दुई पदका लागि ६: कुमार एक, अर्को एकमा सहमति गर

VPs

न्युह्याम्सर अमेरिका ।

तीन दिन पछि आयोजना हुने गैर आबासीय नेपाली संघ अन्तरास्ट्रिय समन्वय परिषदको महाधिबेसन र निर्बाचनका लागि भूमिका न्यून तर महत्वपूर्ण मानिने उपाध्यक्ष दुई पदका लागि ६ जना उम्मेदवारहरु मैदानमा छन । यी दुई पदका ६ आकांक्षी मध्ये बर्तमान उपाध्यक्ष कुमार पन्तको अब बिकल्प रहेन, सबै पक्षबाट उनी सर्बसम्मत देखिई भेटिई सकेको हुँदा बाँकी अर्को एक पदका ५ जनाबीच सहमतिमा एक जना उपाध्यक्षको निर्णय हुन सक्यो भने त्यो सर्बोत्तम निर्णय हुनेछ तर यो सम्भावना भने अब न्यून भैसकेको छ ।

फेरी पनि भनौं कुमार पन्त निर्विकल्प उम्मेदवार हुन ।

बाँकी ५ जना क्रमश अमेरिकाबाट सोनाम लामा र खगेन्द्र जिसी, कतारबाट नरेन्द्र भाट, जापानबाट चिरन्जिबी थापा र बेलायतबाट कुल आचार्य आइसीसी उपाध्यक्ष पदका प्रत्यासीहरु हुन । एक पदका लागि यी ५ प्रत्यासीहरुको जितको आशा र उनीहरुको योगदानको आधार बारे ७६ देशबाट काठमान्डू आइपुगेका सबै डेलिगेटहरु पक्कै जानकार छैनन, जो छन उनीहरुले ५ मध्ये एक जनालाई मत जाहेर गर्ने टुंगो गरिसकेका छन ।

कुरो अमेरिकाबाट प्रतिनिधित्व गर्ने दुई हस्तीहरु सोनाम लामा र खगेन्द्र जिसीबाट शुरु गरौँ । आइसीसीमा समय लगानी, दान दातब्य, आइसीसीको योजना र बर्तमान अध्यक्षका उद्देश्य परिपुर्तिमा संलग्नताको कुरा हेर्यो भने लामाका अगाडी जिसीको योगदान प्राय सुन्य छ । नेपालमा घटेका घटनाहरुमा लामाको संलग्नताको अगाडी जिसीको नाउ लिन पनि सकिन्न । पछिल्लो पटक प्रधानमन्त्री शेर बहादुर देउवाको न्युयोर्क भ्रमणका क्रममा दायाँबायाँ लागेको भरमा जिसीले प्रधानमन्त्रीको आशिरबाद “एनआरएनको नेतृत्व लिनु” भन्ने भनाई सार्बजनिक भए पछि काम भन्दा नाउ ठुलो भएको सबैले अनुमान गरे भने कांग्रेस वृत्तमा त्यो खालको नेतृत्वको बिकल्प खोज्ने काम भयो र कांग्रेसकै एउटा हिस्साले लामालाई कांग्रेस प्रबेस गराए र जिसीको बिकल्प रोज्न प्रधानमंत्री देउवा स्वयमलाई बाध्य बनाए ।

यो सब नाटक वा यथार्थ जे भए पनि जिसी भन्दा लामा नै अगाडी भन्ने संदेश अहिले स्पस्ट भएको छ, भलै भोली जिसिकै अग्रसरतामा कांग्रेस प्रवेश गरेका लोक तिवारीको पलायन जस्तै लामाको पलायन नहोला भन्न सकिन्न तर खेलकुद प्रतिस्पर्धाको अन्तिम लक्ष प्राप्तिमा हुने सबै प्रकारका क्रियाकलाप जित हासिल गर्ने उद्देश्यका लागि हुन्छ, यो कुरा उपाध्यक्ष उम्मेदवार द्वय जिसी र लामाले सहज स्वीकार गर्नु पर्छ ।

पदका लागि हुने यस्ता प्रतिस्पर्धा अब स्वाभाविक लाग्न थालिसकेका छन । लामाका दुइ बर्षदेखिका आइसीसी सम्बन्धि गतिबिधि र जिसीका गतिबिधि बीच जांच पड्ताल गरेर हेर्यौं भने जिसी ५ उम्मेदवारहरुमा चौथो स्थानमा आउछन । उनी भन्दा कांग्रेस भएकै कारण पाँचौं स्थानमा रहेका कतारका नरेन्द्र भाटको भने हामी त्यति चर्चा गर्नेछैनौ ।

