यसरी समाप्त पार्ने खेल संपन्न

roger

बहुचर्चित ब्यक्ति मेदिनी अधिकारीलाई ए एन ए बोर्ड अफ ट्रस्टीको गैर कानूनी निर्णयका आधारमा उनको ब्यक्तित्व समाप्त पार्ने खेलको प्रक्षेपण भई रहँदा अधिकारी भने डीसी र मेरिल्याण्डका बिभिन्न अदालतबाट मुद्दा हारेर फरार अंतरिम अध्यक्ष छेवांग शेर्पालामाका दलाल मीडियाबाजीमा रमाई रहेका छन ।

आज दिउसोदेखि अमेरिकामा मेदिनी अधिकारीको डंफु बजाउने काम ह्वाइट हिमाल नाउको शेर्पालामाको दलाल मीडियाबाट शुरू भएको छ, जसले अधिकारीको सत्तो सराप मात्र गरेको थिएन, शेर्पालामाको तीन बर्ष एएनए लूटको वकालत गर्दै भूमिगत रुपमा सघाउँदै आएको थियो, अब यस्ता दलालहरु अधिकारीको दायां बायां, तलमाथि, वरिपरि झुम्मिने क्रम बढ़नेछ, बलेको आगो तापने नेपाली धनी संस्कृति भएका कारण त्यसो हुनु अस्वाभाविक पक्कै होइन ।

बिन्ति बिसाऊ गरेर, मागेर, धम्क्याएर, थर्काएर, लुटेर, तस्करी गरेर जीविका चलाई रहेका अमेरिकाका नेपाली मीडियाहरुको हैसियत नजान्ने अमेरिकी नेपाली समाजमा बिरलै होलान भने तिनका दलालहरुको हैसियत नजान्ने कोही पक्कै छैनन । ताई न तुईका ब्यक्ति, जसको नेपाली समाजमा शून्य योगदान छ, लाई हीरो बनाएर ग्रेडिंग गर्ने दलालहरुको हैसियत एनआरएन आईसीसीका अमेरिकाज क्षेत्रीय संयोजक सोनाम लामाले सित्तैमा बाँडेको दाल, भात र मासुले प्रस्ट्याई सकेको हुँदा उनीहरुलाई प्राध्यापक भनिने अधिकारीको अघिपछि लाग्नु ठुलो कुरा भएन, धेरै बताई रहनु पर्दैन तत्कालीन उपाध्यक्ष अधिकारी (२००९-२०११) ले बोस्टन कन्भेन्सनमा बाँडेको छेलो खेलो दारु र बृहस्पति लामाले महंगोमाँ बेचेको तर दलालहरुलाई सित्तैमा खवाएको बासी भातको झझल्को दलालहरुको ओठ-जिब्रोमा आइरहेकै होला, यही नै अधिकारीको अगाडी पछाडि लाग्नु/लगाउनुको मतलब हो, उनीहरुको हैसियत अमेरिकामा प्रस्टिसकेको छ, यो भन्दा बताई रहन परेन ।

नालायकहरुको चक्रब्यूहमा अधिकारी

bot

तीन बर्षको दुखद र महंगो कानूनी लड़ाई पछि पुनस्थापित एएनएमा रजर अधिकारी अध्यक्ष बनाईए, दुई बर्षसम्म भुत्ला झार्ने काम समेत अधिकारीबाट हुन सकेन, यही निहु बनाएर अधिकारीलाई अपदस्त गर्दै डाक्टर शम्भू ढुंगानालाई पुनः अध्यक्ष बनाईयो, ढुंगाना ऐतिहासिक असफल बनाइए, त्यों असफलताहरु पछ्याउदै पुनः भूमिगत गिरोह (बोर्ड अफ ट्रस्टी) ले मेदिनी अधिकारीलाई अंतरिम अध्यक्ष बनायो, भूमिगत गिरोहका नाइके हुन डाक्टर अम्बिका अधिकारी । एनआरएन र एएनएमा भूमिगत गतिबिधि संचालन गर्ने अधिकारीको यो धन्दा एक दशकदेखि हाबी छ ।

बोर्ड अफ ट्रस्टी

board-of-trusti

एएनए बोर्ड अफ ट्रस्टीमा भीटो पावर भएका डाक्टर अम्बिका अधिकारी बरियता क्रममा दोश्रो स्थानमा छन तर कुंजर शर्मा, प्रमोद शर्मा, राधा बस्नेत, अंजन श्रेष्ठ, बेद जोशी, प्रह्लाद केसी र रजर अधिकारीलाई खेलाउने र चलाउने प्रमुख ब्यक्तिको रुपमा अधिकारीले एएनएमा हालीमुहाली बढाउँदै ल्याएका छन, भूमिगत रुपमा खगेन्द्र जीसीको हरेक कानूनी सल्लाहा अधिकारीको प्रत्येक पाइलामा लागू हुने गरेको छ । एएनए अधिकारी त्रय अम्बिका अधिकारी, रजर अधिकारी र मेदिनी अधिकारीको कोठरी भएकाले मेदिनी अधिकारीलाई कठपुतली स्विकार्दै अहिले अंतिम चांस दिईएको हो, जसमा खगेन्द्र अधिकारी नाउको कुनै योगदान नभएको बुख्याचालाई सहायक कठपुतलीको रुपमा उभ्याईएको छ ।

