चालु निर्बाचन स्थगित तथा गत बर्षको निर्बाचनको छानबिनका लागि अनुरोध

dr.-kc

अप्रिल १६, २०१५

श्री शेष घलेज्यु, अध्यक्ष
श्री भवन भट्टज्यु, उपाध्यक्ष
श्री टि. बि. कार्कीज्यु, उपाध्यक्ष
श्री कुमार पन्तज्यु, महासचिब
श्रीमती रन्जु वाग्ले थापाज्यु, सचिब
डा. बद्रि केसीज्यु, कोषाध्यक्ष,
श्री मन केसीज्यु, प्रबक्ता लगायत सदस्यज्युहरु
श्री नवराज गुरुङज्यु, अमेरिकाज क्षेत्रीय संयोजक
श्री सोनाम लामाज्यु, अमेरिकाज क्षेत्रीय उपसंयोजक
श्री राम प्रताप थापाज्यु, प्रमुख संरक्षक तथा अन्य संरक्षकज्युहरु
श्री लोकभक्त राणाज्यु, डा. कुलचन्द्र गौतमज्यु, डा. हेमराज शर्माज्यु, डा. कुञ्जरमणि शर्माज्यु, डा. मणिराज पोखरेलज्यु, बरिस्ठ अधिबक्ता श्री बिस्वकान्त मैनालीज्यु लगायत सल्लाहाकारज्युहरु
मार्फत
गैर आबासीय नेपाली संघ
अन्तरास्ट्रिय समन्वय परिषदको सचिबालय
काठमान्डू, नेपाल

बिषय: एनआरएन एनसीसी अफ युएसएको चालु निर्बाचन स्थगित गर्न तथा गत बर्षको निर्बाचनको छानबिनका लागि सादर अनुरोध

अध्यक्षज्यु तथा पदाधिकारी महोदय,

एनआरएन एनसीसी अफ युएसएको जुन ४ देखि ९ सम्म तोकिएको निर्बाचनकै अबधिभित्र उम्मेदवारहरुलाई कुनै जानकारी नदिई जुन ९ देखि १२, २०१४ सम्म मतदान गर्ने अबधि थप गरेर रास्ट्रिय निर्बाचन आयोगले निस्पक्ष र धाँदली रहित निर्बाचन सम्पन्न नगरेको बिभिन्न श्रोतबाट अध्यक्ष लगायत सबै पदाधिकारी तथा सदस्यहरुले जानकारी पाउनु भएकै होला । उक्त निर्बाचन अघि निर्बाचनका केहि उम्मेदवारहरु, रास्ट्रिय निर्बाचन आयोग र सदस्यता प्रमाणीकरण समिति लगायतले निस्पक्ष भूमिका निर्बाहा नगरेको पनि बिभिन्न श्रोतहरुबाट यहाँहरुले जानकारी प्राप्त गर्नु भएकै होला भन्ने हाम्रो अपेक्षा छ ।
एनआरएन एनसीसी अफ युएसएको हालको केन्द्रिय कार्यालय भनिएको न्युयोर्क राज्यमा रहेका बिभिन्न उम्मेदवारहरु, मेरिल्याण्ड राज्यका केहि उम्मेदवारहरु र क्यालिफोर्निया राज्यका केहि उम्मेदवारहरुकै मिलेमतोमा निर्बाचनमा धाँदलीजन्य गतिबिधि हुँदा रास्ट्रिय निर्बाचन आयोगले तटस्थ भूमिका खेल्न असमर्थ रहेको पनि यहाँहरुले जानकारी पाउनु भएकै होला । सन २०१४ को एनआरएन एनसीसी अफ युएसएको निर्बाचनमा देहायका धाँदलीजन्य गतिबिधि भएको जानकारीका लागि अनुरोध गर्दछौं:

१) उम्मेदवारहरुलाई जानकारी नदिई अनलाइन र मेल इन ब्यालट भोटिंगको अबधि (जुन ९ देखि १२, २०१४) बढाईको

२) निर्बाचनकै अबधि भित्र निर्बाचन तालिका बिपरित मेरिल्याण्ड र न्युयोर्कमा भोटिंग बुथ स्थापना गरिएको र बुथबाट प्राप्त भोट व्यक्तिगत रुपमा मतदाताले रास्ट्रिय निर्बाचन आयोगको कार्यालयमा नपठाई एउटा खाममा सबै भोटहरु हालेर मत गणना गर्ने ठाउमा ल्याईएको र गणना गरेर देखाईको

३) रास्ट्रिय निर्बाचन आयोगको स्वीकृति बिना १२ जना व्यक्तिहरुले ”भोटिंग एजुकेसनल एसिस्टेन्टस फर एनआरएन एनसीसी अफ युएसए इलेक्सन” नामक अबैध सेन्टर खोलेर मतदान गराईएको र त्यसको अनुगमन गर्ने काम रास्ट्रिय निर्बाचन आयोगले नगरेको, जसले गर्दा चुनाव धाँदली रहित हुन नसकेको

