रास्ट्रपतीय सम्मानका बारे उब्जिएको ताजा प्रश्न र प्रतिक्रिया

1450884_177798625750233_1736660289_n

रास्ट्रपति बराक ओबामाले सिकागोका नेपाली ब्यबसायी तथा समाजसेवी बाला घिमिरेलाई दिईएको भनिएको रास्ट्रपतिय सम्मान अहिले बिबादको घेरामा तानिएको छ । सिकागो कै अर्का नेपाली ब्यबसायी रमाकान्त खरेलले एनआरएन अमेरिकाको फेसबुक लिंकमा हिजो सम्प्रेषण गरेको एउटा जानकारी अनुसार उक्त सम्मान शर्मनाक हो । खरेलले भनेका छन -एनआरएन एनसीसी अफ युएसएको आसन्न निर्बाचनका एक जना उम्मेदवारले प्राप्त गरेको ओबामा अवार्ड गलत सुचनामा आधारित छ ।

खरेलले ओबामा अवार्ड बारे एउटा लिंक www.presidentialserviceawards.gov उदृत गर्दै सहि सुचनाको जानकारी गराएका छन । कुनै पनि ५ देखि १४ बर्ष उमेरको बालक वा बालिकाले बर्षको ५० भन्दा बढी घण्टा र १८ बर्ष भन्दा माथिको बयस्कले १ सय घण्टा भन्दा बढी काम गरेको आधारमा उक्त लिंकमा खाता खोलेर निबेदन गरे पछि उ त्यो सम्मानको लागि योग्य हुन्छ । खरेलले भनेका छन – उनी आफु लगाएत धेरैले हजारौ घण्टा भन्दा बढी काम गरेर यो पुरस्कारको लागि योग्य भए पनि कहिल्यै उक्त सम्मानको लागि निबेदन नगरेको बताएका छन । खरेल जोड दिंदै भन्छन यदि हामीले पनि निबेदन दिने हो भने यो पुरस्कार पाउन सक्छौ ।

सिकागोका नेपाली ब्यबसायी घिमिरेले आफु मात्र उक्त रास्ट्रपतिय सम्मान पाउने व्यक्ति भनेर नेपाली मिडियाहरुमा भन्दै हिंडेको कुरा अर्का ब्यबसायी खरेलले गलत हो भनेका छन । खरेलका अनुसार यो रास्ट्रपतिय सम्मान पाउनेमा डा. लिला कार्की र अर्जुन मैनाली समेत रहेको फेसबुक सम्प्रेषणमा उल्लेख गरेका छन । यो पुरस्कार पाउन लाखौ नेपालीहरु योग्य रहेको तर उनीहरुले निबेदन नगरेको खरेलले खुलाएका छन ।

ब्यबसायी तथा समाजसेवी खरेलले सबैलाई आग्रह गर्दै भनेका छन उपयुक्त माध्यमबाट सम्मान पाउने तथ्य बुझी दिनु होला । उनले जोड तोडका साथ भनेका छन -सम्मानको सहि र तथ्य आधार बुझ्ने अधिकार नेपाली समुदायले राख्दछ । ब्यबसायी खरेलले अझ बढी जोड दिंदै भनेका छन यदि एनआरएन एनसीसी अफ युएसए रास्ट्रिय निर्बाचन आयोगले चाहान्छ भने निर्बाचनको मैदानमा आफु मात्र यो सम्मान पाउने जस्तो गलत सुचना बाँडेर प्रचार गरिरहेका घिमिरेको उम्मेद्वारी रद्द हुन्छ ।

ब्यबसायी तथा समाजसेवी खरेलले अर्को पनि जानकारी दिंदै भनेका छन -अर्का एक जना नेपाली मित्र सुमन तिम्सिनाले यस्तो रास्ट्रपतिय सम्मान ६ वटा पाएका छन तर आफुले पुरस्कारको डम्फु बजाउदै कहिल्यै नहिडेको तिम्सिनाले उनलाई बताएको खरेलले उल्लेख गरेका छन । खरेलले भनेका छन – सम्मानका खाँटी भोकाहरुले प्राप्त गरेका यस्ता सम्मान शर्मनाक कुरा हो ।

एनआरएन एनसीसी अफ युएसएको आसन्न निर्बाचनमा सिकागोका ब्यबसायी तथा समाजसेवी बाला घिमिरे आइसीसी प्रतिनिधि र खरेल जनसम्पर्क अधिकारी तथा प्रबक्ता पदमा प्रतिस्पर्धी छन । खरेलको एनआरएन अमेरिकाको फेसबुक लिंकमा सम्प्रेषण बाहिर आए लगत्तै अध्यक्षका प्रतिस्पर्धी शिबकुमार राईले घुमाउरो पारामा रास्ट्रिय निर्बाचन आयोगको आचार संहितातिर मानिसहरुको ध्यानाकर्षण गराएका थिए भने व्हाइट हिमाल टेलिभिजनको एउटा सम्प्रेषणमा निर्बाचन प्रमुख बिनोद रोकाले अहिलेसम्म कसैले पनि निर्बाचन आचार संहिता उल्लङ्घनको घटना नघटाएको र उजुरी नहालेको बताएका थिए ।

आइसीसी प्रतिनिधिका उम्मेदवार घिमिरेको उम्मेद्वारीको प्रचार गलत सुचनाको आधारमा भएको र निर्बाचन आचार संहिता आकर्षित गरेको जस्तो तपाइँको सम्प्रेषणले बताएको हुँदा के तपाइँ रास्ट्रिय निर्बाचन आयोगमा उजुरी हाल्नु हुन्छ त भनेर खरेललाई सोद्धा यो उजुर बाजुर भन्दा पनि नेपालीहरुको जानकारीको लागि आफुले सम्प्रेषण गरेको बताए ।

आइसीसी प्रतिनिधिका उम्मेदवार घिमिरेलाई रास्ट्रपतिय सम्मानको बारेमा तथ्य बुझ्न अहिले बिहान फोन सम्पर्क गरियो र कुराकानी भयो । घिमिरेले यो बारेमा स्पस्ट पार्दै भनेका छन -यो सम्मान बारेको कसैको टिप्पणी निराधार हो, कपोलकल्पित हो, खरेलको सम्प्रेषण सत्य होइन । निर्बाचन आचार संहिता मैले कहिँ कतै उल्लङ्घन नगरेकाले मेरो बिरुद्दमा त्यो आकर्षित हुँदैन, यदि कसैले रास्ट्रिय निर्बाचन आयोगमा उजुरी गरोस, त्यसपछि मुकाबला गरौला, आइसीसी प्रतिनिधिका उम्मेदवार घिमिरेले त्यसो भन्दै प्रतिक्रिया जनाए ।

यसमा तपाईको मत