालको मेंटर रहेको कारणले गर्दा खनालको इर्श्याले सिमा काटेको थियो भने झन्डै दशक अघिदेखि नै संग्रौला र अधिकारीको बीचको चिसो सम्बन्धका कारण पनि खनाललाई संग्रौलाले उकास्ने काममा कमि आएको थिएन ।
भर्जिनियामा संग्रौला र खनालको सम्बन्ध नंग र मासु जतिकै छ तर अन्य चरा फट्यांग्राले पनि खनाललाई गन्ति नगर्ने कारण अधिकारी भएको, खनालको डाह र इर्स्या प्रतिशोधमा परिणत हुनुको कारण थियो । प्रत्यक्ष रुपमा खनालले अधिकारीसंग कुनै पनि बिसयमा मुकाबला गर्ने ठाउँ नभएको कारण अधिकारीको पारिबारिक मुद्दा र अबस्था माथि मिटिंगमा खनालले हमला गरेका थिए । स्थानियहरु र मिटिंगका अन्य केहिसंगको कुराकानीमा थाह भएको छ -स्थानीय प्रतिष्ठा र सामाजिक अबस्थामा इर्श्या खनालको मिटिंग भाड्ने योजना मात्र थिएन, अधिकारी दम्पत्तिलाई संबेदनशिल ढंगले हमला गर्ने उनको नियत पनि थियो ।
बास्तबमा त्यो प्रतिशोध खनालले अन्तरिम अध्यक्ष छेवांग शेर्पालामालाई साँध्नु पर्ने थियो तर उनले शेर्पालामाको प्रतिशोध अधिकारी दम्पत्ति माथि साँधेर उनको असन्तुस्टी बाहिर ल्याएका थिए । शेर्पालामाले अदालत भित्र उनि र उनको नेपाल मदर डट कमलाई मुद्दा हालेर अदालत बाहिर तिराएको बिगो जरिबानाको फलस्वरूप शेर्पालामा प्रतिशोधको सिकार हुनुभन्दा आफ्नै मित्रलाई उनले पारिबारिक हमला गरेर देखाएका छन । शेर्पालामासंग प्रतिशोध लिन नहुने तर्फ उनका मेंटर संग्रौलाले भूमिका खेल्दै र खनाललाई पढाउदै ल्याएका थिए । जसरी खनाल र संग्रौलाबीच नंग र मासुको सम्बन्ध छ त्यहि सम्बन्ध सग्रौला र शेर्पालामा बीच पनि रहिआएको छ ।
कसरी शुरु भयो संबेदनशील हमला?
…………………………………….
४ बर्ष अघि अधिकारी दम्पत्तिले आफ्नी प्यारी सुपुत्री गुमाएका थिए । उक्त दुखद घटनामा नर्दर्न भर्जिनियाका अधिकांश नेपालीहरु उपस्थित थिए भने खनाल पनि थिए । यो दुखद अबस्थामा सबै जुट्नु कुनै नौलो कुरा थिएन । त्यो बेला शत्रु नै भए पनि मुख देखाउन जानु लोकाचारकै कारण पनि हरेकलाई बाध्यकारी हुन्छ । त्यस्तो दुखद परिस्थितिको फाइदा उठाएर अधिकारी दम्पत्ति बिरुद्दको इर्श्या झार्ने मिटिंगको अवसरमा खनालले जुन हर्कत गरे त्यसले अधिकारी पत्नीको मुटुमा सुइरो रोपियो । ४ बर्ष अघि स्वर्गबास भएको आफ्नो सन्तानको संबेदनशिल कुरा उठाएर खनालले फाइदा लिन खोजेको मिटिंग अफ द माइन्ड्समा सबैले बुझे ।
दर्शक दीर्घामा भएका श्रोताहरु र ड्यासमा रहेका एएनएका पदाधिकारीहरु खनालको अभिव्यक्तिबाट रुस्ट मात्र भएनन, क्षणभरमै परिस्थिति अबरुद्द पनि बनेको थियो । अधिकारी पत्नीको चित्कार मिटिंगमा पोखिनु अस्वाभाविक थिएन कीनकी उनको १० महिना कोखमा राखेर जन्माएको सन्तानको नाउमा खनालले मिटिंगको माइन्ड्स परिबर्तन गर्ने दुस्साहस गरेका थिए । श्रीमान अधिकारीसंग दुस्मनी भए पनि श्रीमती अधिकारीसंग प्रतिशोध लिएका थिए खनालले, त्यो त्यतिखेरको संवेदनाले देखाउथ्यो । खनालले अभिव्यक्त गरेको भिडियो टेप हेर्दा पनि उनले प्रतिशोध नै साँध्न खोजेको स्पस्ट हुन्छ ।
महिला दिबस र अपमान
………………………………
