लिंकन र नेप्रिकन टाइम्सको प्लटको अनुसन्धान शुरु

KG

 

एभरेस्ट लिंकन उर्फ प्रदिप पौडेलको नाउमा कानून ब्यबसायी खगेन्द्र जिसीको बिरुद्द उचालिएको नेप्रिकन टाइम्सको नेगेटिभ क्याम्पेनको अनुसंधान शुरु भएको आन्तरिक सुरक्षा श्रोतले खुलाएको छ ।

नेप्रिकन टाइम्स र लिंकनको प्लटलाई चुनौती दिंदै आफ्नो चरित्र हत्याको शृंखला रोक्न र मानव अधिकारको रक्षाका लागि न्युयोर्क निबासी कल्पना घिमिरेले एक प्रेस बिज्ञप्ति प्रकाशित गर्दै अपिल गरेकी छन । लिंकनले पनि केहि हप्ता अघि १ घण्टा पन्ध्र मिनेट सिधा कुरालाई एकोहोरो बताएको उनको प्लटको कुनै आधार नरहेको त्यतिबेलै सिधा कुराले सार्बजनिक गरेको थियो ।

लिंकन र कल्पना घिमिरे बीचको जतिपनि खेल वा बास्तबिकता थिए, ति सबैका आरोपी मात्र कानून ब्यबसायी खगेन्द्र जिसीलाई बनाइएको थियो र त्यसका पछाडी नेप्रिकन टाइम्स नाउको भूमिगत गिरोह एनआरएन एनसीसी अफ युएसएको चुनाव अघि पर्दामा आएको थियो । एएनएको मुद्दामामिला चर्चामा आए यता र एनआरएन एनसीसी अफ युएसएको अध्यक्ष पदमा उनको उम्मेद्वारी पछि कानून ब्यबसायी जिसीलाई एएनए संस्थापकहरुले ट्रस्टीको प्रस्ताब गरे, जसलाई ३ बर्षदेखी एएनए लुट्नेहरुले अस्विकार गर्ने काम भयो भने उनको बिरुद्द हुँदै नभएको लिंकन-कल्पना प्लट नेप्रिकन टाइम्सले अघि सार्यो, खोजिगरिरहेको श्रोत भन्छ नेप्रिकन टाइम्स भनेको एएनएको भूमिगत गिरोह हो, त्यसमा सन् २०११ मा एएनए लुट्नेहरुकै संलग्नता छ ।

लिंकन-कल्पना प्लटको प्रोमोटर नेप्रिकन टाइम्सको यो धन्दा अब कल्पनाको प्रेस बिज्ञप्तिले परास्त मात्र गर्ने छैन, कानूनको दायरामा समेत ल्याउनेछ भने यहि प्लटद्वारा एएनएका नाउमा भएका निर्दोष समाजसेवी र पत्रकारहरु बिरुद्द गरेका मुद्दा मामिलाको समेत सुरक्षा निकायले अध्ययन गर्ने श्रोतको दाबी छ ।

को हो नेप्रिकन टाइम्स र लिंकन प्रकरणको प्रोमोटर सिधा कुरा समेत अध्ययनमा छ । लिंकन-कल्पना प्रकरणका पर्दा अगाडी लिंकन एभरेस्ट र पर्दा पछाडी नेप्रिकन टाइम्सको धन्दा बारे अहिलेलाई पढ्नुहोस चरित्र हत्या गरिएकी कल्पना घिमिरेको प्रेस बिज्ञप्ति:

आदरणीय सञ्चारकर्मीज्यूहरु
,

हालै विभिन्न अनलाईन तथा सञ्चार माध्यमहरुमा मेरा विरुद्ध अत्यन्त भ्रामक,कपोल कल्पित एवं गैर जिम्मेवार सामाग्रीहरु प्रसारित भईरहेको प्रति मेरो गम्भिर ध्यानाकर्षण भएको छ । एउटी नेपाली चेलीको सामाजिक तथा पारिवारीक प्रतिष्ठा छिन्न भिन्न हुने गरी विना प्रमाण समाचार प्रकाशित गर्नुलाई मैले अमानवीय एवं पीत पत्रकारिताको रुपमा लिएकीछु। अत्यन्त निर्दयीतापूर्वक मनगढन्त कथा बुनेर प्रदिप पौडेल (निजको हालको अमेरीकी नाम एभरेष्ट लिंकन)ले एउटी महिलाको मानव अधिकार मात्र होईन बांच्न पाउने अधिकार माथी समेत खेलबाड गरीरहेको वारे अमेरीकी अदालतमा अहिले मुद्धा चलिरहेको छ ।

