मेरो बिजय लोक प्रियताको आधारमा हुन्छ -खगेन्द्र जिसी

GCK

 

१ महिनामा सिधा कुराको तर्फबाट अध्यक्षका प्रत्यासीहरुको लोकप्रियताको बारेमा उम्मेदवार, मतदाता, बिभिन्न नेपाली संघ संस्थाका बिबिध व्यक्तित्वहरुसंगको फोन सम्पर्क गर्ने काम आज सम्पन्न भयो । २ हजार २ सय व्यक्तिहरुसंग गरिएको फोन सम्पर्कमा सबै भन्दा बढी लोकप्रियता अध्यक्षका प्रत्यासी खगेन्द्र जिसीले हात लगाएका छन । यतिका नेपालीहरुमा जिसीलाई नचिन्ने कोहि छैनन । उनको परिचय सबैतिर बाडिएको रहेछ, एउटा प्रमुख कारण उनी अमेरिकामा नेपाली कानून ब्यबसायी भएकैले हो । अमेरिकामा उनको बसाई लामो समयदेखि छ र अमेरिकामा मात्र होइन नेपालमा पनि उनको उठबस बाक्लै हुने कारण उनको पहुँच, प्रतिष्ठा र ज्ञानको भण्डार पनि अन्य प्रतिस्पर्धीको भन्दा राम्रै भएकाले उनी लोकप्रिय रहेका हुन । एउटा पारिबारिक जमघटमा नेपाल गएका बेला ”एक पटकको नेपाली सधैको नेपाली” संग सम्बन्धित अत्यन्त महत्वको एउटा प्रस्ताबमा प्रधानमंत्रीदेखि मन्त्रालयका सचिबसम्म उनले गैर आबासिय नेपालीको समस्या दर्शाउन पाए, जसलाई नेपाल सरकारले आगामी जुलाई १ भित्र ”डेड लाइन मिट” गर्ने बचन दिएको कुरा उनले आज बिहान सिधाकुरालाई बताए । चुनाव प्रचार प्रसारको अन्तिम घडीमा एनआरएन एनसीसी अफ युएसएको आसन्न निर्बाचनको एक जना अध्यक्षको प्रत्यासीका हैसिएतमा जिसिसंग केहि बेर कुराकानी भयो, त्यहि कुराकानीको सार संक्षेप:

सिधाकुरा: पारिबारिक भ्रमणमा नेपाल जानु हुँदा एएनआरएन सम्बन्धि केहि कुराकानी कसैसंग गर्ने अवसर मिल्यो की?
जिसी: एकदम राम्रो प्रश्न उठाउनु भयो । नेपाल भ्रमणका बेला अमेरिकामा बस्ने नेपालीहरुका दुई वटा सन्धिहरुको बारेमा नेपाल सरकारसंग बिशेस कुरा उठाउने अवसर पाएँ । एउटा हो अमेरिकामा बस्ने नेपाली हरुले तिर्नु पर्ने दोहोरो कर सम्बन्धि सम्झौता र अर्को नेपाली बिध्यार्थीहरुले तिर्नु पर्ने कर (फटका) का बारेमा प्रधानमंत्री लगायत मन्त्रि र सचिबहरुलाई तत्काल सम्झौता सम्बन्धि अग्रसरता लिन आग्रह गरें ।

सिधाकुरा; कति महत्वबान सम्झौताहरु हुन तिनीहरु?
जिसी: यी दुई सम्झौताहरु अत्यन्त महत्वका छन । नेपालमा भएको चल अचल सम्पत्तिको कर अमेरिकामा पनि तिर्नु पर्ने एकातिर छ भने अमेरिकामा त नतिर्ने कुरै भएन । यस्तो दोहोरो कर प्रणालीको अन्त्य गर्न दोहोरो कर सम्झौता जति सक्यो त्यति छिटो गर्न जरुरी छ । नेपाली बिद्यार्थीहरु पनि त्यस्तै मारमा परिरहेका छन । यो दुवै मारलाई हटाउन तत्काल पहलको आबस्यकता छ भन्ने सम्झेर मैले प्रधानमन्त्री, मंत्री र सचिबहरुसंग स्पस्ट कुरा राखेको छु ।

