मृत्युबरण मन पराउनेहरुमा आग्रह

Anmol

मृत्युबरण मन पराउने (लाइक) गर्ने होइन भनेर फेसबुकका तमाम मित्रहरुमा बिनम्र आग्रह छ, कमेन्ट गर्नुस, सकारात्मक/नकारात्मक समालोचना/आलोचना गर्नुहोस, शुरुआत यहीं बाट गरौँ, अत्यन्त पीडादायक मृत्युबरण गर्दै यी बालक अनमोल खरेल यो संसारबाट बिदा भए, यो शोकको घडी हो, मित्र अमृत खरेलजी र परिवार यो घडीमा शोकमग्न हुनुहुन्छ, वहाहरुको यो दुखद घडीमा सान्त्वना, सद्भाव र प्रेरणा प्रदान गरौँ, मृतक बालकको चिर शान्तिको कामना गरौँ,

मृत्यु सास्वत सत्य हो तर जन्मेपछि ७०-८० बर्ष बाच्न नै नदिई अल्पायु मै यस्तो दुखद घटना समाचार बन्न आइ पुग्नु हाम्रै दुर्भाग्य हो, सोचौं यो दुखद समाचार हाम्रै घर परिवार भित्रको हो, यस्तो घटनालाई मन पराउन पक्कै सकिन्न, अबुझ नबनौं, केहि समय अघि न्युयोर्क निबासी संजय थापाले समेत दुर्घटना/मृत्युबरण आदिमा लाइक नगर्न सुझाएका थिए तर हामीले अटेर गर्यौं, अबदेखि त्यसो नगरौं

यसमा तपाईको मत