उसले एउटा फोटो उपलब्ध गराएको र काल्पनिक कथा सुनाएको भरमा सञ्चार माध्यमहरुमा म माथी तथानाम विष बमन गरिनु २१ औं शताब्दीको पत्रकारिता हुन सक्दैन । अहिले जनआस्था लगायत केहि अनलाईन मिडियाहरु, जसले मेरा विरुद्ध प्रदिप पौडेललाई साथ दिईरहेका छन्) संम्वन्धित् पत्रकारहरुलाई एकचोटी आत्म समिक्षा गरी तथ्य के हो अनुसन्धान गरिदिनु हुन विनम्र अनुरोध गर्दछु ।

साथै प्रदिप पौडेलको एकतर्फी विश्वास गरी केहि मिडियाले मेरो ग्रिन कार्ड बनाउन निजको अमेरिका स्थित सम्पत्ति मेरो नांऊमा नामसारी गरिदिएको र मैले उसलाई फिर्ता नदिएको जस्ता अनेकौं काल्पनिक आरोपहरु त्यस्ता समाचारमा उल्लेख छन् । ति सवै आरोप प्रति मेरो घोर आपत्ति छ । अमेरिकामा ग्रिन कार्ड बनाउन सम्पत्ति नामसारी गराउनु पर्दैन र निज प्रदिपले उसको कुन सम्पत्ति मेरो नाउमा नामसारी गरेको हो, त्यसको प्रमाण दिन म त्यस्ता गैरजिम्मेवार समाचार छाप्ने पत्रकारहरुलाई यसै विज्ञप्ती मार्फत चुनौति दिन चाहन्छु ।

साथै म विरुद्धका त्यस्ता समाचारमा मेरो मात्र नभई एभरेष्ट लिंकन नामधारी प्रदिप पौडेलले मेरो छोरीहरुको समेत् नाम जोडेर हामी सवै आमा छोरीहरुको बर्वररुपमा चरित्र हत्या गरी हिैडिरहेको र निजले फेसबुक लगायत अन्य समाचार माध्यम प्रयोग गरिरहेको छ। मेरा तीनवटी छोरीहरु मध्य दुईटी छोरीहरु म भन्दा अगाडी देखि नै अमेरिकामा अध्ययनरत रहेका र दुवै अमेरिकी विश्वविद्यालयका ग्य्राजुयेट हुन् । कहिले काहीँ आमालाई भेट्न आउने ती छोरीहरुलाई समेत स्विकारेको र पालेको दावी गर्ने प्रदिप पौडेललाई तपांई पत्रकारहरु के भन्नुहुन्छ ?

मेरो यथार्त कुराः
म २००६ मा तेस्रो पटक अमेरिका आएं । दुईटी छोरीहरु दूईटा राज्यमाअध्ययनरत रहेकाले हामी आमा छोरीहरु सँगै बस्न संभव भएन । म केहि ब्यसवसाय गर्ने भनेर बुझ्ने सिलसिलामा थिँए, त्यसै समयमा मैले प्रदिपलाई २००६ डिसेम्बरमा मिचिगनराज्यमा भेटें। प्रदिपले ६० वर्षिय अमेरिकी मुलकी महिलासँग बिहे गरेको र, २००७ को मार्चमा उनको क्यान्सरवाट मृत्यु भएछ । त्यसपछि प्रदिपले दिनँहु जसो बिहेको प्रस्ताव गर्न थाल्यो । दिनँहु हुने भेटका कारण उ साथी जस्तो पनि भईसकेको थियो । सँधै जसो ऊ तिमि विना यो संसारमा मेरो कोही छैन, तिमिले साथ नदिए म मर्छु भनेर घुर्काउथ्यो ।

