रिजवूड पुराण: सीधाकुरा माथि चुनौती?

Thula

न्युह्याम्सर अमेरिका ।

करिब १४ लाख डलर संकलन गरेर रिजवूड पुराण हिजो राति सकियो । आयोजकहरुले त्यो रकम अनुमानित भएको सीधाकुरालाई बताएका छन । १४ लाख डलरका ठुला श्रोतहरु नेपाली जनसम्पर्क समिति अमेरिका, प्रबासी नेपाली मंच अमेरिका, लगायतका मनकारी परोपकारी व्यक्तिहरु श्री पराजुली, राजेश भट्ट, बेद प्रसाद खरेल, सुमन शाह, मोहन ज्ञवाली, खगेन्द्र घर्ति क्षेत्री, केशव सेडाई र अन्य भएको सीधाकुराले अहिले साँझ रिजवूड समाजबाट जानकारी पाएको छ ।

main

समितिका सभापति आनन्द बिस्ट र अर्का नेता बिष्णु सुबेदीले समाजका अध्यक्ष रविकिरण कोइरालालाई १ लाख २५ हजार ५ सय ५५ डलर र ५५ पेनी हिजो बुझाए । समितिले २ सय ३० जना सदस्यहरुबाट त्यो रकम संकलन गरेको हिजै समितिका सभापति बिस्टले सीधाकुरालाई बताई सकेका छन । त्यो रकम हाललाई बोलकबोल रकम मात्र हो । २ बर्ष भित्रमा रकम चुक्ता गरिसक्नु पर्ने समाजसंगको सहमतिमा त्यत्रो रकम संकलन गर्ने कार्यका लागि समितिले प्रभावशाली नेता बेद प्रसाद खरेललाई संयोजक तोकेको छ, त्यसो त संयोजक खरेल स्वयमले ६६ हजार ६ सय ६६ डलर र एक पेनी व्यक्तिगत रुपमा दान गर्ने कबोल गरेका छन । समिति र आफ्नो व्यक्तिगत बोल कबोलको जिम्मा पाएका खरेलसंग अहिले साँझ त्यत्रो रकम उठाउने जिम्मा लिनु भएछ, के त्यो रकम तोकेको समयमै उठाएर समाजलाई बुझाउन सक्नु हुन्छ भन्ने सीधाकुराको प्रश्नमा नेता खरेलले भने – सक्छौं । बोलेको कुरा समय भित्रै पुरा गर्छौं । समितिका प्रतिबद्द सदस्यहरुले समयमै रकम बुझाउनु हुन्छ र हामी समाजलाई बुझाउछौं -संयोजक खरेलले भने । कबोल गरेको कुरा पुरा भएन भने हामी फेरी एक पटक चुक्छौँ, समिति चुक्छ, त्यसैले हामीहरुले समितिको शाख गिर्न नदिन बोलेको कुरा पुरा गर्नै पर्छ । संयोजक खरेलले भने – यो काम कम चुनौतीपूर्ण छैन ।

बारम्बार सीधाकुराले भन्दै आएको छ – नेपालीहरुको प्रबृत्ति र प्रकृति बोलेको रकम समयमा पुरा नगर्ने छ । बोल कबोल रकम उठाउन बारम्बार इमेल, पत्राचार, फोन गर्नु पर्ने र झगडा नै गर्नु पर्ने स्थिति पनि दिने र लिने बीच आइलाग्न सक्छ ।

नेपालमा हो भने त गुण्डा लगायर, पुलिस लगायर, थर्काएर, ज्यानमारा भिडाएर भए पनि रकम तिराउने चलन ब्यापक रुपमा बढ्दै गएको छ, व्यक्तिगत ऋण खाएर नतिर्ने आसामीहरुलाई यस्तोसम्म गरेको धेरै घटना सीधाकुराले प्रत्यक्ष अबलोकन गरेको छ ।

संयोजक खरेलको काम कम चुनौतीपूर्ण छैन । समितिको शाख गिर्न नदिन जो जसले जे जति दिने भनेका छन त्यो रकम बुझाएर चोखो बन्न समितिका सदस्यहरुलाई सीधाकुरा सुझाउँछ ।

बोलेको रकम नतिरे के हुन्छ? सीधाकुरा पछि लाग्छ र पुच्छर निमोठ्छ । ताली खाइ रहेको मान्छे गाली खान बाध्य हुन्छ । समाज, घर परिवार र साराबाट तिरस्कृत हुन्छ । पुण्य कमाउन खोज्दा बेइज्यतिको सामना गर्नु पर्छ । को को ले कति कति दिने भनेका छन सबैको रेकर्ड सीधाकुरासंग भएको हुँदा समयमा चुक्ता गर्न अनुरोध छ, एक दिन गुज्रेमा सीधाकुराले सम्झाउन शुरु गर्छ, दोश्रो दिन अनुरोध पठाउँछ, तेश्रो दिनदेखि आक्रामक पत्रकारिता शुरु हुन्छ ।

Om

समितिका असन्तुस्ट सदस्य तथा कोठे तरुण दल अमेरिकाका सभापति ओम भट्टराईले सीधाकुराको हिजो रातिको एउटा फेसबुक पोस्टमा आलोचनात्मक तथा व्यग्यात्मक शैलीमा जे टिप्पणी गरेका छन त्योबाट नै संयोजक खरेललाई चुनौती शुरु भैसकेको अनुभव हुन्छ । दलका सभापति भट्टराईले टिप्पणी गरेका छन -५०० जनासंग मागेर आफु दाता भएको ठुलो तस्बिर अनलाइन मिडिया र फेसबुकमा घुमाउनु पनि ठिकै नै हो ! #रिजवुडदानमहोत्सब । अब अमेरिकाभरि जहा, जहा मन्दिर र कम्युनिटि भवन बनिन्छ्न, त्यहा त्यहा सबै ठाउमा जनसम्पर्क समितिले सस्थागत (१,२५,००० डलर) दान गरोस (नजिर स्थापित) । कसैलाई “काखा” कसैलाई “पाखा” नगरोस ! बोस्टन, क्यालिफोर्निया, टेक्सास, भर्जिनिया, बाल्टिमोरमा पनि १,२५,००० डलरका दरले नै दान आउने होला ! घोषणा भैसक्यो कि? कहिले हुनेवाला हो? जानकारी पाउन समाचार !

