मान्यबर, गुरुवर, आदरणीय भट्टराईप्रति सम्मान

sunil

न्युह्याम्सर अमेरिका ।

हाम्रा मान्यबर, गुरुवर, आदरणीय, प्रातस्मरणीय श्री सुनिल भट्टराईको हाडको क्यान्सरबाट आज काठमान्डूमा निधन भएको समाचारले हामी स्तब्ध भएका छौं, दुखमा डुबेका छौं, वहाँको हामी प्रतिको माया, प्रेम र हाम्रो ज्ञान र बिबेक बृद्दिमा वहाँले पुर्याउनु भएको योगदानको हामी उच्च मुल्यांकन गर्दै वहाँको मृत आत्माको शान्तिको लागि परमेश्वरसंग प्रार्थना गर्दछौं, साथै आदरणीय गुरु स्वर्गीय श्री भट्टराइका श्रीमती, छोरा र छोरी तथा अन्य परिबारका सदस्यहरुमा पर्न गएको शोक र भाव विह्वल यो अबस्थामा वहाँहरु प्रति हामी समबेदना, सहानुभूति र सद्भाव प्रकट गर्न चाहन्छौ ।

हाम्रो नेपाली र अंग्रेजी भाषा बिकास र बिस्तारमा वहाँले पुर्याउनु भएको योगदान सदा स्मरणीय रहनेछ, वहांले दिनु भएको शिक्षा सदा मानव हीत र सत्कार्य तथा जनचेतना अभिब्रिद्दिमा उपयोग गरिनेछ, हाम्रो लेखन तितो भए पनि सदा सीधा, सत्य र न्यायका लागि समर्पित रहनेछ, अन्यायमा परेकाहरुको पक्षमा वकालत गर्न हाम्रो कलम प्रयोग गरिनेछ । हाम्रा गुरुवर स्वर्गीय भट्टराईको सम्मानमा भोली एक दिन पुरै छाक बार्नेछौं ।

हाम्रा गुरुवर श्री भट्टराईले हाम्रो माध्यामिक शिक्षा बिकासमा अतुलनीय योगदान दिनु भएको थियो । वहाँले हामीलाई कक्षा ६ देखि १० सम्म पढाउनु भएको थियो । नेपाली, अग्रेजी, गणित, बिज्ञान, सामाजिक शिक्षा, संस्कृत, भूगोल, ब्यबसायिक शिक्षा सबैमा वहाँ पारङ्गत हुनुहुन्थ्यो ।

बि. सं. २०३७ देखि २०४७ सम्म महेन्द्र बौद्ध माध्यामिक बिधालय बौद्ध काठमान्डूमा वहांले पढाउनु भएको थियो । बि. सं. २०३९ सालमा वहाँ विद्यालयको प्रधानाध्यापक हुनु भएको थियो । सबै बिषयका ज्ञाता प्रधानाध्यापक गोबिन्दलाल मानन्धरको असामयिक निधन पछि श्री भट्टराइ बिद्यालयको प्रधानाध्यापक हुनु भएको थियो । बिद्यालय परिसर भित्र अति कडा र बिद्यालय बाहिर अति मिलनसार स्वभावका धनी गुरुश्री भट्टराइ बानेस्वर निबासी भए पनि बौद्ध, जोरपाटी, चाबहिल, महांकाल, कपन, गोकर्ण, दक्षिणढोका सबैतिर परिचित हुनुहुन्थ्यो । सोहि बिद्यालयमा शिक्षक बनेर काम गर्न र शिक्षा पेशा अबलम्बन गर्न हामीलाई वहाँबाट प्रेरणा मिलेको थियो ।

गुरुवर स्वर्गीय श्री भट्टराइले अन्तरास्ट्रिय गैर सरकारी संस्था सेभ द चिल्ड्रेन युकेमा २ बर्ष काम गर्नु भएको थियो भने पछि निकै लामो समय नेपाल टेलिभिजनमा काम गर्नु भएको थियो । वहाँकी छोरी अहिले नेपाल टेलिभिजनमा अंग्रेजी समाचारवाचिका हुनुहुन्छ ।

हाम्रो लेखन र भाषा बिकासमा वहाँको योगदान हामी स्वर्ण अक्षरले लेखी सदा सम्मान गरिरहनेछौं ।

यसमा तपाईको मत