अब क्रिमिनल केस श्याम, रजर र गिरिजा बिरुध्द

indemnity

एसोसिएसन अफ नेपालीज इन द अमेरिकाज(ए एन ए) अन्तर्गत राखिएको बझांग स्कलरशिप फंड) जसका प्रमुख संचालक तथा एएनए सूचना निर्देशक डाक्टर तुलशी जोशीसंग यो बारेमा डेढ़ घंटा लामो अंतरबार्ता भइसकेको छ र सारा रेकर्ड सीधाकुराले राखेको परिप्रेक्षमा आज एएनए आजीबन सदस्य श्रीधर कंडेलले सार्बजनिक गरेको अंतरिम एएनए कोषाध्यक्ष लक्षमण प्रधानलाई उन्मुक्ति दिएको पत्रलाई आधार मान्दै ५ वटा मुद्दाको विपक्षी सीधाकुराले डाक्टर श्याम कार्की, गिरिजा गौतम र एएनए भगौड़ा अध्यक्ष रजर अधिकारी बिरुध्द क्रिमिनल केश प्रक्रिया अगाडी बढाउने गर्ने निर्णय गरेको छ ।

15823171_1869615496591979_894191387124283969_n

अंतरिम अध्यक्ष छेवांग शेर्पालामाले पूर्ण दबाब दिएर कोषाध्यक्ष डाक्टर जोशीसँग २८ हजार ४ सय डलर बुझी अंतरिम कोषाध्यक्ष लक्ष्मण प्रधानलाई दिएकोमा आजसम्म बझांग स्कलरशिप फंडमा त्यत्रो रकम फिर्ता नगरेको डाक्टर जोशीले अंतरबार्ताको क्रममा २८ पटक ब्यक्त गरेका छन । घण्टौ कुरा गर्न रुचाउने र कहिल्यै टेलीफोन कुराकानी अंत गर्न नचाहने जोशीसँग गरेको कुराकानीको रेकर्ड सीधाकुराले राखेको छ ।

कंफरेन्स कल बैठक एक प्रमाण

छेवांग शेर्पालामा बिरुध्द अदालतमा मुद्दा चलिरहेको समयमा सीधाकुरा समेत सम्मिलित एउटा कंफरेन्स कल बैठकमा डाक्टर अम्बिका अधिकारी, डाक्टर शम्भू ढुंगाना, डाक्टर तुलशी जोशी, मेदिनी अधिकारी, रजर अधिकारी, अंजन श्रेस्ठ आदिले बझांग स्कलरशिपको २८ हजार ४ सय डलर शेर्पालामा र प्रधानले दुरुपयोग गरेको स्वीकार गरेको थियो, त्यसको समेत सीधाकुरासंग टेलीफोन रेकर्ड छ, यी सबैलाई आधार मानी आज कंडेलले सार्बजनिक गरेको पत्रका अनुसार प्रक्रिया अगाडी बढाउन सकिने हाम्रा अटोर्नीले स्पस्ट परेका छन ।

कंडेलको पत्र र अधिकारीले अबैधानिक उठाउन लगाएको फंड

kandel

शेर्पालामा, प्रधान र बिजय थापा बिरुध्द अदालतमा मुद्दा चलिरहेका बखत यीनै कंडेल मार्फ़त अबैधानिक रुपमा उठाएको झन्डै १० हजार डलरको हिसाब किताब सीधाकुराले बारम्बार माग्दा अटेर गरी भगौड़ा अध्यक्ष रजर अधिकारीले रिसिप्ट समेत उपलब्ध नगराएको सीधाकुराको ५ सय डलरको बैंक चेक, मनी अर्डरको कपि, मेदिनी अधिकारीले बुझी लिएको भन्ने हुलाकको बिबरण, अधिकारीले कंडेललाई बुझाएको भन्ने टेलीफोन रेकर्ड र कंडेलले अधिकारीलाई सुसूचित गरी वकीललाई बुझाएको भन्ने प्रमाणको आधारमा समेत उनीहरु बिरुध्द बैंकिंग प्रक्रिया बिपरीत गरेको अबैधानिक कारोबार बारे आई आर एस मार्फ़त क्रिमिनल केशमा जोड़न सकिने हाम्रा वकीलले बताएका छन । यत्रो रकम अहिलेसम्म एएनएको कुनै खातामा उल्लेख छैन भने यो रकमको जिम्मेवार ३ अध्यक्षहरु रजर अधिकारी, डाक्टर शम्भू ढुंगाना र मेदिनी अधिकारी हुने समेत सीधाकुराले अटोर्नीबाट जानकारी पाएको छ ।

