कति सम्मान गरौँ? कति प्रशंसा गरौँ?

Bed

न्युह्याम्सर, अमेरिका ।

अमेरिकाको नेपाली समाजमा हामी धेरै आलोचना गर्थ्यौं, अब आलोचना होइन हामीले हरेकलाई गर्न चाहेको सम्मान र प्रशंसा, समालोचना र आदर प्राप्त हुँदै गएको अनुभव हुन थालेका छ, सीधाकुराको मिसन स्टेटमेन्ट प्राप्त हुँदै गएको अनुभूति हुन थालेको छ ।

On

न्युयोर्कको उडसाईडस्थित सत्यनारायण मन्दिर परिसरमा रिजउड नेपाली समाजले ६ दिन देखि आयोजना गर्दै आएको पुराणमा अहिले राति १२ बजेसम्ममा ९ लाख ८ हजार ८ सय पचहत्तर डलर र ८३ पेनी दान जम्मा भएको भर्खरै सहकुल खत्रीले सीधाकुरालाई जानकारी गराउनु भयो ।

one

दुर्गा मन्दिर सहितको सामुदायिक भवन निर्माणका लागि संचालन भईरहेको पूराणमा आजका सबै भन्दा ठुला दाता, न्युयोर्क रिजवूड निबासी ब्यबासायी, राजनीतिक व्यक्तित्व तथा समाजसेवी बेद प्रसाद खरेल परिबारले ६६ हजार ६ सय ६६ डलर र एक पेनी दान गरेर समाजले गर्न चाहेको र नेपालीहरुले जुगौंदेखि आशा गरेको मन्दिर र सामुदायिक भवन निर्माणको सपना साकार पार्ने लक्ष प्राप्तिमा सघाएका छन । श्रीमान खरेलका अतिरिक्त ठुलो मनकी धनी श्रीमती कला खरेल र उनका सन्तान सन्ततिहरु पारस खरेल, कल्पना खरेल, तपस्या खरेल बिकाश खरेल र कास्भी खरेलद्वारा संयुक्त रुपमा पुराणस्थलमा सहयोग हस्तान्तरण गरेको समेत समाजसेवी खत्रीले सीधाकुरालाई बताए । न्युयोर्कमा आज यो कुरा धेरै ठुलो चर्चाको बिषय भयो । त्यस्तै हिजो प्रबासी नेपाली मंच अमेरिकाको तर्फबाट १ लाख ११ हजार १ सय ११ डलर र ११ पेनी दान हुँदै त्यस्तै चर्चा परिचर्चा भएको थियो ।

Two1

21151330_10154691313621857_2506867363656877760_n

संस्थागत रुपमा मंच नै सबै भन्दा ठुलो चन्दा दाता आज छैटौं दिनसम्ममा देखिएको छ, त्यसै गरी राजेस भट्ट दोश्रो र खरेल परिबार तेश्रो ठुलो दाता रहेको आजसम्मको आंकडाले बताउँछ ।

Three

धन र मन ठुलो

धन र मन बेग्ला बेग्लै भएर पनि दान हुँदो रहेनछ । धन र मन एकै ठाउमा मिले पछि मात्र दान सम्भव भएको म्यासाचुसेट्सदेखिकै दानको प्रबृत्ति र प्रकृतिले देखाएको छ । भगवानको मन्दिर र समुदायले गर्न चाहेको धार्मिक कार्यमा खर्च गरौँ गरौँ लाग्ने भएर हजारौं नेपालीहरु अहिले अमेरिकामा उकुसमुकुस भै गुम्सिरहेको पाइयो । बोस्टनले नेतृत्व गरेको यो उकुसमुकुस आजसम्म न्युयोर्कमा छ । सीधाकुरा चाहन्छ यो क्रम अझ अगाडी बढोस, भर्जिनिया, मेरिल्याण्ड र डिसी केद्रित अर्को पुराण आयोजना होस र राम मालाकारको पालादेखि घ्याम्पोमा लुकाएर राखेको धन सारा मन्दिरमा बर्सियोस ।

Four1

यो गति उता नर्थ क्यारोलाइना तर्फ पनि मोडियोस । फ्लोरिडा पुगोस, त्यहाँबाट कोलोराडो उकालो लागोस, कोलोराडोबाट नेब्रास्का हानियोस, नेब्रास्काबाट इन्डियाना हुँदै सिकागो पुगेर मात्र बिश्राम लियोस, मन गुस्याएर घ्याम्पोमा लुकाएर राखेको नेपालीहरुको सारा धनको पोको भगवानको नाउमा अर्पण होस, मन्दिर खुलोस, सामुदायिक भवन बनोस, बिहे ब्रतबन्ध, पार्टी, नाचगान गर्ने आफ्नै नेपाली घर बनोस, यो भन्दा अरु के चाहियो?