अन्तरास्ट्रिय महिला दिबस एकातिर मनाइरहंदा अर्को तिर एउटी नेपाली महिला मन्त्री सीता खड्काको गैर जिम्मेवार बक्तब्य आउनु अनि यहि सेरोफेरोमा अन्तरास्ट्रिय कलाकार तथा पत्रकार राम प्रसाद खनालले एक सन्तान गुमाएकी महिलाको पीडामाथि नून चुक घस्नु कुनै पनि हालतमा असल कुरो होइन । गैर आबासीय नेपालीहरुलाई दोहोरो नागरिकता वा नागरिकताको निरन्तरता दिन नसक्ने अभिव्यक्ति दिने नेपाली महिला मन्त्रीको अमेरिकाबाटै नेपाली महिलाहरुले राजिनामा माग्नु पर्छ । कुन हैसिएतमा उनले त्यो अभिव्यक्ति दिईन? महिला दिबसको अवसरमा स्वदेश र बिदेशमा सुख दुख बाँडी चुंडी गरिरहेका हुन वा कसैले पीडा दिएर दुख मन गरिरहेका हुन, सम्पूर्ण महिलाहरुका लागि यो मिरा राणाको सुमधुर गीतको भाखामा तयार पारिएको रेडियो सीधाकुराको एक रिपोर्ट सहित सम्मान प्रकट गरिएको छ । एनआरएन एनसीसी अफ युएसएको आशन्न साधारण सभामा अधिकतम महिलाहरु उपस्थित रही महिला नेतृत्व, सहभागिता र जल्दा बल्दा बिषयहरुमा उनिहरु स्वयमले आफ्ना आबाज बुलन्द पारुन । पुरुषहरुको नेतृत्वले महिला समस्या र पीडा दुर हुँदैन ।
बिगतदेखि बर्तमानसम्म खनाल: एक विश्लेषण
…………………………………………………
खनालको बिगतदेखि बर्तमानसम्मको एक शब्दमा विश्लेषण गर्ने हो भने उनलाई ”आलु” भन्नै पर्ने हुन्छ । नेपाली समाजमा आलु भनेको जे मा पनि ”ठिक्क” भन्ने सबैले बुझेका छन । खासमा उनी मास्टर इन नन ज्याक इन अल हुन । मान्छेले एउटा बिषयमा डिग्री गरेकै हुन्छ तर उनको त्यो डिग्री त्यहि आलुमा भएको उनको जिबनभरको लगावले देखाएको छ । ३० बर्ष अघिको पत्रकारिता र अहिलेको पत्रकारिताको उनको त्यो डिग्री आलु भएको प्रमाण हो यो ( http://www.nepalmother.com/2015/03/blog-post_14.html ) । श्रीमानसंगको इर्ष्याको श्रीमतीलाई प्रतिशोध गरेर देखाएको यो उनको लेख नेपाल मदर डट कममा छ ।
नेपाल मदर डट कमलाई शेर्पालामाले नै आलु घोषित गरेका थिए जुन उनको भनाईमा बिस्वब्यापी अनलाइन हो । बिस्वब्यापी अनलाइनले शेर्पालामाको एउटा अबैधानिक मुद्दासंग मुकावला गर्न नसकेर घुंडा टेक्न बाध्य भएको थियो । खनालसंग के थिएन? धन थिएन की? आलु थेरापीले बनाएका हुन्छ प्रसाद शर्मा अर्थात तत्कालिन नेपाली दुत डा. शंकर शर्मा थिएनन की? डा. श्याम कार्की थिएनन की? अर्थशास्त्री प्रेम संग्रौला थिएनन की? अन्तरास्ट्रिय नेपाली साहित्य समाज(अनेसास) लाई काउन्टर दिन खोलिएको उनको अन्तरास्ट्रिय कलाकार मंच र विश्वभरका मंचका लाखौँ पाठक र पदाधिकारी थिएनन की? राजा ज्ञानेन्द्र पछाडी थिएनन की? हेम शरिता प्रतिस्ठानका बिशुद्द मान्छे हेम पाठक थिएनन की? को थिएनन? तर कीन त्यहि हेम पाठकहरुको घांटी जोडिएका शेर्पालामाले यत्रा अन्तररास्ट्रिय कलाकार र पत्रकार खनाललाई अदालत बाहिर घुंडा टेकाए? गल्ति नभए कोहि घुंडा टेक्छ? कीन मेदिनी अधिकारी र पत्रकार बिनोद कुमार नेपाल एएनए लुटेरा शेर्पालामासंग घुंडा टेकेनन? उनीहरुले त घुंडा नटेकेको मात्र होइन शेर्पालामा र उसका २२ हजार रैतीलाई पो घुंडा टेकाएका थिए ।