अब जांच पड्ताल गरौँ जापानका चिरन्जिबी थापा र अमेरिकाका सोनाम लामाको । आइसीसीका बर्तमान उपाध्यक्ष जापानकै भवन भट्टको कारण चर्चामा रहेका चिरन्जिबी थापा र लामाको आइसीसीमा योगदान, समय लगानी, दान दातब्य, आइसीसीको योजना र बर्तमान अध्यक्षका उद्देस्य परिपुर्तिमा थापाको संलग्नता र लामाको संलग्नताको कुरा डेलिगेटहरुलाई बुझाउने हो भने लामा थापा भन्दा धेरै अगाडी छन, त्यो कुरा निर्बाचनले स्पस्ट गर्नेनै छ ।

जांच पड्ताल गरौँ लामा र बेलायतका कुल आचार्यको । एनआरएन बेलायतमा संलग्नताको कुराले मात्र आइसीसीमा योगदानको आधार बन्दैन । हामी १० हजार माइल टाढाबाट आइसिसिका गतिबिधिहरुको, अध्यक्षका योजना र कार्यान्वयनका बिबिध पक्षहरुको र नेपालमा घटेका घटनाहरुमा आचार्यको संलग्नता बारे लामासंग नारिएर आचार्यले समेत काम गरेको हामीले अनुभव गरेका छैनौ । एनआरएन एनसीसी बेलायतमा आचार्य नाउ चलेका र योगदान भएका व्यक्ति हुन, उनले एनआरएन एनसीसी बेलायतमा गरेको योगदान र आइसीसीमा गरेको योगदानको तुलना गर्ने हो भने फेरी त्यहि भन्नु पर्ने हुन्छ, लामासंग आचार्य पनि दाँजिने व्यक्ति होइनन ।

यो सब घटना, परिघटना र व्यक्ति बिशेषको योगदान, २ बर्षमा नेपालका लागि गरेको योगदान, आइसिसिको उद्देश्य परिपुर्तिमा गरेको समय र अर्थ लगानी आदिको दृस्टीकोणले हेर्यो भने सोनाम लामासंग दाँजिने अरु ४ उम्मेदवारहरु कोहि छैनन ।

निर्विकल्प उम्मेदवार कुमार पन्त र त्यसपछि ५ मध्ये सहमति वा प्रतिस्पर्धाबाट छान्नै पर्ने एक उम्मेदवार सोनाम लामा हो भन्न सबैलाई कर लाग्छ । यति भनि रहंदा असंख्य असहमति र बिबाद उठ्न सक्छ, कसैलाई चित्त नबुझ्न सक्छ, कतिलाई रिस उठ्न सक्छ, कतिलाई इर्स्या र डाह बढ्न सक्छ, जे भए पनि आशन्न परिणाम मार्फत त्यो समयले निर्धारण गर्नेछ ।

मान्छे हो उसको आँखाले गरेको देख्छ, डेलिगेट पनि मान्छे नै हो उसको बिबेकले भन्छ -जसले गर्छ उसले जिम्मेवारी पाउनु पर्छ । आखिर डेलिगेटले निर्णय गर्ने भनेकै कसले काम गरेको छ कसले छैन? त्यसको मुल्यांकन गर्ने हो, मुल्यांकनमा कुमार पन्त र सोनाम लामा अगाडी छन भन्न सबैलाई कर लाग्छ ।

आइसीसी डेलिगेटहरुलाई हाम्रो आग्रह छ -बिबेक प्रयोग गर्नुहोस र जे देख्नु भयो त्यसको मुल्यांकन गर्नुहोस, भोलिका दिनमा एनआरएनलाई जसले दिशा निर्देश गर्न सक्छ, उसलाई अगाडी बढाउनु होस । एनआरएन आइसीसीको कुर्ची भनेको सिंहदर्बार र मन्त्रालयहरुको जस्तो घुम्ने मेचमा बस्ने अन्धा मान्छेहरुको आराम कुर्ची होइन । सक्षम र योगदान दिन सक्ने अनि ४५ लाख बिदेशियका नेपालीहरुको हितमा सोच्न सक्ने व्यक्तिलाई त्यो कुर्चीमा राख्नुहोस ।

हामीले देखेको बास्तबिकता त यहि हो ।

यसमा तपाईको मत