जोशीको उम्मेद्वारी रोक्नु नपर्ने

Gouri13

न्युह्याम्सर अमेरिका ।

Gouri1

Gouri2

गएको हप्ता नै सकिनु पर्ने एनआरएन एनसीसी अफ युएसएको चुनाव बिभिन्न आन्तरिक शक्ति केन्द्रहरुको टकराव र आईसिसिका प्रतिनिधिहरुको दबाबले स्थगित छ, त्यो माथि निर्बाचन आयोगद्वारा साह्रै मर्कामा पारेको अनुभव गर्दै अध्यक्ष पदका शक्तिशाली उम्मेदवार गौरी जोशीले चुनाव रोक्न र उनको उम्मेद्वारी कायम गरेर मात्र निर्बाचन सम्पन्न गर्न आदेश माग गर्दै टेनेसी स्थित नक्स काउन्टी चान्सरी कोर्टमा मुद्दा दायर गरे पछि जोशीको माग बमोजिम तत्काललाई अदालतको आदेशले चुनाव स्थगित हुन पुगेको थियो ।

Gouri3

Gouri4

एनआरएन एनसीसी अफ युएसए चुनाव आयोग त्रिपक्षीय दबाबमा थियो, अन्तरास्ट्रिय समन्वय परिषद (आइसीसी) बिशेष गरी क्षेत्रीय संयोजक र उपसंयोजक, एनसीसी अमेरिका बर्तमान बोर्ड र एनसिसि सल्लाहाकार समिति, जो अर्का अध्यक्ष पदका उम्मेदवार डाक्टर केशव पौडेलको पक्षमा खुलेर काम गर्दै थियो ले चुनाव आयोगलाई प्रत्यक्ष परोक्ष दबाब हालेर पल पल काममा बाधा अड्चन तेर्स्याई रहेको थियो भने निर्बाचन आयोग समेत बर्तमान बोर्डकै सहयोगी भै निस्पक्ष हुन सकिरहेको थिएन ।

Gouri5Gouri6

समय साह्रो गाह्रो हुँदै थियो उम्मेदवार जोशीको योग्यता माथि अनेकानेक तर्क बितर्क हुँदै यो मुद्दा आइसीसी मुख्यालय काठमान्डूको समेत रडाकोको बिषय बन्यो, आइसीसीको केन्द्रिय समिति विभाजित भयो, अध्यक्ष शेष घले संयोजक सोनाम लामा र उपसंयोजक एसी शेर्पाको पक्षमा उभिएको छर्लंग देखिन्थ्यो भने महासचिब बद्रि केसी उम्मेदवार जोशीको पक्षमा वकालत गरिरहेका थिए । अन्तरास्ट्रिय समन्वय परिषद भित्रै आपसी समन्वय नभएको संदेश बिस्वभरि रहेका ७६ वटा एनसीसीहरुमा प्रवाह भैरहेको थियो, जुन कुरा तत्काललाई साम्य गर्नु आइसीसी अध्यक्ष शेष घलेलाई हम्मे हम्मे भैसकेको थियो ।

Gouri7Gouri8

आइसीसीका सल्लाहाकारहरु र पूर्ब अध्यक्षहरु लगायतका व्यक्तिहरुसंग जर्मनीमा घलेले एनआरएन एनसीसी अफ युएसएको लफडा साम्य पार्नै पर्ने र त्यसका लागि उम्मेदवार जोशीको योग्यता तथ्य निर्धारण समिति गठन गर्नु पर्ने सुझाव लिंदै घलेले बिस्व आदर्श पण्डित, दिल बहादुर गुरुङ र डाक्टर हेमराज शर्मा सम्मिलित समिति बनाए, त्यो समितिले गौरी जोशीको उम्मेद्वारी माथिको तथ्य संकलन गरी एनआरएन अमेरिकाको निर्बाचनमा जोशी योग्य रहेको सुझाव सहित आइसीसी सचिबालयलाई अगस्ट ५, २०१७ मै बुझायो, आइसिसिले तथ्य निर्धारण समितिको प्रतिबेदन बुझे लगत्तै अन्तरास्ट्रिय समन्वय परिषदको बैठक बसी समितिको सुझाव पारित भएको र गौरी जोशी उम्मेदवार हुन योग्य रहेको पत्र आइसीसीका संयोजक र उपसंयोजकहरुलाई पठायो तर निर्बाचन आयुक्त बंदिता दाहालले त्यो पत्र आयोगले प्राप्त गर्न नसकेको भन्दै संयोजक र उपसंयोजकलाई बाइपास गर्दै फेरी आइसीसी अध्यक्ष घलेलाई इमेल पत्राचार गरिन्, जुन पत्र सीधाकुराले पहिले छापीसकेको छ ।

