कानून ब्यबसायी जिसीको दोहोरो कर सम्बन्धि सम्झौता

jcletter

लामो समयदेखि न्युयोर्कमा कानून ब्यबसाय गरेर अमेरिका भरिका नेपालीहरु बीच लोकप्रिय व्यक्ति खगेन्द्र जिसीले सिधा कुरासंगको कुराकानीमा हिजो भन्दै थिए एउटा पारिबारिक जमघटमा नेपाल गएका बेला ”एक पटकको नेपाली सधैको नेपाली” संग सम्बन्धित अत्यन्त महत्वको एउटा प्रस्ताब जिसीले गत मे २४, २०१४ मा प्रधानमंत्रीदेखि मन्त्रालयका सचिबसम्म अमेरिकाबासी नेपालीहरुको तर्फबाट दर्शाएका थिए, जसलाई नेपाल सरकारले गत मार्च ७, २०१४ मा नै संयुक्त राज्य अमेरिकाको सरकारलाई लेखी पठाएको पत्र सहित थप पहल हुने बचन दिएको छ । कानून ब्यबसायी जिसीका अनुसार आगामी जुलाई १ भित्र डेड लाइन मिट गर्ने बचन समेत नेपाल सरकारका अर्थमन्त्रीले दिएको जिसीले बताएका छन ।

कानून ब्यबसायी जिसीले अमेरिकामा बस्ने नेपालीहरुले तिर्नु पर्ने दोहोरो कर सम्बन्धि सम्झौता (ट्रीटि अन अभोइडेंस अफ डबल ट्याक्सेसन) र नेपाली बिध्यार्थीहरुले अमेरिकामा तिर्नु पर्ने कर (प्रिभेन्सन अन फिस्कल इभेजन) का बारेमा प्रधानमंत्री लगायत अर्थ मंत्री र सचिबहरुलाई तत्काल सम्झौता सम्बन्धि अग्रसरता लिन आग्रह गरेका थिए ।

कानून ब्यबसायी जिसीका अनुसार ती दुवै सम्झौताहरु अत्यन्त महत्वका छन । नेपालमा भएको चल अचल सम्पत्तिको कर अमेरिकामा पनि तिर्नु पर्ने एकातिर छ भने अर्कोतिर अमेरिकामा त नतिर्ने कुरै भएन । यस्तो दोहोरो कर प्रणालीको अन्त्य गर्न दोहोरो कर सम्झौता जति सक्यो त्यति छिटो गर्न जरुरी छ । नेपाली बिद्यार्थीहरु पनि त्यस्तै मारमा परिरहेका छन, जसका लागि बिद्यार्थीहरुले कर तिर्ने रकम बचत गर्न सक्ने थिए यदि नेपाल सरकारले संयुक्त राज्य अमेरिकाको सरकारसंग यो खालको सम्झौता गर्ने हो भने भन्दै कानून ब्यबसायी जिसी भन्छन यस्तो दोहोरो करको मारबाट अमेरिकाबासी नेपालीहरुलाई बचाउन र दोहोरो कर हटाउन तत्काल पहलको आबस्यकता सम्झेर मैले प्रधानमन्त्री, मंत्री र सचिबहरुसंग स्पस्ट कुरा राखेको छु । यति भनेको २४ घण्टा नबित्दै नेपाल सराकारको अर्थ मन्त्रालयबाट सो सन्धि सम्झौता सम्बन्धि पत्र कानून ब्यबसायी खत्रीको नाउमा पठाएको सिधा कुराले प्राप्त गरेको छ ।

बोल्ने र गरेर देखाउने भनेको यहि हो । अमेरिकाको नेपाली समाजलाई यस्तै द्रुत गतिमा काम गर्ने समाजका नेता चाहिन्छ भने उनको तेज गतिमा काम गर्ने मिडियाको पनि त्यतिकै महत्व रहन्छ । जिसीले बोलेको कुरा गरेर देखाएका छन । आसन्न निर्बाचनमा कानून ब्यबसायी खगेन्द्र जिसी अध्यक्षका प्रतिस्पर्धी छन ।

यसमा तपाईको मत