४) निर्बाचनका उम्मेदवारहरु अधिकांशले आयोगद्वारा बढाईएको मतदानको इमेल र फोनको माध्यमबाट बिरोध जनाउँदा रास्ट्रिय निर्बाचन आयोगले सुनुवाई नगरेको

५) मतगणनाकै सिलसिलामा गणनास्थलमा उपस्थित उम्मेदवारहरुलाई मोबाइल फोन राख्न समेत निषेध गरेको तर केहि सिमित व्यक्तिहरुले मोबाइल मार्फत अनधिकृत व्यक्तिहरुलाई टेक्स्ट मेसेज पठाई नतिजा घोषणा गर्नु अघि नै केहि उम्मेदवारहरुले पाएको मतको नतिजा फेसबुक मार्फत प्रचारमा पठाईएको, जसले निर्बाचन आयोगले कुनै उम्मेदवारको पक्षमा निर्बाचन गरेको स्पस्ट हुन्थ्यो

६) क्यालिफोर्निया राज्यका मतदाता बिनोद तिवारीको नाउमा लास भेगसबाट अनलाइन भोटिंग भएको वास्तविकतालाई तत्कालिन महासचिब पदका उम्मेदवार प्रेम प्रसाद गुरागाईंले छानबिन गर्न माग गरेको तर उक्त अत्यन्त संबेदनशिल कुरालाई छानबिन नगरी रास्ट्रिय निर्बाचन आयोगले उनलाई पुन मतदान गर्न दिएको, त्यसबारेमा बिभिन्न उम्मेदवारहरुले पछि छानबिनको माग गरेकोमा आयोगले सुनुवाई नगरेको

७) सदस्यता प्रमाणीकरण समितिले शुरुमा इमेल नभएका ६ सय ७८ मतदाताहरुलाई अयोग्य घोषणा गरेकोमा तिनै मतदाताहरुको समेत मत दुरुपयोग भएकोमा ब्यापक आबाज उठाउँदा आयोगले सुनुवाई नगरेको

यी र यस्ता धेरै धाँदलीजन्य क्रियाकलापमा आधारित रहेर संचालित गत बर्षको निर्बाचनको मत परिणामलाई बिभिन्न उम्मेदवारहरुले अस्विकार गरे पछि संरक्षक डा. अम्बिका अधिकारीले उम्मेदवारहरुको गुनासो मथ्थर पार्न तत्काल चुनाव निस्पक्ष रहेको समाचार केहि वहाँका पक्षीय मिडियाहरुमा सार्बजनिक गरेर चुनावमा भएको धाँदली ढाकछोप गर्ने दुस्प्रयास भएको साथै संरक्षक डा. अधिकारीले सीधाकुरामा समेत त्यो गलत प्रचार सामाग्री पठाउनु भएको थियो । संरक्षक जस्तो व्यक्तिले सबैलाई समेटेर हैन सम्बन्ध राम्रो रहेका वहाँका समर्थकले चुनाव जितेको खुशी अनुभूति गर्दै गत बर्षको निर्बाचनमा निस्पक्ष भूमिका निर्बाहा नगर्नु भएको अध्यक्ष घलेज्यु लगायत सबैलाई जानकारीका लागि अनुरोध गर्दछौं ।

यत्रो बास्तबिकता एकातिर हुँदा हुँदै र त्यहि रास्ट्रिय निर्बाचन आयोगलाई भजाएर अध्यक्ष जिसीले अहिले जुन ताण्डब नृत्य प्रदर्शन गरिरहनु भएको छ त्यसको जानकारी अध्यक्षज्यु लगायत सबैले अनुभव गर्नु भएकै छ । एनआरएन एनसीसी अफ युएएसएका तमाम सदस्यहरुको गत बर्षकै रास्ट्रिय निर्बाचन आयोगका प्रमुख तथा सदस्यहरु यो बर्षको चुनावको लागि नियुक्त नगर्न बारम्बार अनुरोध गर्दा पनि अध्यक्ष जिसीले वहाँको मुढे बल र संरक्षक डा. अधिकारीको सल्लाहामा सदस्यहरुको अनिक्षा बिपरित कोरम नपुगेको तेश्रो बार्षिक साधारण सभाबाट तिनै प्रमुख र सदस्यहरुलाई रास्ट्रिय निर्बाचन आयोगमा पुन: भित्र्याईएको पनि अध्यक्षज्युलाई जानकारी मै होला, जसको परिणाम अध्यक्षज्युले प्राप्त गर्नु भएकै छ । संघको अन्तरास्ट्रिय परिषदको बिधानको ज्ञान समेत नभएका एनसीसी अध्यक्ष जिसी र निर्बाचन प्रमुख बिनोद रोकाको कारण निर्बाचन तालिका प्रकाशन गरेर, आइसीसी प्रतिनिधि पदका १२ जना उम्मेदवारहरुको उम्मेद्वारी र शुल्क असुलेर अहिले निर्बाचन स्थगित गर्नु भनेको एनआरएन एनसीसी अफ युएसएको बदनामी त हुँदै हो त्यो भन्दा पनि ठुलो संघको अन्तरास्ट्रिय परिषदको मानहानी भएको छ । यो अपुरणीय क्षतिको दोष एनसीसीको बर्तमान बोर्ड र रास्ट्रिय निर्बाचन आयोगलाई जान्छ ।