सन २०११ को एएनएको २९ औं सम्मेलनमा अन्तरास्ट्रिय कलाकार खनाल शेर्पालामाको चाकडीमा मस्त थिए । च्यानटिलिमा डा. श्याम कार्की बाहेक एएनएका आजिबन सदस्यहरु कोहि उपस्थित नहुँदा अन्तरास्ट्रिय पत्रकार खनालको पत्रकारिता तिनै शेर्पालामाको जिउ हजुरमा मस्त थियो तर के भयो? छिन भरमै शेर्पालामा किन उनका बिरुद्द जाइ लागे र १० लाख डलर क्षतिपूर्ति सहितको मुद्दा वासिंगटन डिसीको एउटा कोर्टमा खनाल र उनको नेपाल मदर डट कमका बिरुद्द हालियो र अदालत बाहिर घुंडा टेकाउन शेर्पालामा सफल भए? यसको एउटा लामो कहानी छ, सीधाकुराले कुनै दिन त्यो बाहिर ल्याउनेछ ।
नेपालमा साप्ताहिक पत्र पत्रिकाहरु पुलिस, सेना, मालपोत र कर तथा भन्सार कार्यालयका घुसियाको पैसाले चल्दै आएका छन । कति त अझै मानव तस्करदेखि सुन तस्करहरुको पैसामा चल्छन । लेख्ने काम बिशुद्द हुँदा हुँदै पनि प्रकाशकहरुको धन्दा नजान्ने कोहि थिएन । कुनै साप्ताहिकको बुटवलको सम्बाददाताबाट शुरु भएको खनालको पत्रकारिता काठमान्डूको एउटा साप्ताहीकको प्रकाशकसम्ममा परिणत भएको थियो, जुनबेला हेम पाठक पनि उही ड्याङ्गका मुला थिए । मुला रोप्दा रोप्दै खनाल र पाठकलाई भाग्यले साथ दिंदै ल्याएको थियो । यहि भाग्यबस खनाल राजा ज्ञानेन्द्रले दिएको पजेरो चढ्न थाले भने पाठक अमेरिका आए । बिद्युत बिभाग बिजुलीबजारको पजेरो चढ्दा चढ्दै खनालको उठबस पूर्ब युबराज पारशसम्म पनि हुन थालेको थियो भने पत्रकारिताको घोडा चढेर नेपाल टेलिभिजन हान्न समेत राजा ज्ञानेन्द्रले खनाललाई पुर्याई बक्सेको थियो । खनाल तल तलको केहि देख्दैनन, जे पनि उनलाई माथि माथिको मात्रै देख्ने जोश र जाँगर चल्छ ।
त्यहि जोश र जाँगरले गर्दा खनाललाई माओबादिहरुले अमेरिका ल्याए । त्यसपछि खनालका दिनचर्या र नेपाल मदर डट कम अहिले प्रचण्ड र बाउरामहरुको दैनिक खेदो खनाईमा व्यस्त हुने गर्छ तर तिनै बाउरामहरुका अमेरिकाका अनन्य मित्रहरु खनालका मेंटर छन । यो दुबिधापूर्ण उनको अबस्था उनकै संधियार अधिकारि र सागर कंडेलहरुलाई राम्रो ज्ञान छ । दधि ढुंगाना र खगेन्द्र अधिकारीहरुलाई जानकारी छ, नेत्र घिसिङ्ग र केशव बरालहरुलाई अपाच्य लाग्छ, बिजय श्रेष्ठ र चन्द्र लामाहरुलाई अस्वीकार्य ठहर्छ तर उनका मेंटरहरुलाई सम्माननिय लाग्छ । अमेरिकाको नेपाली समाज यहि अधोगतिमा चलिरहेको हुँदा खनालहरुको दहि चिउरे प्रबृत्ति चाकडी र चाप्लुसी प्रथामा अडिरहेको हो । मान्छे आफु जस्तो छ उसको हुल पनि त्यस्तै हुनु अस्वाभाविक हैन । खनालको ताल र हेम पाठक वा प्रेम संग्रौलाको तालमा चिम्टी पनि फरक छैन तर वहाँहरु जति ठुला समाजसेवी, भ्रस्टाचार बिरोधि, मानबिय गुण भएका, दुखि गरिबको सेवामा हाजिर अरु कोहि छैनन ।
यस्तै एउटा ठुलो मानवसेवा गर्न, धर्म कमाउन खनालको सल्लाहामा हेम पाठकहरु शेर्पालामाको एएनएमा जिउ ज्यान फालेर ओर्लिएका थिए र शेर्पालामाले पाठकलाई मानवसेवाको मुली बनाएका थिए, जसमा शेर्पा आफैं, संजय थापा, लक्ष्मण प्रधान र शुशिल नेउपाने संलग्न गराईएको थियो तर पाठकलाई जिम्मा लगाएको त्यो काम र उठेको भनिएको ३५ हजार डलरको हिसाब किताब खोज्दै नखोजी शेर्पालामाले बिटुल्याएका खनाललाई एएनए उपाध्यक्ष ढुंगानाको शिफारिशमा गत फेब्रुअरी २ मा चोख्याउने निर्णयका साथ एउटा पत्र थमाईएको थियो ।
खनाललाई घोक्रे ठ्याक
………………………..
