लोकप्रिय व्यक्ति लोक तिवारी

lok
सिधाकुराको बाङ्गिएको निवलाई सिधा बनाए लोक तिवारीले । बास्तबमै तिवारिसंग लोकप्रिय हुने खुबी रहेछ । केहि क्षण अघि उनीसंग छोटो कुराकानी भयो र उनले धेरै जानकारीमूलक सुचनाहरु सिधा कुरालाई दिएका छन । उनीसंगको कुराकानीमा पाइएको सबैभन्दा ठुलो कुरा हो ”धैर्यता” । एनआरएन एनसीसी अफ युएसएको चुनावका उनी अहिले चर्चित व्यक्ति पनि हुन, जसले जताबाट कुरा सुरु गरे पनि तिवारीको नाउ जोडिएरै आउछ भलै चुनावमा भयङ्कर नाउ चलेका अन्य उम्मेदवारहरु किन नहुन । अगाडिबाट, पछाडिबाट, तलबाट र माथिबाट, जहाँबाट कुरा शुरु गरे पनि तिवारी चर्चाको शिखरमा छन ।

हुँदा हुँदा एनआरएनए आइसीसीका एक जना पदाधिकारीसंग केहि दिन अघि टेलिफोनमा कुरा हुँदा उनको मुखबाट समेत तिवारीको चुनावी स्थितिबारे सोधनी भएको थियो । तिवारी यतिखेर अर्का चर्चित व्यक्ति खगेन्द्र जिसीको साथ भएकाले पनि धेरैको उनी नजरमा छन । उनी भन्छन -१० बर्षदेखि एनआरएन मामलामा निरन्तर छु, कतिले चिनेका होलान कतिले चिनेका नहोलान तर यो पटक धेरैले चिन्ने अवसर पाउने भएका छन भने उनले पनि धेरै नेपालीहरुलाई चिन्ने बताएका छन ।

खासमा तिवारी रेस्टुरेन्ट ब्यबसायी हुन । ब्यबसायबाट बचेको समय देशकै सेवामा समर्पित गरिरहेको छु -तिवारी भन्छन । उनका भनाईहरु बडो रोचक लाग्छ । बिदेशीयका प्रबासी भन्नुस, गैर आबासिय भन्नुस वा बिदेशी नेपाली भन्नुस हामीले नेपालको धेरै माया गरि आएका छौ, नेपालको प्रजातान्त्रिक आन्दोलनको ज्वारभाटा ल्याउने हामी नै हौ, २००७ को प्रजातन्त्र, २०१७ को ”कु” बिरोधि आन्दोलन, २०३६ र २०४६ को आन्दोलन वा २०६२/६३ को आन्दोलन भन्नुस वा गणतन्त्रसम्मका सबै परिबर्तनका बाहक प्रबासीहरु नै भएकाले हाम्रो माया र सेवा देशका लागि कदापि कमी नहुने तिवारीको तर्क छ । उनी भन्छन हामीले सबैका सबै परिबर्तन ल्याउन सक्यौ तर जंगबाहादुरको मुलुकी ऐन भने अहिलेसम्म परिबर्तन गर्न सकेनौ । उनी भन्छन – नेपालले हामीलाई प्रबासी वा गैर आबासिय नभनी दिए हुन्थ्यो, हामीलाई भोटिंग राइट नै चाहिन्छ भन्ने पनि केहि थिएन, मात्र यिनीहरु नेपाली नै हुन भनि दिए हामीलाई काफी हुन्थ्यो ।

आलोचना र समालोचना सबै धैर्यतापूर्बक सुन्न सक्ने क्षमता उनीसंग रहेछ । अहिले सिधाकुराले बारम्बार उनका बारे तिखा टिप्पणी गरेकामा पनि उनले दुखेसो पोखेनन । जसले जे देख्छ उसले त्यो लेख्छ भने मैले मेरो बिरोधि भन्नु पर्दैन, उनको भनाई थियो । तिवारीले भनेका छन हामी सबैले आ-आफ्नै तरिकाले समाजको सेवा गरिरहेका छौ, म ब्यापारी हुँ, तपाई पत्रकार हुनुहुन्छ, कोहि कानून ब्यबसायी त कोहि राजनीतिज्ञ वा कोहि डाक्टर त कोहि नर्स, हामी सबैलाई एक सांगलोमा बाध्ने काम एनआरएन अमेरिकाले गर्दैछ त्यो महत्वपूर्ण कुरा हो -तिवारीले भनेका छन । हामी २-३ लाख नेपालीहरुको बीच एनआरएन अमेरिका छ, जहाँ हामी ४ हजार जति अहिले छौ, चुनाव हारे पनि वा जिते पनि हामीले हाम्रा धेरै मित्रहरुको बीचमा यसलाई पुर्याउन सक्नु पर्छ त्यो कुरामा अहिलेदेखि सबैले लाग्ने प्रण गरौ -तिवारी भन्छन ।

अमेरिकाको नेपाली समाज समुन्नत बनाउने जिम्मा हाम्रै भएकाले अब समाज बिरोधि गतिबिधितिर भन्दा सबैको भलो हुने काममा हाम्रो ध्यान जानु पर्छ । समाजमा झैँ झगडा, मुद्दा मामिलालाई स्थान दिन नहुने उनको भनाई छ ।

एनआरएन एनसिसी युएसएको चुनावमा बरिस्ठ उपाध्यक्ष पदमा तीन जना प्रतिस्पर्धी भए पनि आफुलाई मतदाताहरुको ठुलो हिस्साले चिन्ने हुनाले आफु ढुक्क रहेको उनले बताएका छन । चुनाव भनेकै हल्ला खल्ला बीच सम्पन्न हुने हुनाले सिधा कुराले हल्लाखल्ला मच्चाएर आफ्नो प्रचार धेरै गरेको भन्दै खुसि व्यक्त गरेका छन । चुनाव भनेकै हार जित भएकाले जित वा हार आफ्नो लागि सामान्य कुरा भएको समेत तिवारीले स्पस्ट पारेका छन ।

सिधा कुराको ठहर छ – धैर्य र सहनशिल व्यक्ति लोक तिवारी साच्चिकै लोकप्रिय रहेछन ।

 — 

यसमा तपाईको मत