उ पनि म जस्तै एक्लो र, उसले मसँग बिहेको लागि सधैँ जस्तो याचना गर्न थाले पछि मेरो मन पग्लिंदै गयो । उसको दिनँहुको प्रस्ताव देख्दा मलाई उसको माया पनि लाग्दै गयो ।म एक्ली, परदेशमा संघर्षरत महिला, त्यसवेला उसले पनि मलाई साँच्चिकै माया गरेको जस्तो लाग्यो । र, अक्टुवर २००७ मा हामीले बिहे गर्यौ । बिहेको लगत्तै थाहा भयो, उसको अमेरिकी मुलकी श्रीमतिको मृत्यु पश्चात उसको कारोवार केहि समय अघि नै धराशायी भईसकेको रहेछ । अप्रिल १७, २००७ मा उसको कारोवार बैंकरप्सी भएको रहेछ । बंैकरप्ट भएर उसको साथमा एउटा क्रेडिट कार्ड समेत् थिएन । मेरी कान्छी छोरीले उसको लागि मोवाईल किनेर दिनुपर्ने सम्मको उसको आर्थिक हैसियत थियो । नेपालमा पनि उसको अर्की श्रीमति रहेकी र २८ वर्षको प्रशान्त पौडेल र २६ वर्षको प्रज्वल पौडेल नामका दुई छोरा समेत सामाखुसीमा डेरा गरीबसेको थाहा पाँए । ती कुरा विहे अघि उसले मलाई केहि भनेको थिएन ।

म सँग बिहे गरे पछि बारम्वार उसले मेरो नेपालमा भएको सम्पत्ति बेचेर ल्याउ भनेर फकाउँन थाल्यो, मैले त्यस कुरालाई अस्विकार गर्दै आएकी थिंए, नोभेम्वर २०१२ मा म नेपालमा थिंए, उसले बारम्वार अमेरिकावाट मलाई फाोन गरेर नेपालको घर जग्गा बेचेर ल्याउन चर्को दवाव दियो । त्यसताका उसले मेरो नेपालको घर वेचेर यहाँ ल्याएर ब्यापार गरौं , तिम्रो घर बेच्दा कम्तीमा पनि ६ करोड आई हाल्छ, त्यतिले यहाँ राम्रो रेष्टुरेन्ट सञ्चालन गर्न पुग्छ भनेर पैसा लिएर मात्र अमेरिका आउन आदेश गर्यो । मेरो नेपालमा रहेको घरजग्गामा उसको कुदृष्टि परेको थियो ।

उसले पहिले पनि अमेरिकामा ब्यापार गर्ने हुँदा भएको सबै डुवाएको, उ सँधै असफल भएको र दुईचोटी बैंकरप्सीमा डुबेको हुँदा मैले उसको कुरा मान्ने आधारै थिएन । त्यो घर मेरा तीन वटी छोरीहरुको भविष्य हो र मैले उसको प्रस्तावलाई ठाडै अस्विकार गरें । पत्रकारज्यूहरु, तपाँईंहरुलाई भ्रम हुनसक्छ, त्यो नेपालको घर प्रदिपको सम्पत्तिवाट किनिएको हो कि भनेर, तर त्यो घर त्यस विश्वासघातीलाई भेट्नुभन्दा दशकौं अगाडी सन् २००० मा मैले किनेको हो । त्यसको प्रमाण चाहिएको खण्डमा उपलब्ध गराउनेछु। डिसेम्वर २, २०१२ मा म नेपालवाट अमेरिका फर्कें, २०१२ डिसेम्वर १३ को राती त उसले हदै गर्यौ ।

