एनआरएन अमेरिकामा पन्त हाबी: शेर्पा र जोशी आरसीमा प्रतिष्पर्धी

Kumar

न्युह्याम्सर अमेरिका ।

एनआरएन एनसीसी अफ युएसए भित्र गौरी जोशी र डाक्टर केशव पौडेलको उम्मेद्वारीको कारण अत्यन्त खतरनाक खेल शुरु भै चुनाव स्थगित र अनिश्चितकालीन मन्दीलाई तोड्न आइसीसीका आशन्न निर्बाचनका पहिले अध्यक्ष पदका उम्मेदवार र हालका अध्यक्ष पदका अर्का उम्मेदवार भनि घोषणा गरेका भवन भट्टका “पुस ब्याक” कुमार पन्तको भित्रि खेलले अहिले एनआरएन अमेरिकाभित्र बिदेशी शक्ति हाबी हुँदै गएको अनुमान गरिएको छ ।

हुन त पुस ब्याक व्यक्ति पन्तका पनि ठुला पुस ब्याक पूर्ब अध्यक्षहरु उपेन्द्र महतो र जीबा लामिछाने हुन । एनआरएन एनसीसी अमेरिकामा बिदेशी शक्तिको हाबी गराउनमा बर्तमान अध्यक्ष डाक्टर केशव पौडेल जिम्मेवार छन । डाक्टर पौडेलले दुई बर्ष एनआरएन अमेरिका हाँकेको उपलब्धि यहि हो । उनि आफु तातो भुत्लो गर्न केहि नसक्ने र आफ्नो असक्षमताको कारण आन्तरिक रुपमा उनले डाक्टर यादव पण्डितलाई हावी गराए भने बाह्य रुपमा पन्तलाई । यो सामाजिक संस्थालाई राजनीतिक चरित्र दिएको प्रमाण पनि हो । नेपालको राजनीति सुधार गर्न नसक्ने देउवा जस्ता असक्षम व्यक्तिहरुले नरेन्द्र मोदीहरुलाई जुन रुपमा बाह्य शक्ति बनाए त्यहि रुप हो पन्तहरुलाई एनआरएन अमेरिकामा हावी गराउन – काठमान्डूबाट आज दिउसो पाइएको अशुभ संकेत हो यो ।

डाक्टर केशव पौडेल र गौरी जोशीबीच चुनाव रोकिएको केहि दिन पछि जोशीले टेनेसी स्थित एउटा कोर्टमा दायर गरेको मुद्दा फिर्ता गराउन पन्त जर्मनीबाट १० औं हजार डलरको बिजनेस क्लास टिकट काटेर लुसुक्क सिकागो आए र जोशी तथा डाक्टर पौडेलको हात मिलाए, मुद्दा फिर्ता गराए र भवन भट्टले दिएको लाखौँ डलर बजेट मध्यबाट जोशीले त्यतिबेलासम्म गरेको खर्चको भुक्तानी दिलाए र अर्को महत्वपूर्ण आश्वासन पनि दिलाए -आसन्न आइसीसी निर्बाचनमा एनआरएन अमेरिकाको तर्फबाट क्षत्रिय संयोजक (आरसी) पदमा उम्मेद्वारी सदर गर्ने र अर्को कसैको उम्मेद्वारी पर्न नदिने ।

तर दुखको कुरा अत्यन्त बलिया उम्मेदवार, अन्तरास्ट्रिय समुदायमा चिर परिचित र एनआरएन ग्लोबलमा सन २००६ देखिको सेभेन समिटको तर्फबाट धेरै योगदान पुर्याएका संस्थापक तथा आइसीसीका बर्तमान क्षेत्रीय उपसंयोजक एसी शेर्पा सालकाले पहिल्यै उम्मेद्वारी घोषणा गरिसके पछि उनलाई हराउन र जोशीलाई दिएको बचन पुर्याउन अहिले पन्त एनआरएन अमेरिकामा हाबी बन्दै गएका छन ।