सिधाकुरा: भनेपछि एनआरएनको चुनावको नतिजा आईसके पछि यो दुई देशबीचको सम्झौता गराउने जिम्मा तपाइलाइ नै दिंदा कसो होला?
जिसी: चुनावमा अधिकाम्स मतदाताहरुको पपुलर भोटले जितिने हुँदा तिनै मतदाता लगाएत सबैको जटिल समस्याको निदानमा निर्धक्कसंग सघाउछु र यदि कारणबस चुनाव नजिते पनि सारा नेपालीहरुको यो जल्दो बल्दो समस्या समाधानमा मेरो बिशेस पहल र अमेरिका-नेपाल सम्झौतामा पुरा सहयोग हुन्छ ।

सिधाकुरा: अलिकति भोटिंग सिस्टमको बारेमा तपाइसंग कुरा राख्नु छ । रास्ट्रिय निर्बाचन आयोगले गर्ने चुनावको बर्तमान पद्दतिमा तपाइँ सन्तुस्ट हुनुहुन्छ?
जिसी: सबै कुरा मलाई थाहा छैन, यो कुरामा सार्बजनिक चासो जति हुनु पर्ने हो त्यति नभएको मैले पाएको छु, यो उम्मेदवारहरुको मात्र जिम्मा होइन । मतदाताहरुले पनि सजग भई निर्बाचन आयोगका गतिबिधिमा चासो राख्नु पर्छ र कुनै शंकास्पद गतिबिधि लागे दबाब सिर्जना गर्नु पर्छ ।

सिधाकुरा; त्यसको मतलब केहि खिचडी पाकी रहेको छ की?
जिसी: निर्बाचन आयोगले एउटा स्वतन्त्र कम्पनीलाई भोटिंगको जिम्मा दिएको रहेछ तर कैयन मतदाताहरु तथा उम्मेदवारहरुले उक्त कम्पनीका गतिबिधि पारदर्शी नभएको र पत्राचारमै कमि कमजोरी पाएको मलाई गुनासो गरेका हुनाले खै के भनुं तर खिचडी पाकी रहेको धेरै साथिहरुले शंका गरेका रहेछन ।

सिधाकुरा: के के बिशेसमा आम मतदाताहरुलाई शंका लागिरहेको रहेछ त?
जिसी: बिशेषगरी मेलिङ्ग ब्यालटको अनुगमन र गन्ती गर्ने कुरामा उम्मेदवारहरुको प्रतिनिधि वा पर्यबेक्षक हुनुपर्ने गुनासो आफुलाई राखेका छन । त्यसैगरी अनलाइन भोटिंग पनि एउटा व्यक्तिले उसको आफ्नो निजि कम्युटरमा मास युजर नेम र इमेल पासवर्डको जानकारीका भरमा गर्यो भने फेयर नहुन सक्छ त्यो रोक्ने संयन्त्र निर्बाचन आयोग र भोटिंगको जिम्मा लिने कम्पनीले उम्मेदवार वा उसका प्रतिनिधि वा पर्यबेक्षकको सामु गराउनु पर्ने कुरा आफुसंग धेरै मतदाताले गुनासो राखेका छन ।

सिधाकुरा: यी यस्ता गुनासाहरुलाई सम्बोधन गर्ने गराउने वा पारदर्शी बनाउने सबालमा तपाइँले के गर्न सक्नु हुन्छ त?
जिसी: मैले मात्र होइन हामी सबै उम्मेदवारहरुले निर्बाचन आयोगसंग पारदर्शिता र निस्पक्ष निर्बाचनको ग्यारेन्टी माग गर्नु पर्छ । सिम्प्ली भोटिंग इन्कका गतिबिधि माथि बिस्वास पनि गर्नु पर्छ भने निस्पक्ष र पारदर्शी गराउन दबाब पनि दिनु पर्छ ।

अध्यक्षका प्रतिस्पर्धीहरु मध्ये पृथक ज्ञान, अनुभव र लोक प्रियताका अतिरिक्त बदलिदो परिस्थितिमा अमेरिकाको नेपाली समाजको माग पुरा गराउन सक्ने लोकप्रिय मतदानबाट जित हासिल गर्छु भन्ने दृढता भएका अध्यक्षका प्रत्यासी जिसी बास्तबमै सिधाकुराले लोकप्रिय पाएको छ ।

यसमा तपाईको मत