त्यस दिनमैले उसको वास्तविक रुप देखें , पत्रकार मित्रहरु, उ उग्रियो, मलाई नेपालको मेरो घर जग्गा वेचेर नल्याए ठिक नहुने भनेर फेरी धम्क्याउन थाल्यो । उसले मादक पदार्थ सेवन गरेको थियो, म माथी हात पात गर्न थाल्यो, हामी किचेनमा थियौं, उसले चक्कु बोकेर मार्दिन्छु भन्दै म तिर आयो, म कराउँदै अर्को कोठामा गएँ र भित्रवाट ढोका बन्द गरेर वसें । प्रहरीलाई गुहार्नु बाहेक मसँग अर्को विकल्प थिएन । र, अहिले त्यसै विषयमा अदालतमा मुद्धा चलिरहेको छ । उसलाई मेरो आवास वरिपरि नजान आदेश जारी गरिएको छ ।र, उ अदालतमा हाजिर नभई अस्पतालको ईमरजेन्सीमा गएको कागज देखाउँदै विरामी भएको बहाना पार्दै अदालतले गर्ने सम्भाव्य निर्णयलाई प्रभावित पार्दै रसमय लम्ब्याउँदै आएको कुरा सुन्नमा आएको छ ।

सञ्चारकर्मीज्यूहरु,
उसलाई पाल्न सहयोग गर्ने र उसको लागि खर्च गरिदिने मेरो छोरीहरुलाई समेत मुछेर उसले तथानाम बदनाम गरिरहेको छ । प्रदिप पौडेलवाट उ एभरेष्टलिंकन कसरी बन्यो भन्ने विषय पत्रकारहरुको अनुसन्धानको विषय हुन सक्छ । उसले कुन सम्पत्ति मेरो नाँउमा गरेको हो र नामसारीको त प्रमाण हुन्छ नी, त्यस्ता व्यक्तिलेजे भन्यो,, अलिकति पनि कमन सेन्स प्रयोग नगरी समाचार प्रकाशित गर्दा चारजना बढि मान्छेले त समाचार पढे होलान तर तपाँईहरुवाट एउटी चेलीको कहिल्यै क्षतिपुर्ति हुन नसक्ने गरी चरित्र हत्या हुन गएको छ,र, तपाईहरुवाट(एकतर्फि कुरा सुनेर मेरा विरुद्ध समाचार छाप्ने सञ्चार माध्यमहरु) घरेलु हिंशावाट त्रस्त र षडयन्त्रमा फँसेकी एउटी चेलीको बर्बरतापूर्ण चरित्र हत्या हुन गएको छ ।

उसँग केहि सम्पत्ति पनि थिएन,उसले कुन सम्पत्ति मलाई नामसारी गरिदियो? तपाँईहरुले उसँग जवाफ माग्नुहोला ।अब मैले,तपाँहरुवाट स्वतस्फूर्त रुपमा यस विषयमा थप अनुसन्धान गरी सत्य तथ्य बाहिर ल्याउनु हुनेछ भन्ने अपेक्षा लिएकी छु ।मैले उसँग बिहे गर्दा उसको ग्रिनकार्ड समेत थिएन,यस अर्थमा मैले ग्रिन कार्डको लागि उसँग बिहे गरेको भन्ने उसको आरोप उसको आततायी सोचको उपज मात्र हो । उसले मसँग गरेको दिनँहुको याचनाले मेरो नारित्व पग्लिएको थियो र,मैले उसलाई मानवताको नाताले सांच्चिकै माया गरेको थिएँ । त्यर्सैले उसँग ५ वर्ष बिताँए ।

फेरि पनि अनुरोध गर्दछु कृपया यस विषयमा निष्पक्ष पत्रकारिताको प्रयोग गरी निज एभरेष्ट लिंकन नामधारी प्रदिप पौडेलको धुत्र्याँई सार्वजनिक गरिदिनु भएको खण्डमा म धेरै आभारी हुनेछु । साथै तपाँईहरुवाट असावधानीवस प्रकाशित हुन गएको मेरो चरित्रहत्याको समाचार यस विज्ञप्ती प्राप्त गर्ने वित्तिकै आ आफ्नो सञ्चार माध्यमवाट हटाईदिनु हुनेछ र यथार्त प्रमाण प्राप्त गरे पछि मात्र कसैको चरित्र सम्वन्धि समाचार प्रकाशित गर्नु हुन विन्ति गर्दछु ।

धन्यवाद ।

नियतिद्धारा लखेटिएकी एउटी चेली,

कल्पना घिमिरे
न्यूयोर्क

यसमा तपाईको मत