सार्है सर्हानीय काम

check

न्युह्याम्सर, अमेरिका ।

रिजवूड नेपाली समाज, रिजवूड न्युयोर्कले शुरु गरेको पुराणको केहि दिनसम्म कुनै चासो बढ्न नसकेकोमा आज एक्कासि पुराणले चमत्कारिक रुप लियो । रिजवूडमा सामुदायिक भवन निर्माण गर्ने उद्देश्यले आयोजना गरिएको पुराणको प्रचार प्रसारको कमि त छदैं थियो, बिभिन्न जातजाति, नेपालको बिभिन्न राजनीतिक दलमा आबद्द व्यक्तिहरुको कारण समाज विभाजन, एनआरएन एनसीसी अफ युएसएको निर्बाचन स्थगन लगायतका कारणहरुले पुराण ओझेलमा पर्दै आएको थियो । यसको अलावा भर्खरै म्यासाचुसेट्सको बोस्टनमा आयोजित सोहि प्रकृतिको पुराणले झन्डै १६ लाख डलर संकलन भएको समाचार बाहिर आइरहंदा न्युयोर्कको नेपाली समुदाय बेखबर थियो, कतिमा चासो थिएन भने नेपाली समाज विभाजनका कारण पुराणले सोचे अनुसारको प्रगति गर्न सकिरहेको थिएन ।

चमत्कार

आज एक्कासि प्रबासी नेपाली मंच अमेरिकाले १ लाख ११ हजार १ सय ११ डलर र ११ पेनी दान गरेर पुराणमा चमत्कार थपि दियो । धार्मिक र सामाजिक कार्यमा नेपाली संघ संस्थाले पुर्याएको यो आर्थिक सहयोग अमेरिकाको नेपाली समाज निर्माणको ६५ बर्षमा यो अत्यन्त सह्रानीय काम हो । नेपालीहरु अमेरिका आइपुगेको इतिहास खोज्यो भने यहि ६५ बर्षकै हाराहारीमा छ । मंचले व्यक्तिलाई गौण राखेर संस्थालाई उच्च बनाउने नियत राखेको यो ठुलो दानले प्रस्ट्याएको छ । अन्य संघ संस्थामा व्यक्ति हिरो पल्टिने र यति दान गरें उति दान गरें भनेर धक्कु लाउने र समाजलाई दिग्भ्रमित पार्ने काम हुँदै आएकोमा आजबाट मंचले व्यक्तिहरुको त्यस्तो धाक धक्कुलाई पराजित गरि दिएको छ ।

भलै संस्थाभित्र आबद्द न्युयोर्कका ४९ जना र न्युयोर्क बाहिरका ५१ जनाको सहयोगमा रिजवूड नेपाली समाजले चाहेको सामुदायिक भवन निर्माण, मन्दिर निर्माण जस्ता नेपाली समाजको अत्याबस्यकता पुरा गर्ने चाहनामा हाम्रो संस्थाको एउटा सानो सहयोग होस भनेर मंचको तर्फबाट आर्थिक सहयोग गरिएको हो भन्दै अहिले साँझ मंचका निबर्तमान अध्यक्ष संजय थापाले सीधाकुरालाई बताए । मंचमा त्यत्रो रकम थियो त? भन्ने प्रश्नको जबाफमा थापाले भने -त्यो रकम मंचका १ सय सदस्यहरुबाट संकलन गरिएको हो । किन सहयोग गर्नु भयो त? थापाले भने -यहि समाजमा बस्नुछ, हामीलाई कुनै धार्मिक कार्य गर्नु पर्यो, सन्ततिहरुको बिबाह ब्रतबन्ध गराउनु पर्यो भने नेपालीको आफ्नै भवन छैन, न्युयोर्कमा हजारौं नेपालीहरु बस्छौं तर कुनै धार्मिक कार्य गर्नु पर्यो भने हामीले अर्कैको मुख ताक्नु परेको छ, यस्तो अबस्थामा नेपालीहरुकै सामुदायिक भवन बनोस र आफुले चाहेको धार्मिक कार्य गर्न पाइयोस भनेर सहयोग गरेका हौँ ।

Sanjay

मंचका न्युयोर्कका दाताहरु:

