डाक्टर पौडेलको अनैतिकताको पराकाष्टा: अन्तिम सुची प्रकाशित

Dr

न्युह्याम्सर अमेरिका ।

एनआरएन अमेरिकाका नव निर्बाचित अध्यक्ष डाक्टर केशव पौडेल, महासचिब बाबुराम लामा र बिबादास्पद डेलिगेट कमिटिका सदस्य तथा गैर कानूनी ढंगले कमिटीमा राखिएका व्यक्ति प्रमोद सिटौलाको अनैतिकताको पराकाष्टा अहिले राति साढे नौ बजे प्रकाशित भयो अर्थात एनआरएनए आइसीसीको आसन्न सम्मेलन र निर्बाचनका लागि अमेरिकाबाट प्रतिनिधित्व गरी जाने १ सय ८१ जना व्यक्तिहरुको सुचिमा समाजका केहि व्यक्तित्वहरुलाई अपमानजनक ब्यबहार गर्दै सुचीबाट निस्कासित गरियो ।

नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति गोरख बिस्टलाई यसै गरी अपमानजनक ढंगबाट निस्काशित गर्न अहिले राति ९ बजे महासचिब बाबुराम लामाले कमिटिका सदस्यहरुबीच मतदानको प्रसंग उठाएको कुरा सीधाकुराले जानकारी पाए पछि महासचिब लामा बिरुद्द कडा अभिव्यक्ति दिनु परेको थियो, त्यो बिषय कमिटिका सदस्यहरुबीच मतभेदको बिषय बन्न गयो र अन्तंत: सभापति बिस्टलाई सूचिको अन्तिममा अर्थात १ सय एकासी स्थानमा राखेर अपमानपूर्बक नाक जोगाउन अध्यक्ष पौडेल र महासचिब लामा सफल भए, यी दुई नाटककारहरुको नैतिकता यसैबाट प्रस्ट हुन्छ । अनैतिक द्वय पौडेल र लामाले बद्नाम ड्राइभर बिष्णु सुबेदीलाई एक नम्बरमा राखेर अस्ति केहि दिन अघि डाक्टर पौडेललाई तथानाम भनेको गुण लगाएका छन । अनैतिकहरुलाई नैतिकताको पाठ सिकाउन यो समाजमा कसैले सक्दैन भन्ने भान छ, त्यो भान आगामी दिनमा सीधाकुराले सिकाउँछ ।

एनआरएन एनसीसी अफ युएसएको केहि दिन अघिको चुनावको लागि गठित एउटा कमिटिमा राजनीतिकर्मीको कारणले न्यायिक समितिले अयोग्य प्रमाणित गरेका चेत प्रसाद पौडेल र प्रमोद सिटौलालाई सुचिमा समाबेस मात्र गरेको छैन, उनीहरुका एनआरएन अमेरिकामा कुनै नाउ थर नमिल्ने श्रीमतीहरु एलिजा पौडेल र नर्बदा सिटौला समेत सुचीमा परेका छन् ।

डाक्टर पौडेल र उनका मतियार बि आर लामाको मनोमानीका कारण अमेरिकाको नेपाली समाजमा नाउ चलेका व्यक्ति बेद प्रसाद खरेललाई बदनियतपूर्ण ढंगले हटाइएको छ ।

डेलिगेट सुचिबाट अपमानजनक ढंगले नाम हटाइएका र शहीद बनाइएकाहरुमा जनसम्पर्क समितिकै धर्म श्रेष्ठ, अमृत भट्टराई र बिनोद भट्ट पनि हुन्, उनीहरुले बिबेकहिन पौडेललाई सहयोग गर्दै आएका थिए, समितिका सभापति गोरख बिस्टका हनुमान बिस्व बास्तोलालाई समेत घांटी रेट्न बिबेकसुन्य पौडेल सफल भए, यसप्रकारको सफलता सबै ड्राइभर सुबेदिकै कारण हो ।

यस्ता हटाइएका व्यक्तिहरु धेरै छन ।

कीन हटाइए खरेल?