आइसीसी प्रतिनिधि छनौट

डाक्टर केशव पौडेल लगायतका बिजयी उम्मेदवारहरुको सपथ ग्रहण कार्यक्रममा समेत पन्तको रबैया हाबी नै भयो, उनी गोप्य रुपमा जोशी र पौडेललाई लिएर टेक्सास पुगे । आइसीसीको प्रतिनिधि छनौट प्रक्रियामा ब्यापक धाँदली गर्ने योजना त्यहाँ बन्यो, त्यो योजनामा जोशी र पौडेललाई सहमत गराउन पन्त सफल भए । १८० जना आइसीसी प्रतिनिधि छनौट गर्ने र आसन्न निर्बाचनमा जोशीलाई आरसी पदमा जिताउने योजनामा पुरा पुर् सहयोग गर्न पन्तले डाक्टर पौडेललाई अह्र्याएका छन, जसरी जोशीले डाक्टरलाई एनसीसीको निर्बाचनमा सघाए त्यहि ढंगको सहयोग गर्न पौडेललाई पन्तले दबाब दिएका छन । पन्तको आग्रह बमोजिम जोशीको हाबी हुने ढंगले शुरुमा ७ सदस्यीय आइसीसी प्रतिनिधि छनौट गरिएकामा पछि भारी बहुमत पुर्याउन र रातारात धाँदली गर्न प्रमोद सिटौला र स्वराज खातीलाई थपेको बहाना बाहिर ल्याए, जसलाई बोर्ड निर्देशक द्वय संजय थापा र प्रिती खत्रीले नबुझेका कारण केहि दिन प्रचारबाजी गरे र अहिले सबै चुप लागि सकेका छन । सबैको उद्देश्य जोशीलाई एकलौटी रुपमा चाहिने ९२ मत पुर्याउन सहमत भएका छन । थापा र खत्री चुप लागेका छन ।
https://nrnnccusa.org/ICC/

धाँदलीको रुप

Pratinidhi

४ दिन अगाडी देखिनै टेक्सासका मात्रै १ सय जनाको डेलिगेसन फाराम भवन भट्टको जनही ५० डलरको बजेटमा भरिसकेर हिजो बेलुका राति १२ बजे उक्त फारमको वेब साइट सार्बजनिक गरियो । पहिलोलाई प्रार्थमिकता भन्दै सार्बजनिक गरिएको र अरु कसैले क्लिक गर्दा समेत नखुल्ने उक्त वेब साइटमा ४ दिनदेखि नक्कली प्रतिनिधिहरुले पहिले प्रार्थमिकता पाइसकेकोले मुर्गाहरुले अझैसम्म कुरो नबुझेर ५० डलर तिरिरहेको बताईएको छ ।

एनआरएन अमेरिकामा लाचार छायाँ भनेर चिनिने डाक्टर केशव पौडेलको कारण यो सब नाटक भैरहेको हो । आफ्नै सदस्यहरुलाई यतिविधि पागल बनाएर नाटक मन्चन गर्न उनि अत्यन्त सफल छन, मुद्दा मामिला समेतबाट हच्किनु परेन भन्ने दम्भ छ उनमा, डाक्टर पौडेल हान्ने राँगो जस्ता भएका छन, त्यहाँ माथि भवन भट्टको लाखौँ डलर एनआरएन अमेरिकामा परिचालन भएको छ । आइसीसीको निर्बाचन त डाक्टर पौडेलको खाँडो जगाई भएको छ । भवन भट्टको डलरमा एनआरएन अमेरिकामा हुने नहुने सबै काम भएका छन । मुख्य मान्छे नै चोर भए पछि घरका अन्य परिबारका सदस्यहरु के होलान? भनिरहनु परेन ।

तर जति सुकै धाँदली गर, आइसीसी निर्बाचनमा भवन भट्टको समेत बाजे जमुना घलेको उम्मेद्वारी औपचारिक रुपमा आउँदा र ग्लोबल एनआरएनमा ठुलो योगदान गरेको व्यक्ति एसी शेर्पाको पछाडी पनि सयौं डेलिगेटहरुले मतदान गर्ने भएकाले भट्टले सोचे जस्तो, पन्तले गरे जस्तो र पौडेल तथा जोशीले हात मिलाए जस्तो मात्रै कहाँ हुन्छ र? शेर्पा कमजोर उम्मेदवार छैनन् । नेपालमा बाढी आउँदा होस् या भुकम्प जाँदा होस्, या एनआरएन बिल्डिंगका लागि होस् या भुकम्प पीडित घर टहरा निर्माणमा होस् एसी शेर्पाको योगदान कसैले बिर्सेका छैनन् ।

जोशीको योगदान के त भन्ने कुरा भोटरले बुझ्दैनन् र? जे भए पनि योगदानको कुरा आइ हाल्छ नी !

हेरौं जोशी र शेर्पा कसको पल्ला भारी हुन्छ? रातारात अबैध रुपमा भराइएका प्रतिनिधि छनौट फारामले कति काम गर्दो रहेछ? र भवन भट्टको लाखौँ अबैध रुपमा अमेरिका भित्र्याइएको दामले कत्रो प्रभाव पार्दो रहेछ? त्यो भने आइसीसीको ग्लोबल कन्भेन्सन र निर्बाचन अक्टोबर १४-१७ पछि मात्र थाहा हुनेछ ।

यसमा तपाईको मत