अधिकारीद्वारा बिज्ञप्ति जारी: एएनए निर्बाचन नयाँ ट्रस्टीबाट हुने पक्का

Roger

 

एसोसिएसन अफ नेपलिज इन अमेरिकाज(एएनए) को सन २०११ को निर्बाचनको नतिजा अपहरण गरी तत्कालिन अध्यक्ष साइमन ढुंगानाले २००९ को बाइलज बिपरित छेवांग शेर्पालामालाई अन्तरिम अध्यक्षता गर्न मनोमानी ढंगले दिंदा ढुंगाना अहिले नेपालमा भागेर गई बस्नु परेको छ । ६ महिना भित्र निर्बाचन गराउन अदालतका ट्रस्टी अनुज सुदसंग गरेको सम्झौता बिपरित ३ बर्षसम्म शेर्पालामाले निर्बाचन गर्न नसकेपछि मिडियाको कठोर आलोचनाका बीच शेर्पालामाको भूमिगत बसाई भएको १ बर्ष पुरा हुनै लागेको अबस्थामा यहि मे २२ मा द सर्किट कोर्ट फर प्रिन्स जर्ज काउन्टी मेरिल्याण्डले एएनएको निर्बाचन गर्न कानून ब्यबसायी ड्यानियल ए. ल्याप्ल्याकालाई नियुक्त गरेपछि शेर्पालामाको नियुक्ति पत्रका आधारमा निर्बाचन प्रमुख भएका एनआरएन आइसीसीका सदस्य राजेन्द्र सिवाकोटी र शेर्पालामा कै नियुक्तिका भरमा एएनए ३२ औ सम्मेलन आयोजक सम्मेलन प्रमुख बनाइएका हेमन्त श्रेष्ठको अधिपत्य पनि समाप्त भएको छ ।

सन २०११ को निर्बाचनबाट उपाद्यक्ष पदमा निर्बाचित रजर अधिकारीले शेर्पालामाको हुकुमी शासन र स्वघोषित श्रीपेचको बिरुद्द लडेर आउदै गर्दा अहिले झन्डै ३ बर्ष पछि अदालतले शेर्पालामालाई ज्ञानेद्र महाराजको झैँ सडकमा पुर्याईदिएको छ भने उनका सेनामेनाको बिचल्ली बनाइदिएको छ । अर्काको संस्था लुटेर खान पल्केकाहरुको अब यो निर्णयले घर र काम मात्र गर्ने दिन ल्याईदिएको एएनए श्रोत बताउछ ।

यसैबीच आज दिउसो तत्कालिन उपाध्यक्ष रजर अधिकारीले एक प्रेस बिज्ञप्ति प्रकाशित गर्दै आगामी एएनए निर्बाचन सम्बन्धि तथ्य सुचना जानकारी गराउने र सिवाकोटीको निर्बाचन समितिको नाउमा बिभिन्न नेपाली न्युज पोर्टलहरुमा भैरहेका गलत समाचारहरुलाई चिर्न प्रयास गरेका छन । शेर्पालामाका अन्तरिम महासचिब विजय थापाको इनेपलिज लगाएत बिआरटी नेपाल, डिसी नेपाल, युएसनेपाल अनलाइन र जनपुकार डट कममा अनधिकृत रुपमा प्रचार गरिएको एएनए सम्मेलन र निर्बाचनको सुचनालाई अधिकारीको बिज्ञप्तिले आजदेखि धोती लगाई दिएको छ ।

अधिकारीले आफ्नो प्रेस बक्तब्यमा भनेकाछन -यहि मे २२ मा कोर्टका न्यायाधिस सी. फिलिप निकोल्सले कानून ब्यबसायी ल्याप्ल्याकालाई एएनएको सन २००९ को बाइलजका आधारमा आगामी निर्बाचन गर्न र त्यसको सुपरिवेक्षण गर्न तोकेका छन, जुन कुरा सिधा कुराले अस्ति बेलुका नै सम्प्रेषण गरीसकेको थियो । अधिकारीले आफ्नो प्रेस बक्तब्यमा भनेका छन -एएनए ट्रस्टीको नियुक्ति मार्च २८, २०१४ को शेर्पालामा बिरुद्दको अदालतको मानहानी सम्बन्धि मुद्दाको नतिजा हो ।

