जमुना घले आइसीसी अध्यक्षको बलियो दाबेदार: उम्मेद्वारी निश्चित

Jamuna

न्युह्याम्सर अमेरिका ।

गैर आबासिय नेपाली संघ अन्तरास्ट्रिय समन्वय परिषद (आइसीसी) को आगामी कार्यकाल (२०१७-२०१९) को लागि अक्टोबरमा हुन गैरहेको निर्बाचनमा उपाध्यक्ष द्वय भवन भट्ट र कुमार पन्तको नाउ अगाडी सारेर एक थरि एनआरएनहरु रमाई रहेका बेला सबै भन्दा बलबान उम्मेदवारको आज काठमान्डूमा उम्मेद्वारी सुनिस्चित गरियो । उनी हुन -बर्तमान अध्यक्ष शेष घलेकी धर्म पत्नी तथा आइसीसी सदस्य जमुना घले । घलेको उम्मेद्वारी पछि संसारभर रहेका एनआरएनहरुमा बेग्लै रौनक छाएको छ भने भट्ट र पन्तको उम्मेद्वारी फितलो साबित भएको आइसीसी वृत्तमा आज ब्यापक चर्चा भयो ।

आइसीसी अध्यक्षकी उम्मेदवार घलेको उम्मेद्वारी नै कीन भन्ने बारे आइसीसीका एक जना जिम्मेवार व्यक्तिसंग सीधाकुराले आज बिहान ११:३० बजे काठमांडूमा फोन गरी सोध्दा बर्तमान अध्यक्ष घलेले महत्वपूर्ण परियोजनाहरु गोर्खाको लाप्राक भुकम्प पीडित भवन निर्माण र आइसीसीको केन्द्रिय कार्यालय भवन निर्माण परियोजना सम्पन्न गरी बिस्वभर रहेका एनआरएनहरुको योगदान निरन्तरता दिन भनेर बताइयो । लाप्राक भवन निर्माण प्रक्रियामै रहेकोमा उपाध्यक्ष द्वय भट्ट र पन्तले चटक्क छोडेर बेवास्ता गरेर हिंडेकाले घले दम्पत्ति मात्र त्यो निर्माणमा व्यस्त रहनु परेको पनि जानकारी आएको छ ।

उता काठमान्डू महानगरपालिकाले बालुवाटारको केन्द्रिय कार्यालय भवन निर्माण प्रक्रिया रोकेर मुद्दा मामिला अगाडी बढाएकामा त्यो मुद्दा आइसीसीले जितेको र उक्त निर्माणाधीन भवन तथा जग्गा बेचेर ललितपुरमा १२ रोपनी जग्गा खरिद गरी केन्द्रिय कार्यालय भवन निर्माण प्रक्रिया अगाडी बढाउन घले दम्पत्ति क्रियाशील भएकाले पनि उक्त भवन निर्माण सम्पन्न गर्न घलेको उम्मेद्वारी अगाडी बढाएको बताइएको छ । बर्तमान अध्यक्ष घलेको आइसीसीमा धेरै योगदान हुँदै आएकाले अस्ट्रेलिया, युरोप, अमेरिका, क्यानाडा, मध्यपूर्वका अधिकांश एनआरएनहरुले जमुना घलेको उम्मेद्वारी आउनु पर्ने माग गरेको बताइएको छ । घलेको उम्मेद्वारी आज सुनिस्चित भएको जानकारी भट्ट र पन्तले पाईसकेका छन ।

भट्ट र पन्तको खेल

unnamed

उपाध्यक्ष द्वय भट्ट र पन्तले खर्च जोगाउन र शेष घले समेतको आशिर्बादमा सजिलै जित्न सकिने दाउ बनाएर केहि हप्ता पहिले हंगकंगमा सुटुक्क भेट घरी भट्टलाई आइसिसिको अध्यक्ष र पन्तलाई पुन उपाध्यक्षमा प्रतिस्पर्धा गर्ने सहमति गरेका थिए । त्यस्तो सहमति पछि हामी मिल्यौं भन्ने खालको फेसबुक फोटो प्रदर्शनी गरेका थिए भट्ट र पन्तले हंगकंगमा, तर आज श्रीमती घलेको उम्मेद्वारी सुनिस्चित भए पछि भट्ट र पन्त खिस्रिक्क परेको बताइएको छ ।