Gouri9Gouri10

आइसीसीको मान्यता अनुसार चुनाव हुने भो, गौरी जोशी समेत उम्मेदवार हुन पाउने भए भन्ने धेरैको बिश्वास माथि हमला भए पछि र चुनाव जोशी बिना नै जबर्जस्ति गर्ने आयुक्त दाहालको नियत देखे पछि गौरी चान्सरी कोर्ट जान बाध्य बनाइएका थिए । अहिले पनि भित्र भित्र बिभिन्न खाले खिचडी पकाउने र दुनिया हसाउने काम भैरहेकै छ । एनसीसी अध्यक्ष डाक्टर केशव पौडेलका प्रमुख सल्लाहाकार डाक्टर यादब पण्डितको ध्यान जसरी पनि उम्मेदवार जोशीलाई चुनाव बाहिर धकेल्न उद्दत छ, जोशी उम्मेद्वारी प्रति संयोजक र उपसंयोजक समेत स्वतन्त्र नभईरहेको बताइन्छ । निर्बाचन आयोग दुवै थरी मिलेर आउ मलाई आपत्ति छैन भनेर झारा टार्ने र जोशीलाई अटेर गर्ने काममा तल्लिन रहेकै बताइएको छ ।

Gouri11Gouri12

सबैजना यतिखेर अदालतकै निर्णयको प्रतिक्षामा छन, अदालतलाई बाइपास गरेर हिड्ने नियतले खगेन्द्र जिसी, रमेश पन्त र यादव पण्डितको बिशेष समितिको हल्ला समेत पिटाउने काम भयो तर त्यो समितिमा पेन्डुलम बन्ने सुइँको पाए पछि जिसीले फेसबुक बक्तब्य दिंदै आफु त्यो समितिमा नरहेको बताउदै भाग्न सफल भए । एनसिसि युएसएको चुनावको अघिल्तिर जो जो भए पनि पर्दा पछाडी ४ ठुला खेलाडीहरु भिडी रहेका छन, दुई जना उम्मेदवार जोशी पक्षमा भने २ जना जोशीको उम्मेद्वारीको बिपक्षमा, यहि जोर ”ब्याक पुसिंग र पुलिंग” ले गर्दा जोशी अझै घाइते भैरहेको धेरैको अनुमान छ ।

एक जोर ब्याक पुलिंग पात्रहरुको दबाबमा निर्बाचन आयोग असक्षम र कटिबद्द भै काम नगर्नुको पछाडीको सबै भन्दा ठुलो कारण चाहि आइसीसीको मान्यताको व्याख्या गर्ने र आखा फुटेका अन्धाहरुलाई सुझाउने कोहि माइकलाल ननिस्केकाले हो । जब आइसीसीकै योग्यता निर्धारण समितिले उम्मेदवार जोशीको योग्यता स्पस्ट बताए पछि खुरुक्क उनको नाउ निकालेर चुनाव गरिसक्नु पर्ने ठाउमा बखेडा थापेर हिड्नेहरुकै दबदबामा अझै निर्बाचन आयोग अनिर्णयको बन्दी छ ।

अब के हुने के नहुने? अदालतले निर्णय दिन्छ नै तर उम्मेदवार जोशीले आइसीसीको तथ्य निर्धारण समितिको प्रतिबेदन समेत अदालतको बहसमा समावेस गरी उम्मेद्वारी कायम गराउन प्रयास गर्नु पर्छ भन्ने कुरा सोचनीय छ ।

अर्को त्यान्द्रो?

सबै लफडाको अन्त्य हुँदै गर्दा अर्को लफडा फेरी उब्जेको छ । जब न्याक र एनआरएन एनसीसी अफ युएसए सन् २००६ मा एकीकृत भएकै हो भने पछि यो एकीकरणका सदस्यहरुले सन् २००६ देखि २०१० सम्म उसका सदस्यहरुको सदस्यता शुल्क बापत ३ प्रतिशत आइसीसीलाई बुझाउनु पर्नेमा अहिलेसम्म नबुझाएकाले त्यो एकीकरण मान्य हुँदैन भन्दै एक थरि फेरी कुर्लिन थालेका छन । यो कुर्लाई भित्र के अभिस्ट छ अहिले नै भन्न सकिन्न तर आइसीसीमा फेरी अर्को लफडा थोपर्न र एनसीसी अमेरिकाको चुनाव हुनै नदिने गरी भाड्न त्यो पक्ष निरन्तर लागि रहेको भान हुन्छ । सकेसम्म आगामी सेप्टेम्बर २० अगावै वा अक्टोबरको पहिलो हप्ताभित्र एनसिसिको चुनाव सकेर काठमान्डू जाने जन्ती-मलामीहरुको नाउ निकाल्न ढिला भयो भने यो लफडा दिर्घकालिन झगडाको बिउ बन्नसक्छ । काठमान्डू जाने जन्ती-मलामीहरुले दुई जना बरखी बार्ने र गोडा दशेक कपाल मात्र मुण्डन गर्नेहरुको बर्षौं देखिको आशा तुहाउने छ । त्यो माथि दुई जना ठुलो भाग खान दौडा दौड गर्नेहरुको कन्तबिजोग हेर्न काठमान्डू पुग्नु पर्ने छैन ।

सबैको आशा

आइसीसीमा जाने जन्ती मलामीको कुरा छोड अक्टोबर अगाडी योग्य उम्मेदवार जोशीको उम्मेद्वारी कायम गर्दै आइसीसीकै मान्यता बमोजिम एनसीसीको चुनाव गर, यो बीचमा चान्सरी कोर्टको निधो त आईहालला नि ।

यसमा तपाईको मत