एएनए श्रोतका अनुसार ट्रस्टीले दुवै पक्षीय कानून ब्यबसायीहरुसंग आज भएको भेट पछि दुवै पक्षका ३-३ जना व्यक्तिहरुलाई अन्तर्वार्ता लिएर अन्त्यमा १-१ जनालाई साथमा लिएर आगामी जुन ३० भित्र एएनए को निर्बाचन सम्पन्न गर्नेछन । श्रोतका अनुसार आज भएको भेटमा ट्रस्टीले सन २००९ को बाइलज अनुसार आजीवन सदस्यहरु २ सय ४५ बाटै निर्बाचनमा मतदान गर्ने ब्यबस्था गर्नेछन, जुन कुरा उक्त बाइलजमा स्पस्ट उल्लेख छ । कुनै कारणबस शेर्पालामाले ३ बर्षमा कोहि आजीवन सदस्य बनाएका रहेछन र त्यसको प्रमाण ट्रस्टी सामु बुझाए भने उनीहरुले पनि मतदान गर्न पाउछन अन्यथा शेर्पालामाको ३ बर्षको भिड भिडमा नै हराउने श्रोतको दाबी छ ।

अधिकारी भन्छन एएनए ट्रस्टी ल्यापल्याकाले एएनए निर्बाचन सम्बन्धि सुचना छिटै जारी गर्छन तर एएनए श्रोत भन्छ यो सुचना जुन २ सम्ममा बाहिर आउने सम्भावना छ । अधिकारीले चेताबनी दिंदै कुनै सुचना एएनए ट्रस्टी बाहेक अरु कसैले बाहिर ल्याए भने त्यो गैरकानूनी हुनेछ र त्यो प्रयास अदालतको मानहानी हुनेछ ।

अदालतले एएनएको निर्बाचनका लागि ट्रस्टी नियुक्ति गरे पछि शेर्पालामाको व्यक्तिगत नियुक्तिका भरमा निर्बाचन गर्न तम्सिएका राजेन्द्र सिवाकोटीले अस्ति सिधा कुरासंग भनेका थिए अदालतको सुचना नपाउन्जेल मै नै निर्बाचन प्रमुख हुँ तर आज अधिकारीको प्रेस बक्तब्य बाहिर आए पछि पनि सिवाकोटी अझै अदालतको आदेश कुरिरहेकै होलान बहिर्गमनका लागि भने ३२ औ सम्मेलन आयोजक प्रमुख हेमन्त श्रेष्ठले के गर्ने हुन? कसैले केहि भन्न सक्दैन ।

मे २२ मै ट्रस्टी नियुक्ति भएको १ हप्तासम्म शेर्पालामाले अदालतको सुचना लुकाएर सिवाकोटी र श्रेष्ठलाई जोकर बनाएको सार्बजनिक भैसक्दा पनि उनीहरुमा अदालतको सुचना माथि पटक्कै बिस्वास नहुनु भनेको शिवाकोटी र श्रेष्ठ शेर्पालामाका साच्चिकै लठैत रहेको कुरा ३ बर्ष एएनएमा खाने, पिउने, रमाउने र उफ्रिनेहरुले कहिले बुझ्ने?

डेढ दर्जन नेपालीहरु बिरुद्द मनोमानी ढंगले हालेको मुद्दा अब एएनएले फिर्ता लिन बाध्य त हुन्छ तर शेर्पालामालाई कसले छोड्छ? उसका बिरुद्द काउन्टर ल सुट हुदैन र? १० लाख डलरको क्षतिपूर्ति सहित हालेका मुद्दामा निर्दोष नेपालीहरुलाई अदालत बाहिर तिराएको बिगो र ग्रेटर बोस्टन नेपाली कम्युनिटीलाई तिराएको अनधिकृत रकमको फिर्ता चाहि कसले गर्छ नि? अनि ३ बर्षदेखि अनधिकृत रुपमा गरेका सम्मेलनहरुको हिसाबकिताब र त्यसको अडिट-रिअडिट नव निर्बाचित एएनए बोर्डले गराउदा शेर्पालामा बिरुद्द आर्थिक अनियमितताको मुद्दा दायर हुन पनि सक्छ, श्रोत भन्छ । त्यो बेला कहिले आउछ? सिधा कुरा पर्खेर बसिरहनेछ ।

 

यसमा तपाईको मत