अमेरिकामा नेपाली डाक्टरहरुको पी. एच. डि. केपी वलीकै जस्तो

JeetShambhu

कम्तिमा नढाँटिकन नेकपा एमालेका अध्यक्ष तथा नेता केपी वलीले आफ्नो योग्यता अनररी पी. एच. डि उल्लेख गरेर पी. एच. डि. वालाहरुको भन्दा बढी गरेका छन, उनले हदै पढेका भए आइ. ए. पास गरेका होलान तर विश्वभरिका पी. एच. डि. गरेका नेपालीहरुलाई जोताएर अनररी पी. एच. डि. को भरपुर उपयोग गरेका छन ।
11149071_10152711303757001_57527246_n
केपी वलीको जस्तै अनररी पी. एच. डि. गर्ने डा. बिष्णु माया परियारको अमेरिकामा अनररी पी. एच. डि. ले के गरी रहेको छ? कसरी थाहा पाउने? अमेरिकाको नेपाली समाजले कहाँनेर यो पी. एच. डि. बाट लाभ हासिल गर्न पाएको छ? जान्न पाए पनि त हुन्थ्यो ।

त्यसैगरी अर्का द्वय बास्तबिक पी. एच. डि. हरु डा. शम्भु ढुंगाना र डा. जीत जोशीहरुको पी. एच. डि. ले अमेरिकाको नेपाली समाजलाई र वहाँहरुकै व्यक्तिगत जीबनमा के लाभ आर्जन गराईरहेको होला? यो भने उत्सुकताको बिषय छ । आफु बसेको समाज लस एञ्जलसमा द्वय डाक्टरहरुको पी. एच. डि. ले कहाँनेर लाभ पुर्याईरहेको होला? त्यसको ठोस परिणाम अनुभूति गर्न पाउने हो भने समाजमा पी. एच. डि. को भाउ र चर्चा निकै बढ्थ्यो होला । होइन भने, डा. केपी वली र डा. बिष्णुमाया परियारको अनररी पी. एच. डि. भन्दा कति फरक हो? भन्न अमेरिकाको नेपाली समाजलाई संधै चासो बढाई रहन्छ ।

पूर्ब र बर्तमान अध्यक्ष द्वय पी. एच. डि. हरुको त्यो डा. पद ब्ल्याक टाई नाउको जाँडको सार्बजनिक बिज्ञापन कार्यक्रम बर्षको एक पटक आयोजना गर्ने फ्रेन्ड्स अफ नेपालमा बाहेक वहाँहरुको पी. एच. डि. ले नेपाली समाजले खोजेको समाजसेवा नपाएको देखिन्छ । त्यहि फ्रेन्ड्स अफ नेपाल पनि सस्पेन्ड भएको अबस्थामा छ । एफ टि बि सस्पेन्ड ।
11093402_10152711303767001_389897106_n
अर्का पी. एच. डि पनि छन -उनि हुन -डा. श्याम कार्की । यी सबै प्रमाणपत्रधारी पी. एच. डि. हरुको पी. एच. डि ठुलो की डा. केपी वलीको? यो प्रश्न पनि कम वजनदार छैन । जाँडको ब्यापार बढाउने हनुमानजीको धन्दा भन्दा बढी केहि नहुने नगर्ने हो भने पी. एच. डि. को काम के होला?

अन्य पी. एच. डि त जतासुकै काममा अलि अलि भए पनि लागेकै होलान तर फिलिपिन्सको पी. एच. डि. चाहि कतै काममा लागेको नदेखेको दशकौं भैसकेको छ ।

Please Click on this link and SUBSCRIBE TO “Radio Sidha Kura”.

Thank You.

यसमा तपाईको मत