खनालको अभिव्यक्तिले अधिकारी दम्पत्ति दुखि मात्र भएनन त्यसले उनीहरुको पारिबारिक पीडा समेत बल्झाएको थियो । श्रीमान अधिकारीले सार्बजनिक व्यक्ति भएको कारण आफुलाई सम्हालेका थिए र धैर्यतापूर्बक खनालका लान्छनाहरु सुनी रहेका थिए तर श्रीमती अधिकारीलाई त्यो सह्य भएन । स्वर्गबासी छोरीको सम्झना र पीडा उनको लागि कम संबेदनशील थिएन । यसैबीच खनालको अभिव्यक्तिले मिटिंगलाई प्रभावित पार्ने भन्दा पनि पारिबारिक स्थितिमा चोट पुर्याएको ठानी मिटिंगकै आयोजक मध्येका नेत्र घिसिङ्ग र दधि ढुंगानाले घोक्रोमा समातेर खनाललाई बाहिर निकाले । खनालको कारण आयोजक मध्येका प्रभावशाली शागर कंडेल उपस्थित भएनन भने डिसी नेपाली समाजका उपस्थित थिएनन । खनालकै क्षेत्र मनाससका दुई सय परिबारका एक जना पनि मिटिंगमा आएका थिएनन । कन्भेनर तथा उपाध्यक्ष ढुंगानाले यस्तो अबस्थामा मिटिंगको दुर्गति गराउने खनालका बिरुद्द एक शब्द बोलेनन । एएनएलाई लुटेराहरुबाट मुक्त गराउन र उनीहरुलाई बोर्डमा पदासिन गराउन बिशेष भूमिका खेल्ने अधिकारी र नेपालको सम्झना ड्यासबाट गर्ने शाहस समेत गरेनन । अधिकारी तथा नेपालको योगदानको चर्चासम्म गरेनन । खाए खा नखाए घिच भनेझै पत्रकार नेपालको लागि एउटा पुरस्कार भर्जिनियामा फ्याकेर कन्भेनर ढुंगाना लस एञ्जलस फर्किएका छन ।
सड्यन्त्र क-कसको?
……………………
४ बर्षसम्म ढुंगानाहरुलाई अन्याय भएकोमा काँध थापेर ४ वटा मुद्दा खेप्ने अधिकारी र नेपालहरुलाई पाखा लगाएर शेर्पालामासंग घुंडा टेक्ने खनालहरुलाई ढुंगानाले चोख्याउनु अघि भर्जिनियामा आयोजित मिटिंगमा सित्तैमा सांस्कृतिक कार्यक्रम गरेर एएनएको लागि फन्ड जम्मा गर्न खनालले लोभ्याएका थिए । जब चोखिने चिठ्ठी पाए त्यो दिनदेखि सांस्कृतिक कार्यक्रमको नाउमा बखेडा झिकेर खनाल तर्किन शुरु गरेका थिए । तर्किदा तर्किदै मिटिंगका बैठक छोडेर भाग्न थालेका थिए । एक दिन त सांस्कृतिक कार्यक्रम नै त्यागेर भाग्न कलाकार खनाल सफल भए कीनकी चोखो चिठ्ठी पाउने अभिलाषा पहिल्यै पुरा भैसकेको थियो ।
मिटिंग अफ द माइन्ड्स तर्जुमा भैसकेपछि दैनिक खनाल र भण्डारीहरु ढुंगानाकहाँ धाउन थाले । उनीहरुको उद्देश्य संग्रौला र डा. कार्कीलाई पनि चोख्याउनु थियो । डा. कार्की एएनए र एनईसिसि लुटमा प्रत्यक्ष संलग्न भएको भिडियो बजार भरि छताछुल्ल भैसके पछि उनलाई कुनै पनि हालतमा चोख्याउन भण्डारी र खनालको दौडधुप ढुंगानाकहाँ बढ्दै बढ्दै गएकाले पनि डा. कार्कीको अनुपस्थितिमा अधिकारी दम्पत्तिको तेजोबध गर्न खनाल बिहानदेखि नै बोल्न पाउनु