श्याम र गिरिजाको दलाल हो रजर

कंडेलले आज सार्बजनिक गरेको पत्रले हामीले १० बर्षदेखि भन्दै आएको कुरा प्रमाणित गरेको छ । हामीले भन्दै आएको कुरा हो रजर अधिकारी भनेको डाक्टर श्याम कार्की र गिरिजा गौतमको दलाल हो । अंतरिम एएनएका शेर्पालामा बिरुध्द अदालतमा मुद्दा चलिरहेका बखत सीधाकुरा र मेदिनी अधिकारीलाई दबाब दिंदै शेर्पालामासंग समझौता गर्न जाऊं भन्ने दलाल अधिकारीको बारे सीधाकुराले अनुसंधान गरी पत्ता लगाएको थियो – रजर अधिकारीलाई शेर्पालामासंग घुँडा टेकाउन डाक्टर कार्की र गौतमले दबाब बढाएका थिए, मेदिनी अधिकारी समेत राजी भई सकेका थिए तर सीधाकुरा र अनिल पाठकले मुद्दा कोर्ट बाहिर सेटल गर्ने होइन अदालतबाट नै शेर्पालामालाई परास्त गर्नु पर्छ भनेर अड्डी लिएका कारण शेर्पालामालाई अदालतबाट नै परास्त गरिएको थियो । सीधाकुरालाई थाह थियो रजरलाई खेलाउने र आलू बनाउने श्याम कार्की र गिरिजा गौतम हुन भन्ने कुरा । फेरी डाक्टर कार्की र गौतम शेर्पालामाका दलाल हुन, यो कुरा सीधाकुराले बारम्बार भन्दै आएको थियो त्यों कुरा आज प्रमाणित भएको छ । शेर्पालामा र उसको मतियार लक्ष्मण प्रधानलाई जोगाउन रजर अधिकारीले डाक्टर कार्की र गौतमलाई साक्षी राखेर यत्रो बेईमानी गरेको समेत आज प्रमाणित भयो । एएनए साइमन ढुंगानाले शेर्पालामालाई बुझाउँदा यिनै डाक्टर कार्की साक्षी थिए । यी सबै एएनएका चोरहरु हुन । शेर्पालामा, रजर अधिकारी, साइमन ढुंगाना, डाक्टर अम्बिका अधिकारी, डाक्टर श्याम कार्की, गिरिजा गौतम, लक्ष्मण प्रधान वा जोसुकै हुन, यी सबै एएनएका लुटेरा हुन ।

मेदिनी अधिकारीको काम?

मेदिनी अधिकारीले सीधाकुरालाई १ सय पटक भन्दा बढ़ी बचन दिएका छन र भनेका छन – बझांग स्कलरशिप फंडको २८ हजार ४ सय डलर अपचलन बारे मेरिल्याण्ड अटोर्नी जनरलको कार्यालयमा क्रिमिनल केश प्रक्रिया अगाडी बढ़ाई सकिएको र रजर अधिकारीले त्यो प्रक्रिया अगाडी बढाएको बताएका छन, ल मेदिनीजी प्रक्रिया कसका बिरुध्द अगाडी बढेको हो? कंडेलले सार्बजनिक गरेको पत्र राम्ररी अध्ययन गरेर सार्बजनिक रुपमा एएनएको अध्यक्षको हैसियतले प्रस्ट्याउनु होला । सीधाकुरालाई १ सय पटक ढाटे पनि अमेरिकाको नेपाली समाजलाई एक पटक ढाटेर हेर्नुहोस, यो मेदिनीजीलाई अबसर र चुनौती दुबै हो ।

कंडेलले सार्बजनिक गरेको पत्र कृतिम हो वा सक्कली? भगौड़ा अध्यक्ष रजर अधिकारी र साक्षी द्वय डाक्टर श्याम कार्की र गिरिजा गौतमको हस्ताक्षर सही हो वा होइन? त्यसको प्रमाणीकरण गर्न गराउन फेडरल ब्यूरो अफ इंभेस्टिगेसनमा पेश गर्ने जिम्मा बर्तमान अध्यक्ष मेदिनी अधिकारीको ।

15622187_1869625543257641_8645270489822773944_n

अनि भूकंप पीड़ितको नाउँमा राहत उठाएर एएनएको खातामा नराख्ने तथा पीड़ितले नपाएको बारे पनि पक्कै पूर्ब अध्यक्ष डाक्टर शम्भू ढुंगानाबाट बुझ बुझारत गरी लिनु भयो नै होला, यो केश त क्रिमिनल हुंदैन होलानी?

यसमा तपाईको मत