१ .अच्युत सिग्देल
२ .संजय थापा
३ .खिम भट्टराई
४ .कृष्ण आचार्य
५. प्रभु थापा
६. भुवनेश्वर अधिकारी
७. प्रदीप श्रेष्ठ
८. अर्जु ब सिं
९. कृष्ण लामिछाने
१०.केदार पहारी
११.मंगलदास
१२. भवानी बॉस्तोला
१३.राधाकृष्ण
१४.सुमेन्द्र रन्जित
१५.टेक गुरुङ्ग
१६.सूर्य लिग्देन
१७.पेशल भट्टराई
१८.धनपति संग्रौला
१९.कुन्ती थापा
२०.सिता खरेल
२१.भिम पन्त
२२.जगत क्षेत्री
२३.फूरी शेर्पा
२४. लक्यान लामा
२५.जयराम खड्का
२६ महेश जी
२७. बसन्त जी
२८. मोहन गौतम
२९. कृष्ण दाहाल
३०. सिर्जना लामा
३१. बिकास जी
३२.कवि घिसिंग
३३. बिनोद पोखरेल
३४. बिष्णु राना मगर
३५. दीपेन्द्र पुरी
३६. दण्डपाणी संग्रौला
३७. चन्द्र घर्तिक्षेत्री
३८. बिन घले
३९.मेख गुरुडंंग
४०. पेम्वा शेर्पा
४१. शान्ता देवी राई थापा
४२. बि के थापा
४३. प्रीयंका बिके ( मेनुका राई)
४४. उद्धव हुमागाई
४५. शंकर पन्त
४६. सुरज जी सी
४७. जनक पराजुली
४८. कृष्ण पन्त
४९. निरन्जन पाण्डे

समाजलाई जिज्ञासा र चुनौती

21151330_10154691313621857_2506867363656877760_n

नेपालको एउटा राजनीतिक दल नेकपा एमालेका समर्थक नै समर्थकहरुको भिडमा जन्मिएको मंचलाई हामीले भन्ने गर्थ्यौ यो कम्युनिस्टहरु को झुण्ड हो, उनीहरु अमेरिकाको नेपाली समाज बनाउन आएका होइनन तर हामीलाई चुनौती हुने गरी मंचका सदस्यहरुले अन्य सबैको भन्दा बढी धार्मिक कार्य गरेर सबैको मंच प्रतिको नकारात्मक टिप्पणी र आलोचनाहरु माथि चुनौती थोपरी दिएका छन, सीधाकुरा नै मंच प्रति पुरै नकारात्मक बन्दै गएको थियो, आज त सीधाकुरालाई नै मंचले १ सय ८० डिग्री घुमाई दिएको छ, हाम्रो मुखमा बुझो लगाई दिएको छ, चुनौती थोपरी दिएको छ, एमालेका समर्थकहरुलाई अमेरिकामा कम्युनिस्ट भनेर आलोचना गर्ने पहिलो मिडिया सीधाकुराको चुनौती माथि मंचले पो चुनौती थपि दिएको छ, हामी सहर्ष स्वीकार गर्छौं, आत्मालोचना गर्छौं । समाज परिबर्तनको दिशामा सीधाकुरा फ्रन्ट लाइनमा भएको हुँदा समाज परिबर्तनकै लागि हिजो हामीले भन्ने गरेको कम्युनिस्टहरु आज सबै भन्दा ठुला समाजसेवी र धार्मिक भएर आएकामा सीधाकुरा हर्सित नहुने कुरै छैन, यो समाज परिबर्तनको एउटा ठुलो संकेत हो । सुरु त एक बाट नै हुन्छ ।

कम्युनिस्टहरुको झुण्ड भनेर अझै आलोचना गरिने प्रबासी नेपाली मंचले गरेको यत्रो ठुलो दानबाट कतिपय प्रजातन्त्रबादी भनाउदाहरुको यति खेर कन्चट धेरै तातेको हुनुपर्छ, प्रजातन्त्रबादी भनाउदाहरु त संस्थाको तर्फबाट होइन व्यक्तिको तर्फबाट सहयोग गर्ने हुन, उनीहरुको उद्देस्य समाज, देश र संसार बनाउने होइन, व्यक्ति बन्ने हो, त्यसैले उनीहरु व्यक्ति व्यक्तिमा विभाजित छन, हेर्नुहोस मंच भन्दा १० गुणा ठुलो भनिने नेपाली जनसम्पर्क समिति अमेरिका । समिति भित्र व्यक्ति हिरो बन्ने बनाउने खेल हुन्छ समिति बनाउने कुरा कदापि हुँदैन, यो प्रजातन्त्रको उपहार हो ।