अब उनीहरुको अध्यक्ष र उपाध्यक्षको खेल श्रीमती घलेको उम्मेदवारीले कति प्रभाव पार्छ हेर्दै जानु होला? भन्थे हामीसंग आज बिहान कुरा गर्ने व्यक्ति, उनले आफ्नो नाउ सीधाकुरामा उल्लेख नगरिदिन अनुरोध गरेका छन ।

उपाध्यक्ष पन्तको चौतर्फी दौडधुप

धेरै दौडधुप र भट्ट र पन्तको हंगकंग सहमति पछि ठुलो भाग जुर्ने अपेक्षा लिएका पन्त यतिखेर सबै भन्दा बढी संकटमा छन । अब भट्टसंग अध्यक्ष पदका लागि प्रतिस्पर्धा गर्छु भन्ने आशा पनि रहेन भने अमेरिकाका सोनाम लामा र खगेन्द्र जिसी पनि उपाध्यक्ष पदकै लागि भिडन्त गर्ने दाउमा भएको हुँदा कतै पन्तको भागमा झिङ्गो पर्न आँटेको त हैन? धेरैले आज त्यस्तो आशंका व्यक्त गरे । एनआरएन अमेरिकाका द्वय झगडालु डाक्टर केशव पौडेल र इञ्जिनिएर गौरी जोशीको हात मिलाई दिनमा समेत सफल पन्त, जमुना घलेको उम्मेद्वारी पछि सबै भन्दा बढी आत्तिएका छन । पन्तले अमेरिकाका झगडालु डाक्टर र इञ्जिनिएरलाई एनसीसी अध्यक्ष र आइसीसी क्षेत्रीय उपसंयोजक भाग लगाई दिएका थिए भने आइसीसी निर्बाचनमा जाने डेलिगेसन ५०-५० का दरले समझदारी गराई दिएका थिए, साथै इञ्जिनिएरले खर्चेको सबै रकम फिर्ता गर्ने सुनिस्चितता गराई दिएका थिए । दुई उम्मेदवारहरुलाई सहमति भाग लगाउदाकै अबस्थामा सीधाकुराले भेटेको थियो र फेसबुक मार्फत जानकारी गराएको थियो । मच्चियो मच्चियो अनि थच्चियो स्थिति बनेको जस्तो भयो पन्तका लागि भन्ने आज धेरै गुनासो पनि सुनियो ।

रबिनालाई भित्रै भित्रै सघाउने

21151261_10156549599048452_6069895032000855461_n

उपाध्यक्ष पन्तले जे जस्तो भाग लगाई दिए पनि एनसीसी अमेरिकाको अध्यक्ष पदका लागि नेपाली जनसम्पर्क समिति अमेरिका र प्रबासी मंच अमेरिकाले डाक्टर पौडेललाई अन्तर्घात गर्ने र अर्की उम्मेदवार रबिना थापालाई भोट हाल्न आन्तरिक सर्कुल गर्न लागेको सीधाकुराले सुइँको पाएको छ । भेडो हिंडे झैँ हिड्ने कसैलाई नटेर्ने डाक्टर पौडेललाई जसरी पनि हराउन यस्तो स्थिति बनेको बताईएको छ । पन्तको शहमतीबाट इञ्जिनिएर जोशीले लाभ आर्जन गर्दैछन तर डाक्टर पौडेल कति जोखिममा परेका छन भन्ने कुरा सबैले अनुमान लगाई सकेको हुनुपर्छ

जमुना घलेको उम्मेद्वारीले सबै आत्तिएका छन । पछाडी फर्कन पनि सक्दैनन् अगाडी बढ्न पनि नसक्ने धेरै उम्मेदवारहरुको यो पटक बिचल्ली देख्नु पर्नेछ ।

यसमा तपाईको मत