निर्बाचन समिति सदस्यद्वारा राजीनामा

region-by-anil

अधिकारी त्रयको कोठरी संचालनबाट वाक्क भएर एएनए बचाऊ आंदोलनका प्रमुख ब्यक्ति अनिल पाठकले आज राजीनामा दिए, यसले कोठरीमा तरंग पैदा गराई दिएको छ, अहिलेसम्म खुल्न सकेको छैन तर प्रमुख निर्बाचन आयुक्त नबीन दत्तले पनि समितिबाट बाहिरिने सम्भावना प्रबल छ, पाठकको तर्क छ -कोठरीले निर्बाचन आयोगको काममा बाधा हालेर गरिएको मेदिनी अधिकारीको नियुक्ति प्रति पूर्ण असहमति छ । जब निर्बाचन आयोग आफ्नो काम गर्दैछ भने एएनए बाईलज बिपरीत किन कठपुतलीको नियुक्ति? प्रश्न जायज छ र तर्कपूर्ण पनि, अनि बाईलज अनुरूप ।

मेदिनी अधिकारी र बोस्टन कन्भेन्सन

bounce-checkboston

निस्चय नै मेदिनी अधिकारी खराब ब्यक्ति होइनन, उनको नियत पनि खराब होइन, उनले ४ पैसा पनि बोस्टन कन्भेन्सनमा खाएका होइनन, शेर्पालामाले अदालतमा च्यालेन्ज गरेर प्रमाणित गर्न नसकेको अर्थात उनले अदालतबाटै क्लीन चिट पाएका पनि हुन, मिनिसोड़ा देखि फ्लोरिडासम्म, भर्जिनियादेखि बोस्टनसम्म अमेरिका वरिपरि नै नाम चलेका साहसी र युवा माझ परिचित ब्यक्ति हुन मेदिनी अधिकारी, उनको साहस, ज्ञानको भण्डार, अनुभव, शिक्षा र बिबेकको सीधाकुरा तारीफ़ नगरी रहन पनि सक्दैन, उनीसँग एएनए बचाऊ अभियानमा तीन बर्ष सँगै काम गरेको, त्यों पनि उनी ब्याकमा र हामी फ्रंटमा रहँदाको क्षण हाम्रा लागि सदा अविस्मरणीय छ, यसो भनी रहँदा उनले अमेरिकाको नेपाली समाजमा लिएको भन्दा गुमाएको धेरै छ, समाजलाई दिएकै धेरै छ, समय, संपत्ति र साथ धेरै छ, एएनए मै पनि अनिल पाठक, मेदिनी अधिकारी र सीधाकुराको योगदान कुनै आजीबन सदस्यसंग तुलना हुन सक्दैन, दुःखको कुरा अम्बिका अधिकारीले फ्याकेको एउटा गुह्य टालोलाई मेदिनी अधिकारीले टिप्न पुग्दा हिजो सँगै हिडेका पाठक र सीधाकुराको बाटो र अधिकारीको बाटो फरक हुन पुग्यो, जीबनमा कहिलेकाही यस्तो हुन जान्छ, यो कुरा मेदिनी अधिकारीले पक्कै बुझेका होलान ।

जति अधिकारी अगाडी बढ़न खोज्छन कानूनी रुपमा समाप्त भए पनि ब्यबहारिक रुपमा अझै समाप्त नभएको बोस्टन कन्भेन्सनले उनी र साइमन ढुंगानालाई पच्छ्याउन छोड्दैन, साइमन ढुंगाना त अमेरिकामा खुलेआम बस्नै नसक्ने भए पछि अमेरिका छोड़न बाध्यछ, उ कहिले लुकेर अमेरिका आउँछ कहिले नेपाल, सीधाकुरा बिरुध्द ११ लाख डलरको मुद्दा हालेर, अदालतमा हारेर, नेपाल र चीनमा बरसौं फरार ब्यक्ति साइमन हो, उसलाई एकातिर बोस्टन कन्भेन्सन अर्कोतिर सीधाकुराको दोहोरो मार छ, ब्यबहारिक रुपमा लफड़ा झेल्नु पर्ने बाध्यता बिच मेदिनी अधिकारीले आगामी जुलाईमा हुने निर्बाचन फेस गरेको भए सायद उनलाई समयले आजको सीटमा पक्कै पुर्याउने थियो तर छिटो कुदेर टुप्पो चढ़ने अभिलाशाले उनलाई भूमिगत गिरोहको चक्रब्यूहमा फस्न बाध्य गरायो, अब लेखेर राखनोस गिरोहले उनलाई निर्बाचित अध्यक्ष बन्न जुलाईमा बाटो छेक्नेछ भने बोस्टन कन्भेन्सनका दर्जनौं भेंडरहरु सक्रीय भएर त्यों बेलाको भुक्तानीले अधिकारीलाई घेराउ गर्नेछ, यो घेराउमा पार्ने योजना हो – डाक्टर अम्बिका अधिकारी, अंजन श्रेष्ठ, डाक्टर शम्भू ढुंगाना र रजर अधिकारीको, एउटा जब अध्यक्ष पदको प्रलोभनमा फसाएर मेदिनी अधिकारीको ब्यक्तित्व लूटन प्रयास भैरहेको छ, यो गिरोहले राम प्रसाद खनालको बाउंस भएको १५ सय डलरको चेकलाई जगाउन र उक्साउन शुरुवात गर्नेछन र मेदिनी अधिकारीको अबसानको बाटो खन्छन, मीटिंग अफ द माइंडले त्यो प्रमाणित गरिसकेको छ ।

ख़ासमा…

मेदिनी अधिकारीले यो खेल बुझ्न सक्नु पर्थ्यो र गिरोहको चक्रब्यूहबाट जोगिनु पर्थ्यो, गिरोहको बारेमा उनलाई पटक पटक समझाईएको थियो तर कसैको केहि नलागेकै हो, भीरबाट खसनेलाई राम राम भन्न सकिन्छ काँध नै थाप्न कहाँ सकिदो रहेछ र?

यसमा तपाईको मत