Five1

देशीहरुको ठाउ ठाउमा भएको मन्दिरमा मात्र कति धाउनु? कति भेटि चढाउनु? हाम्रै नेपालीहरुको आफ्नै मन्दिर र भगवानको बास गराउँ भन्ने सारा अमेरिकाबासी नेपालीहरुको चाहना छ, त्यो पुरा गर्ने नेतृत्व टेक्सास र क्यालिफोर्नियाका नेपालीहरुले गरिसकेका छन, यहि मनोकाक्षा पुरा गर्नमा न्युयोर्कका नेपालीहरु अहिले अग्रसर भैरहेका छन ।

Five2

Five3

म्यासाचुसेट्सलाई चुनौती?

३ हप्ता अघि म्यासाचुसेट्सका नेपालीहरुले झन्डै १६ लाख डलर चन्दा संकलन गरेर मन्दिर र सामुदायिक भवन निर्माणको खाका कोरिसकेका छन । के त त्यो चन्दा संकलन भन्दा न्युयोर्कका नेपालीहरुले बढी गर्लान? कुरा अनुत्तरित छ । छैटौं दिनमा ८ लाख उठेको कुरा बाहिर आइरहँदा अझै धेरै धन र मन भएका व्यक्तिहरु बेखबर भएको जस्तो हाम्ले अनुभव गरिरहेका छौं । एएनएका संस्थापक हरिशर्मा मुडवरी, बरिस्ठ कार्डियोलजिस्ट लुना भट्ट लगायतका दर्जनौ नेपाली मनहरु अझै चन्दा दानको दायरामा देखिनु भएको छैन, वहाँहरुलाई रिजवूडमा हाजिर गराउन किन नसकिरहेको हो आस्चर्यको बिषय छ । झन्डै १ सय जति नेपाली डाक्टर र इञ्जिनिएर लगायत वकिलहरु जो धन र मनले ओतप्रोत हुनुहुन्छ, वहाँहरु समेत पुराणमा आइरहनु भएको देखिएको छैन । यहाँनेर आयोजकको कमिकमजोरी महसुस गरिएको छ । नायगरा फल्सदेखि बफेलो, सिराकुस, रचेस्टरका ठुला दाताहरुको खोजि र पुराणमा ल्याउन नसकीरहेको हो की भन्ने पनि स्मरण गराउँ ।

एनआरएनका?

एनआरएनका उम्मेदवार र धनमनका खानिहरु पनि चुकी रहेको अनुभव भैरहेको छ । लाखौँ डलर खर्चेर ६ महिनादेखि चुनावमा व्यस्त व्यक्तिहरु, बिशेषगरी अध्यक्षका प्रत्यासीहरु डाक्टर केशव पौडेल, गौरी जोशी, रबिना थापा, कृष्ण पोखरेल, राम पोखरेलहरुको उपस्थिति देखिएको छैन । मन्दिर सबैको हो, यहाँको र त्यहाँको भनेर अन्तकाले दान गर्नु हुँदैन भन्ने छैन । निर्बाचनको कुनै टुंगो नभएकाले आचार संहिताको कुरै छैन । फेरी अर्को कुरा समाजमा मन्दिर र सामुदायिक भवन एनआरएन एनसीसी अफ युएसए भन्दा ठुलो कुरा हो भनेर सम्झिने हो भने एनआरएन खरानी हो भन्नुहोस र भोली पुराणमा आएर सक्दो दान गरी रिजवूड नेपाली समाजले नेपालीहरुको लागि सोचेको मन्दिर र सामुदायिक भवन निर्माणमा सघाउनु होस । याद गर्नुहोस एनआरएनका उम्मेदवारले एक पेनी दान गरेनन भने न्युयोर्कका नेपालीहरुको एक भोट मिल्नेछैन, यो लेखेर राख्नुस । बिबाद नै बिबादको घेरामा जकडिएका अध्यक्ष पदका उम्मेदवार डाक्टर केशव पौडेलले एनआरएन एनसीसी अफ युएसएको तर्फबाट लाखौँ डलरको याचना गर्नुहोस, हाम्रो अनुरोध छ ।

नेजसबाट पनि केहि झर्छ की?

नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति गोरख बिस्ट भिडबाट हराई रहेका छन । आशा छ – २ सय जनाले हजार हजार दिने भयौं भनेर भोली बिहान २ लाख २२ हजार २ सय २२ डलर र २२ पेनीको याचना सहित टुप्लुक्क रिजवूडमा देखा परुन ।

यसमा तपाईको मत