पर्ने अडान दोहोर्याई रहेका थिए । मिटिंगको बिहानी सत्र अधिकारीले नियन्त्रणमा लिएका थिए भने दिउसोको फोरमको सत्रमा कसैले पनि नचाहदा नचाहदै ढुंगानाले भण्डारी र खनाललाई बोल्न दिएका थिए र अधिकारी पत्नीको पारिबारिक सम्बेदनामा ठेस पुर्याउन खनाल सफल भएका थिए । यो सड्यन्त्रमा अरु कोहि नभएर प्रमुख रुपमा ढुंगाना जिम्मेवार छन । उनि मिटिंगको कन्भेनर हुन । एएनएमा उपाध्यक्ष कन्भेन्सन स्तरको मिटिंगको कन्भेनर हुने चलन छ ।
उपाध्यक्ष ढुंगाना सड्यन्त्रमा सामेल भएको प्रमाण, एक जना महिला जो ४ बर्षदेखि अन्यायको शिकार भएका आफ्ना पतिको सम्मानमा ठेस र सन्तान गुमाएको पीडाबाट बेदनामा डुब्दा डुब्दै पनि एएनएको लागि आर्थिक र पारिबारिक साहस बटुलेर यहाँसम्म ल्याए बापत एएनएमा कुनै नाता नभएको व्यक्तिको लान्छनाबाट पीडित हुँदा कन्भेनर ढुंगानाले सार्बजनिक क्षमायाचना गर्ने काम आजसम्म नगर्नु थियो ।
सार्बजनिक क्षमा
………………..
निर्दोष महिलाको मानबिय समबेदना हरणमा सामेल कन्भेनर ढुंगाना र कलाकार खनालले सार्बजनिक क्षमायाचना नगरी उल्टो मिडियाबाट अधिकारी दम्पत्तिको थप तेजोबध गर्नु भनेको उनीहरु दुबैलाई समाजले बहिस्कार गर्ने स्थिति तयार हुँदै जानु हो । सीधाकुरा चाहन्छ दुबैले यथासक्य सार्बजनिक रुपमै क्षमा प्रार्थी हुनु पर्छ । समाज र व्यक्तिगत रुपमा त्यस्तो गलत काम आफसेआफ क्षम्य हुनै सक्दैन ।
अर्को एएनए कन्भेन्सन
………………………
एएनएले अर्को कन्भेन्सन आगामी जुलाई ३ देखि ५ सम्म लस एञ्जलसमा आयोजना गर्ने निर्णय गरेको छ तर त्यो कसरी आयोजना हुने हो वा कसलाई भजाएर हुने हो त्यो बारे अहिलेदेखि नै चासो व्यक्त हुन थालेको छ । त्यो कन्भेन्सनको कन्भेनर पनि डा. ढुंगाना नै हुनेछन । उनले गरेको पहिलो मिटिंग अफ द माइन्ड्स नै फ्लप खाए पछि अब बृहत स्तरमा गर्न खोज्ने कन्भेन्सन कसरी सफल होला? लस एञ्जलसबासीहरु भन्छन अमेरिकाकै नेपालीहरुको उदाहरणीय मन्दिरको रुपमा बिकास गर्न लागिएको श्री पशुपतिनाथ फाउन्डेसनलाई ७५ प्रतिशत मुनाफा दिने र बाँकी २५ प्रतिशत एएनएलाई राख्ने सर्तमा आयोजना गर्न गैरहेको छ । नाफा भए त मन्दिरमा जाला बोस्टन र भर्जिनियाका कन्भेन्सनहरु जस्तो लाखौँ लाख डलर घाटा घोटाला भयो भने के फाउन्डेसनको फेरी ब्याङ्कर्प्सी फाइल गर्ने? यो एउटा गम्भीर चुनौती भएर देखा परेको छ । मन्दिरमा झन्डै ३ लाख जति बोलकबोल गरेर तिर्न नसकिरहेका दाताहरुले एएनए कन्भेन्सनलाई दान दिएर के आगामी नोभेम्बरमा फाउन्डेसन स्थानीय बैंकलाई बुझाउने? यो प्रश्न टड्कारो रुपमा रहेको छ ।