डाक्टर पौडेललाई काउन्टर दिन यति भए पुग्छ

sanjaya10

न्युयोर्क सिटि, अमेरिका ।

एनआरएन एनसीसी अफ युएसएको चुनावको नतिजा घोषणा संगै बोर्ड अफ डाइरेक्टर पदका तीन शक्तिशाली उम्मेदवारहरु संजय थापा, प्रिती सागर खत्री र गोपेंद्र भट्टराईको विजयले डाक्टर केशव पौडेल खेमामा भुइचालो गएको छ । कसैका खेताला डाक्टर पौडेलको नसा गलेको र दिमाग भारी बन्दै गएको अहिले राति न्युयोर्क सिटिमा अनुभव गरिएको छ, न्युयोर्कमा चिसो बढ्दै गए पनि न्युमेक्सिकोको तापक्रम घटेको छैन । बुद्दि पुर्याए त्रय थापा, खत्री र भट्टराइले भने आगामी दुई बर्ष डाक्टर पौडेलको तापक्रम रत्तिभर घट्ने छैन । तापक्रम बढाबढ बीच डाक्टर पौडेल आइसीसीको उपाध्यक्ष (२०१९-२०२१) खान पुग्छन त्यो बेला, सीधाकुरा समुहले उनको तापक्रम दोब्बर बढाउने छ र एकै पटक माइनस १० मा झार्न सघाउनेछ, यो मिसन यो पटक खगेन्द्र जिसीले अनुभव गर्नेछन यदि आइसीसीको ठुलो भाग खान हाम्फाले भने, उनका २०१४ का सहपाठी लोक तिवारीले जसरी अहिले चाखे, त्यस्तै जिसीले चाख्ने कुरा घाम जत्तिकै छर्लंग छ ।

अनेक छलछाम र नेक्सस बीच निर्बाचित भएकोमा फेसबुकले डाक्टर पौडेलको तस्बिर दिनभर घुमायो । निर्बाचन आयोग यतिसम्म निरिह भयो की डाक्टर पौडेलकै रिमोट कन्ट्रोलमा आयोग कन्ट्रोल्ड थियो । धेरै अपचलन भयो चुनावमा । अर्का उम्मेदवार रबिना थापालाई डाक्टर पौडेलकै भागबाट १ हजार १ सय मत एकै पटक ओरालिएको थियो तर आयोग नदेखेको नदेख्यै भयो, त्यसको पछाडीको कारण थियो डाक्टर पौडेलको मत ६ हजार र थापाको मत २ हजारको हाराहारीमा हुँदा धेरै मतान्तर हुने र धाँदलीको संकेत स्पस्ट देखिने हुँदा त्यसो नगर्न रिमोट कन्ट्रोल आफै अह्राउदै थियो । जे होस् डाक्टर पौडेलले सजिलै जिते, यसरी जिताउन ४ महिनादेखि भूमिगत गिरोह सक्रिय थियो र आयोग निरिह बन्दै काम गर्दै थियो ।

कस्ता कस्ता नेक्सस?

जनसम्पर्क समितिका सभापति गोरख बिस्टले कृष्ण पोखरेललाई अन्तिम समयमा सहयोगको याचना बाध्ना साथ उनी र अर्का एक बाहेक त्यो निर्णयलाई कार्य समितिका एक जनाले पनि मानेनन । जसले गर्दा रबिना थापा ८ सय मतले पछाडी परिन । प्रबासी नेपाली मंच यति कन्फुजनमा पर्यो की रबिना, केशव र कृष्ण? आफ्नो उम्मेदवार को हो भन्ने कुरामा दुबिधा हुँदा पुरुषोत्तम बोहोरा ३ सय मतले पछाडी परे, जुन मत संजय र प्रितीलाई झर्यो तर बोहोरालाई झरेन । गाइ पार्टीको उर्दीले गर्दा लोक तिवारी हावा खाए तर त्यहि मत संजय र प्रितीलाई झर्यो । शुरुमा बोहोरालाई जिताउने र उनको बिपक्षीलाई हराउने सम्झौता भयो मंचसंग तर अन्त्यमा बोहोरालाई हराउने सर्तमा काम सम्पन्न भयो । शुरुमा राधालाई हराउने सम्झौता गरे डाक्टर पौडेलले तर पछि राधालाई जिताउन नै कम्मर कसे । शुरुमा कृष्ण लामिछानेलाइ पहिलो बोर्ड अफ डाइरेक्टर बनाउने भन्ने डाक्टर पौडेलको इक्षा थियो तर गौरी जोशी र डाक्टर पौडेलको सम्झौता पछि डाक्टर अर्जुन बन्जाडेलाई पहिलो बनाउने सहमति भयो । लामिछाने डाक्टरको ट्रयाकमा भएकोले जोशीले त्यसलाई मन पराएनन । चिप्लोमा राम तोरिया जस्ता लामिछानेबाट जोशी अघाई सकेका थिए त्यसैले जोशीले लामिछानेको पहिलो हुने इक्षा तुहाई दिए । डाक्टर पौडेल उमा थापालाई हराउने मुडमा थिए तर जोशीले डाक्टरको मुड परिबर्तन गरि दिएका थिए । आफ्नो चुनावको प्रचार प्रसारभरी लाटो जस्तो देखिने जोशी चुनाव हुने ३ दिन अघिदेखि निकै सक्रिय थिए र डाक्टर पौडेलसंग अनेक सहमति सम्झौता गर्दै चुनावलाई प्रभावित पारिरहेका थिए । रबिना थापा र डाक्टर बीच नै प्रतिस्पर्धा हुनेछ भनेर सीधाकुराले बताई दिए पछि रबिनालाई कसरी गोलखाडी हाल्ने भन्ने दाउ डाक्टर पौडेलको बन्दै आएको थियो तर जनसम्पर्क समितिले गलत निर्णय गरि दिंदा रबिनाको स्थिति डामाडोल भयो ।