समितिकै एउटा फुच्चे दलबाट यो प्रकारको टिप्पणी आउनु भनेको बोल कबोल गर्ने समितिका संयोजकको मात्र नभई २ सय ३० जनाकै सगोल चुनौती भएको हुँदा सबै प्रतिबद्द भएर लाग्नु पर्ने देखिन्छ ।

21151330_10154691313621857_2506867363656877760_n

प्रबासी नेपाली मंच अमेरिकाका निबर्तमान अध्यक्ष संजय थापा लगायत १ सय जनाको तर्फबाट पुराण आयोजक समाजलाई १ लाख ११ हजार १ सय ११ र ११ पेनी दान गर्ने घोषणा भएको छ । वहाँहरु प्रतिबद्द र अनुशाशित भएको हुँदा समितिको जस्तो चुनौती वहाँहरुसंग नरहेको निबर्तमान अध्यक्ष थापाले सीधाकुरालाई बताए । वहाँहरु त सीधाकुराको टिप्पणीबाट आजित हुनुहुन्छ । सायद मंचका सदस्यहरुबाट निबर्तमान अध्यक्ष थापाले असहयोगको स्थिति सामना गर्नु हुनेछैन तर समिति भित्रको आन्तरिक बिबाद अझै साम्य नभईसकेको हुँदा संयोजक खरेलले धेरै मेहनत गर्नु पर्ने देखिन्छ ।

हिजो समितिको तर्फबाट दान गरिएको रकम हस्तान्तरण कार्यमा अर्का नेता बिष्णु सुबेदी उपस्थित भए, समिति नै दुई फ्याक पार्ने खेल खेल्नमा सुबेदीले कुनै कसर बाँकी राख्नु नभएको निकट बिगतको इतिहास पल्टाउने हो भने यो समितिका संयोजक खरेललाइ थप चुनौती थोपर्नका लागि दाता भड्काउने खेल खेल्न फेरी शुरु गर्नु हुँदैन भनेर भन्न सकिन्न । समितिका सभापति बिस्टलाई असफल पार्नमा २ बर्षदेखि नेता सुबेदी व्यस्त हुनुहुन्छ भने अब पुन दाता भड्काएर संयोजक खरेललाई असफल पार्न सुबेदीले दिलो ज्यान दिनु हुँदैन भन्न सकिन्न । यो तितो टिप्पणीलाई हृदयंगम गरेर संयमित ढंगले काम गर्न संयोजक खरेललाई सीधाकुरा सुझाउँछ । मुख्य कुरा त सुबेदी स्वयमले कति दान गर्ने बचन दिए त्यसमा भर पर्छ दाता भड्काउने नभड्काउने?

संस्थागत प्रतिस्पर्धात्मक रुपमा समिति र मंचले लाख लाख डलर भन्दा बढी दान गर्ने बचन दिएका छन । यो आफैमा चुनौतिपूर्ण कुरा हो । संस्थागत दान भएकाले कुनै न कुनै दिन यो दान झर्न र झार्न सकिन्छ तर व्यक्तिगत रुपमा १ लाख १ हजार १ सय ११ डलर दान गर्ने मनकारी श्री पराजुली, ७५ हजार एक डलर दान गर्ने राजेश भट्ट, व्यक्तिगत रुपमा ६६ हजार ६ सय ६६ डलर र १ पेनी दान गर्ने समितिका संयोजक खरेल, ५१ हजार १ सय ११ डलर दान गर्ने सुमन शाह, ५१ हजार डलर दान गर्ने मोहन ज्ञवाली तथा ३५-३५ हजार डलर दान गर्ने खगेन्द्र जिसी र केशव सेडाईहरुको बोल कबोलको सुनिस्चितता कसरी हुने हो त्यो भने लथालिङ्ग रहेको कुरा आयोजकहरुले स्वीकारेका छन । अहिले दिन्छु भनेका छन र क्षणिक नाम कमाएका छन पछि तिर्ने बेलामा आयोजकले हैरानी भोगेर सीधाकुरामा हार गुहार गर्न आएको देख्न नपरोस । के गर्नु? नेपालीहरुलाई बोल्न सजिलो छ, पुर्याउन फलामको चिउरा चपाए जस्तै छ ।

20374329_10154589404767307_3150901854662454315_n

आशा गरौँ बोलेको कुरा सबै दाताहरुले पुर्याउने छन, सीधाकुरामा आयोजकहरु रुन नआउन, दाताहरुले पुण्य कमाउन, पछि गाली नखाउन, फोन गरेको उठाउन, पत्र पठाएको र इमेल लेखेको जबाफ पठाउन, बोलकबोल फरक नखुवाउन । हाम्रो यहि बिन्ति छ ।

अहिले हिरो बन्न जति सजिलो भएको छ त्यतिकै सहज ढंगले चुक्ता भएको अमेरिकाको नेपाली समाज हेर्न आतुर छ ।

दाताहरुले रिजवूड नेपाली समाज र सीधाकुरालाई चुनौती थोपर्ने काम हुनेछैन ।

यसमा तपाईको मत