आज अप्रिल १६ देखि अप्रिल २० सम्म जारी निर्बाचनकै सिलसिलामा आइसीसी प्रतिनिधि पदका उम्मेदवारहरुको निर्बाचन तालिका समेत प्रकाशित गरेर उक्त तालिका अनुसार निर्बाचन सम्पन्न गर्नु पर्नेमा आइसीसीको बिधानलाई अपव्याख्या गरेर गर्न खोजिएको निर्बाचन स्थगित गर्न अमेरिकाज क्षेत्रीय संयोजक नवराज गुरुङले दिएको भनिएको निर्देशन उल्लङ्घन गरी गर्न खोजेको हाल चालु निर्बाचनको पूर्ब सन्ध्यामा हिजो अप्रिल १५, २०१६ को अपरान्ह एनआरएन एनसीसी अफ युएसएकै बर्तमान बोर्डका केहि पदाधिकारी तथा सदस्यहरु, केहि उम्मेदवारहरु र नेपालको एउटा राजनीतिक दलको अमेरिकाको भात्री संगठनका केहि व्यक्तिहरु सम्मिलित एउटा बैठकले प्यानल निर्माण गर्नुका अतिरिक्त चालु निर्बाचनलाई गलत ढंगले प्रभावित गर्ने उद्देस्यले गोप्य ठाउँबाट ल्यापटप, आइप्याड, मतदाताहरुको सुचना (इमेल र फोन सहितको मतदाता सुची) मार्फत आज अप्रिल १६ दिउँसो १ बजेदेखि शुरु भएको निर्बाचनलाई दुरुपयोग गरिरहेको जानकारी गराउन चाहन्छौं:

उक्त गोप्य ठाउँबाट गोप्य ढंगले मतदानमा धाँदली गर्ने योजना सहितको अडियो रेकर्ड सीधाकुरालाई प्राप्त भएको हुँदा अध्यक्षज्युको जानकारीका लागि संलग्न गरी पठाएका छौं ।

यो गोप्य ढंगले गोप्य ठाउँबाट गरिएको बैठकमा एनआरएन एनसीसी अफ युएसका एक जना बहालवाला पदाधिकारी र हाल चालु निर्बाचनका केहि उम्मेदवारहरु समेतको स्वर सुन्न सक्नु हुनेछ । यो सुनेर र आबस्यक जांच बुझ गरी रास्ट्रिय निर्बाचन आयोगले गरिरहेको निर्बाचन स्थगित गरी अर्कै व्यक्ति रास्ट्रिय निर्बाचन आयोग प्रमुख तोकी निस्पक्ष निर्बाचनको प्रक्रिया पुन: थालनी गर्ने बारे एनआरएन एनसीसी अफ युएसएलाई निर्देशन दिन अध्यक्ष घलेज्युलाई हार्दिक अनुरोध गर्दछौं ।

एनआरएन एनसीसी अफ युएसए बर्तमान बोर्डकै पदाधिकारी तथा सदस्य सम्मिलित त्यो गोप्य बैठक र गोप्य धन्दा मार्फत संचालित मतदानले निस्पक्षता ग्रहण हुन नसक्ने र सामाजिक तथा नाफा रहित अमेरिकाको ५०१ सी अन्तर्गतको स्वतन्त्र व्यक्ति निर्बाचित हुन नसक्ने भएकोले तत्काल यो निर्बाचन स्थगित बारे निर्णय लिन र आगामी दिनमा आइसीसी प्रतिनिधिहरुको निर्बाचनसंग संगै एनसीसी पदाधिकारी तथा सदस्यहरुको निर्बाचन आयोजना गर्ने निर्देशन एनआरएन एनसीसी अफ युएसएलाई पठाउन हार्दिक अनुरोध गर्दछौं ।

यो निबेदन संघको सचिबालय काठमान्डू र एनआरएन एनसीसी अफ युएसए र रास्ट्रिय निर्बाचन आयोगको कार्यालय न्युयोर्क, अमेरिकाज क्षेत्रीय संयोजक र उपसंयोजकको कार्यार्थ तथा बोधार्थका लागि इमेल मार्फत पठाईएको जानकारीका लागि अनुरोध गर्दछौं । साथै आइसीसी र एनसिसिका अन्य सम्पूर्ण सदस्यहरुको जानकारीको लागि सामाजिक संजालहरु मार्फत एउटा स्वतन्त्र र निर्भिक संचार माध्यमको हैसिएतले सार्बजनिक गरिने व्यहोरा जानकारी गराउन चाहन्छौं ।

भवदीय,
सीधाकुरा समूह
फोन: ६१७ ४१० ६१३१
इमेल: nrnpress2015@gmail.com

यसमा तपाईको मत