21430214_10155656265498582_6304662633525022721_n21369367_10155656265398582_5871118027234267924_n

मानबिय सेवामा यसरी समर्पित हुँदै जाने हो भने थापाका आगामी दिन डाक्टर पौडेलका लागि धेरै महँगो पर्दै जानेछ, बिपी जयन्तिको लागि आज न्युयोर्कमा आयोजित रक्त दान कार्यक्रममा बिस्व बास्तोला लगायतका ६० भन्दा बढी कांग्रेसी समर्थकहरुको भिडको आकर्षक पात्र थापाको उपस्थिति डाक्टर पौडेलको लागि चुनौतीको पहाड बन्न सफल भएको छ । अमेरिकामा जनसम्पर्क समितिको संस्थापन पक्ष र मंचको पक्ष बीच आपसी तालमेल हुनासाथ डाक्टर खेतालाहरुको दिनको गन्ति नै हुँदैन ।

१९-२१ को अध्यक्ष थापा

डे वानदेखि अध्यक्ष निर्बाचित डाक्टर पौडेलका हरेक काममा काउन्टर दिन सफल भए भने बोर्ड अफ डाइरेक्टर पदका निर्बाचित संजय थापा भोलिको एनआरएन अमेरिका (२०१९-२०२१) का अध्यक्ष हुनेछन भनेर कसैले नकार्न सक्दैन । उनका अभिन्न मित्र बिस्ट लगायतका धेरै व्यक्तिहरुको थापाले सहयोग र समर्थन पाउनेछन । मंचको एकल मत उनको पक्षमा हुनेछ । डाक्टर पौडेलका नकारात्मक काम र इमेजलाई थापाले क्यास गर्न पाउनेछन आगामी २ बर्ष । कार्य समिति भित्रका डाक्टर पौडेलले मादल बजाए नाच्न तम्सिने महिला तथा सज्जनबृन्द लठ्ठीहरु भएको हुँदा उनीहरुको भूमिका खासै केहि हुनेछैन । अनलाइन बैठकका कोरम पुरा र ‘हुन्छ बहादुरी’ उनीहरुको पर्याय हुनेछ ।

एनआरएन अमेरिकाको सक्ति सन्तुलन (चेक एण्ड ब्यालेन्स) मा बस्न र डाक्टर पौडेललाई हरेक ठाउमा काउन्टर दिन सक्ने क्षमताबान व्यक्ति भनेकै संजय थापा मात्र एक व्यक्ति हुन, कार्य समितिमा उनी एक्ला होलान तर सिंगो संरचनामा उनको भूमिका डाक्टर पौडेलको भन्दा १० गुणा बढी हुनेछ, समाजले प्रतिपक्षको भनाइ सुनी रहेको हुन्छ । असल र समालोचक प्रतिपक्ष भएर डाक्टर पौडेललाई दाम्लोमा बाध्न सक्ने व्यक्ति थापाले अहिले कति नेक्सस भिडाएर विजय हासिल गरेका छन, त्यो दुखलाई मनन गरेर भोलीको एनआरएनको खाका कोरुन! हाम्रो शुभकामना यहि हो ।

अमेरिकाको नेपाली समाज चिनेका, जानेका र बुझेका थापा, खत्री र भट्टराइले डाक्टरकै पुच्छर बनेर इतिहास रचे भने उनीहरुको बिलय डाक्टरको पुच्छर मुनि हुने हो, न समाजले १९-२१ मा उनीहरुलाई अगाडी ल्याउछ, न डाक्टर पौडेलले । धुलो माटोमा हराउनु छ भने हाम्रो भन्नु पनि केहि छैन ।

डाक्टर पौडेललाई काउन्टर दिन र शक्ति सन्तुलनमा रहन थापा, खत्री र भट्टराइलाई सीधाकुरा सुझाउँछ ।

यसमा तपाईको मत