अमेरिकाभरि सामुदायिक भवनमा सहयोग गर्न जोशी इक्षुक: ६१,१०५ डलरको सहयोग राशी घोषणा

GJ

न्युह्याम्सर अमेरिका ।

बोस्टन र रिजवूड शहरमा मन्दिर तथा सामुदायिक भवन निर्माणको लागि असख्य नेपालीहरुको उत्सुकता र आर्थिक सहयोगको याचना बढी रहेको बेला टेक्सास निबासी गौरी जोशीले अमेरिकाका नेपालीहरुको घना बस्ति रहेका शहरहरुमा हाललाई एक मन्दिर र सामुदायिक भवन निर्माणका लागि ५,५०० डलर सहयोग गर्ने कुरा अहिले भर्खरै सीधाकुरा मार्फत घोषणा गरेका छन ।

ब्यबसायी तथा समाजसेवी जोशी एनआरएन एनसीसी अफ युएसएको रोकिएको निर्बाचनका सबै भन्दा बढी नाउ चलेका उम्मेदवार थिए, उनलाई नचिन्ने धेरै नेपालीहरुले अहिले चिनिसकेका छन । उनि भन्छन कसैलाई हराउनका लागि एनआरएन एनसीसी अफ युएसएको चुनाव जित्नै पर्ने रहेनछ, नाउ कमाउन प्रतिस्पर्धा गर्नै पर्ने रहेनछ, समाज बनाउने सोच लिएर हिड्नु पर्छ सबै कुराको सन्तोस मिल्छ -जोशी भन्छन । एनआरएन हामी सबैलाई चाहिन्छ त्यो साझा थलो हो तर केहि व्यक्तिहरुले त्यसलाई पेवा ठानी रहेका छन, त्यो पेवाबाट भने मुक्त गर्नु पर्छ । समय आउँछ त्यो मुक्त हुन्छ उनले भने ।

20992916_1805025529526969_7471942672294345867_n

भर्खरै बोस्टनमा आयोजित पुराण र रिजवूडमा आयोजित पुराणका लागि आफुले ५,५५५ डलर छुट्याईसकेको बताए । यसैगरी नर्थ क्यारोलाइना, ह्युस्टन, डलास, लस एञ्जलस, स्यान फ्रान्सिस्को र सिकागोमा स्थापना हुन जाने मन्दिर र सामुदायिक भवनका लागि समेत त्यतिनै दान रकम छुट्याएको जोशीले सीधाकुरालाई बताए ।

हिजो राति सीधाकुराले अमेरिका भरिका नेपालीहरुको घनाबस्ति रहेको शहरहरुमा मन्दिर र सामुदायिक भवन निर्माण गर्न नेपालीहरुलाई आह्वान गरे अनुसार जोशीले सहयोगको हात बढाएको बताए ।

बोस्टन र न्युयोर्कमा अत्यन्त राम्रो कामको शुरुवात गरेकाले त्यो क्रम अन्य राज्यहरुमा समेत अघि बढाउन बिभिन्न राज्यहरुका नेपालीहरुलाई आग्रह गरेका छन ।

यसैबीच न्युह्याम्सर राज्यमा मन्दिर र सामुदायिक भवन निर्माणको काम न्युह्याम्सर नेपाली समाजले गर्न चाहेमा त्यतिकै सहयोग तपाइँबाट हुन्छ भनेर सोधियो । उनको जबाफ थियो -किन हुन्न, भनि दिनुस समाजका साथीहरुलाई न्युह्याम्सरका लागि पनि सहयोग हुन्छ । जोशीको सहयोगको आह्वान मनन गर्न समाजका अध्यक्ष सोम गुरुङलाई सीधाकुरा ध्यानाकर्षण गराउन चाहन्छ । साथै न्युह्याम्सरमा मन्दिर र सामुदायिक भवन निर्माणको समाजले अग्रसरता लिन्छ भने सीधाकुराले ११ हजार १ सय ११ डलर र ११ पेनी दान गर्ने घोषणा गर्दछ ।

केवल समाजले त्यसको अगुवाई गरोस, सीधाकुराले मन्दिर र सामुदायिक भवन निर्माणको मिडिया प्रबर्धन र सहयोग संकलनमा २४ घण्टा समय निकाल्ने जानकारी गराउँछ ।

यसमा तपाईको मत