अपचलन नगर: आजीवन काराबासको सजायं नभोग

NCCusa

सिकागो, अमेरिका सेप्टेम्बर ४ ।

भोली र पर्सी दुई दिन हुन गैरहेको गैर आबासीय नेपाली संघ रास्ट्रिय समन्वय परिषद (एनआरएन एनसीसी) अमेरिकाको निर्बाचनको सीधाकुरा टेक्निकल समुह नजिकबाट निहाली रहेको छ । १० जना आइटी इञ्जिनिएर सम्मिलित समुहले अनलाइन भोटिंग २०१४ र २०१५ को निर्बाचन धाँदली मुक्त नरहेको अनुभवलाई बुझेर यो पटक त्यसो हुन नदिन प्रयत्न गरिरहेको छ ।

जबर्जस्ति अर्काको नाउमा आम रुपमा भोट हालेको र प्रणाली अबरुद्द (सिस्टम ह्याकिंग) गरेर एक जना वा समुहको नाउमा भोट खसालेर भोटिंग फ्रड भएको प्रमाण जुट्ना साथ ३० मिनेट भित्रमा उक्त घटना प्रहरीलाई जानकारी गराई सम्बन्धित व्यक्ति, निर्बाचन आयोग र बर्तमान बोर्डका बिरुद्द प्रहरी समक्ष उजुरी र तत्काल संघीय अधिबक्ता मार्फत कानूनी प्रक्रिया अघि बढाइने कुरा समुहले सीधाकुरालाई जानकारी गराएको छ ।

बोस्टन, न्युयोर्क, बाल्टिमोर, फ्लोरिडा, ह्युस्टन, डेनभर, लस एञ्जलस, स्यानफ्रान्सिस्को, पिट्सबर्ग र सिकागोबाट भोटिंग सिस्टम मनिटरिंग भैरहेको समुहले जनाएको छ ।

आज बिहान सीधाकुरा प्रतिनिधिसंग सिकागोमा समुहका एक जना इञ्जिनिएरले बताए -सन २०१४ र २०१५ को निर्बाचन अपचलन काण्ड यो पटक पनि दोहोरिन सक्ने स्थितिलाई रोक्न जोखिम लिएर यो कदम अगाडी बढाईएको हो । आफ्नो नाउ प्रकाशित नगरी दिन उनले अनुरोध गर्दै सीधाकुरा मार्फत घटनाको बिस्तृत जानकारी अमेरिकाको नेपाली समाजलाई गरिने हुँदा आजदेखि ३ दिन अलर्ट हुन उनले अनुरोध गरेका छन । सन २०१४ र २०१५ को निर्बाचन अपचलन गर्ने एउटा समुह हिजैदेखि सक्रिय रहेको समेत उनले जानकारी दिएका छन । निर्बाचन आयोग भित्रै २ जना व्यक्तिलाई समुहले निगरानीमा राखेको उनले बताए । बिगतका दुई चुनावमा एक जना व्यक्ति अत्यन्त सक्रिय रहेको र यो पटक पनि उनको भूमिका माथि निगरानी राख्ने प्रयत्न हुनेछ ।

धाँदलीरहित गर्न अनुरोध

एनआरएन एनसीसी अफ युएसएको भोलीदेखि शुरु हुने चुनावलाई आफ्नो पक्षमा मोड्न र निर्बाचन आयोगका ती दुई व्यक्तिहरुलाई आफ्नो पक्षमा दुरुपयोग गर्न प्यानल निर्माण गरी चुनावमा होमिएका दुई वटा समुह ज्यादै सक्रिय रहेकोले उनीहरुलाई समेत निगरानीमा राखेको सीधाकुरा टेक्निकल समुहले जनाएको छ । बिगतको चुनाव अपचलनमा सक्रिय एउटा समुहलाई बिशेष निगरानी गर्नु परेको समेत सिकागोमा आज बिहान जानकारी गराइएको छ । सीधाकुरा न्युज नेटवर्क प्रतिनिधि सिकागोमा ३ दिनदेखि रहीआएको छ ।

सीधाकुरा न्युज नेटवर्क आम मतदाता, निर्बाचन आयोग, उम्मेदवारहरु र अनलाईन भोटिंगका लागि काम गरिरहेका कर्मचारीहरुलाई अनुरोध गर्दछ: सिस्टम फेल्यौर भएर चुनाव अपचलन भएको नोटिस प्राप्त हुनासाथ कार्यबाही अगाडी बढाइने हुनाले त्यस्तो हर्कत कोहि कसैबाट नहोस ।

चुनाव अपचलन नगर, शान्तिपूर्ण र धाँदलीरहित सम्पन्न गर । चुनाव धाँदलीपूर्ण भएको भेटिएमा संलग्न सबै पक्ष आजीवन काराबासको सजायं भोग्न तयार होउ । यो अमेरिका हो, यहाँ बेइमानी गरेको भेटिएमा नेपाली भनेर कसैलाई छोडिने छैन । चुनावमा होमिएका पक्षहरु यहाँ कोहि पनि नेपाली छैनन, एनआरएन एनसीसी अफ युएसएको बिधान अनुसार सम्पन्न हुन गैरहेकोले चुनाव अपचलन भयो भने अमेरिकाको निर्बाचन कानून आकर्षित हुन्छ भनेर बुझ्न सबै पक्षलाई अनुरोध छ ।

धाँदलीरहितको निर्बाचनले मात्र सहि निर्बाचन प्रणाली दिन्छ भने असल नेतृत्व र व्यक्तिहरुको कार्य समिति दिन्छ, भोलीका दिनमा यस्तो सक्षम नेतृत्वले मात्र सबैका लागि असल काम गरेर समाजको सेवा गर्न सक्छ । समाज सेवाको नाउमा नेपालका राजनीतिक दलहरुको जस्तो चुनाव लुट्ने प्रबृत्ति निरुत्साहित गर्न सीधाकुरा टेक्निकल समुहले काम गरिरहेको छ ।

यसमा तपाईको मत