नेपाली जनसम्पर्क समिति भित्र बिशेष नाउ हो बेद प्रसाद खरेल, समितिका संगठन बिभाग प्रमुख हुन् खरेल । खरेललाई पाखा लगाउँदा ड्राइभर सुबेदीको हात माथि पर्छ भन्ने डाक्टर पौडेलको बुझाई छ, ड्राइभर सुबेदीको धन्दाको साख जोगिन्छ भन्ने डाक्टर पौडेलको आस्था र बिस्वास छ ।

जनसम्पर्क समितिको बिगतको टेक्सास अधिबेसनमा हजारौं डलर घोटाला गरेको ड्राइभर सुबेदीको साख जोगाउन अहिले डाक्टरले यस्तो बदनियतपूर्ण खेल खेलेका हुन, यो कुरा कदापि नसोच्नु की ड्राइभर सुबेदीको घोटाला सम्बन्धि सबै सुचना र प्रमाण सिधाकुरासंग छैन, इन्टरनल रेभेन्यु सर्भिसेजको हट लाइनमा अहिले राति फोन गरेर सुबेदीको हुलिया बताउन सीधाकुरा सक्छ र डाक्टर पौडेलले के गरी सुबेदीलाई बचाउन सक्छन त्यो कुरातर्फ डाक्टर पौडेलले हेक्का राखेका छैनन ।

unnamed-2unnamed-3unnamed-4unnamedunnamed-1

डाक्टर पौडेलको अनैतिकता र बिबेकहिनता

एनसीसी अध्यक्ष डाक्टर पौडेलले नैतिकता त दुइबर्ष अघि नै गुमाइसकेका हुन तर अलिकति भएको बिबेक पनि आजबाट गुमाए । समाजले अपेक्षा गरेको पात्रहरु एनआरएनएको अधिबेसनमा डेलिगेटको रुपमा जान नपाउने तर उनका चाकरदारहरुको स्वास्नीहरु जान पाउने भन्ने पनि कुनै नैतिकता र बिबेक हो?

डाक्टर केशब पौडेल भनेको जे पनि गर्न सकिन्छ भन्ने कुपात्रको रुपमा अमेरिकाको नेपाली समाजमा अगाडी आइरहेको छ, उनलाई अमेरिकाको कानूनले छुंदैन भन्ने भान छ, यो नाउ हेर्दा हेर्दै अमेरिकाको कुनै जेलको काल कोठरीमा खाँदिन पनि बेर लाउदैन, त्यो बेला उनको समाजसेवा र पेशा दुनियाले चाल पाउनेछन, हामीलाई नेपाली भएको नाताले जेलमा कुनै नेपालीलाई खांदी हालौं जस्तो लाग्दैन तर त्यस्तो दिन पनि आउँछ, जुनबेला हाम्रो नेपाली नाताले काम गर्दैन, अत्याचार भए पछि छेवांग शेर्पालामा बनाउन हाम्रो बिबेक प्रयोग हुन सक्छ ।

डाक्टर केशब पौडेलले कालो समाजसेवा मार्फत यहि मार्ग रोजेको हाम्रो अनुभव छ ।

हेर्नुहोस डाक्टर पौडेलले उनका मतियार बाबुराम लामा मार्फत अहिले राति ९:३० बजे तय गरेको काठमान्डू लैजाने डेलिगेटहरुको सुची, यो सुची निर्माण सम्पन्न गरेर दुई दिन अघि नै काठमान्डू पुगीसकेका छन प्रमोद सिटौला, अनेक बखेडा थापेर जनसम्पर्क समितिका सभापति गोरख बिस्टलाई हटाउन डाक्टर पौडेलका मतियार बाबुराम लामा हिजो राति ९ बजे देखि तल्लिन थिए, बैठक बोलाएर स्थगित गर्न समेत भ्याए तर धेरै तिरको दबाब झेलेर बिस्टलाई हटाउन सकेनन तर बेद प्रसाद खरेललाई हटाएर अपमान गरिएको छ, समाज यहि हो यसको बदला आगामी दिनमा धेरै ड्राइभरहरुले अनुभव गर्नेछन ।

यसमा तपाईको मत