कम्युनिस्टहरु समाज बनाउने कुरामा प्रजातन्त्रबादी भन्दा धेरै इमान्दार हुन्छन भन्ने कुरा पनि मंचको आजको सहयोगले देखाएको छ, भलै मंच अब कम्युनिजममा बिस्वास नगर्ने गरी उम्किसकेको छ, आखिर कम्युन भनेकै समाज भएको हुँदा उनीहरु बढी पारदर्शी, जिम्मेवार र अनुसाशित हुन्छन भन्ने कुरा प्रजातन्त्रबादीहरुले राम्ररि जानेका छन । जे भए पनि साम्यबादीहरुमा समाजबादी दृस्टीकोण, प्रजातन्त्रको खोल ओढेकाहरुको भन्दा धेरै स्पस्ट हुँदो रहेछ ।

सबैले सहयोग गर

व्यक्ति व्यक्तिले जसरी सहयोगको हात बढाई रहेका छन त्यो साह्रै राम्रो काम हो, सक्ने जति सबैले सहयोगको थप हात बढाउदै जाउँ । टेक्सास र क्यालिफोर्नियाका नेपालीहरुले प्रतिबद्द भएर मन्दिर निर्माणको अभियान पुरा गरेका छन, उनीहरु उदाहरण बनेका छन, म्यासाचुसेट्सका नेपालीहरुले केहि हप्ता पहिले पुराणकै माध्यमबाट सहयोग संकलन गरे र सामुदायिक भवन र मन्दिर स्तुपा निर्माण प्रक्रिया सहज बनाए । न्युयोर्कमा अहिले जुन काम रिजवूड समाजले गरिरहेको छ, त्यो पनि असल काम हो, सबै नेपालीहरुलाई सहयोग पुर्याउन खोज्ने महान काम हो । ठुलो धन कमाउने, ठुला ब्यापार भएका र अन्य प्रयोजनका लागि लाख दुई लाख दान गर्न सक्ने मन भएकाहरुले रिजवूडलाई पनि सामुदायिक भवन निर्माणका लागि सहयोगको याचना गर्नुस । जसरी प्रबासी नेपाली मंच अमेरिकाले आज यत्रो सहयोग गर्यो, त्यस्तै सहयोग नेपाली जनसम्पर्क समिति अमेरिका, फ़िप्ना, एनआरएन एनसीसी अफ युएसए, एएनए, नासा एनमा लगायतका सयौं संघ संस्थाहरुले आर्थिक सहयोग गरेको देख्न पाइयोस ।

यसरी हो समाज बन्ने । धन कमाएर पोको पारेर केहि हुने वाला छैन, मरेर जाँदा त्यो धन लिएर गइन्न, कम्तिमा पोको पारेको धनको एकाम्श दान गर्यौं भने समाजमा एउटा घर त बन्छ, त्यो घरले हजारौं घर जोडीदिन्छ, बनाउँछ । कसरी भन्नु होला? तपाइँको छोरा छोरीको बिहे मात्र त्यो घरमा गर्न पाउनु भयो भने छोरा-बुहारीको एउटा र छोरी-ज्वाँईको अर्को घर बन्छ की बन्दैन? अहिलेलाई यति मात्र सोच्यौं भने काफी छ ।

अन्त्यमा, प्रबासी नेपाली मंचलाई सलाम छ । फेरी यति भनी रहंदा सीधाकुराले मंचका मान्छेको तेजोबध गर्न छोड्ने भो भनेर कदापि नसोच्नु होला, सीधाकुराले असल कुराको प्रबर्धन र खराब कुराको पर्दाफास गर्न कहिले छोड्दैन ।

यसमा तपाईको मत