ब्रेकिङ्ग न्युज !!!!!!!: १४ करोड ठगि

lok

न्युह्याम्सर अमेरिका ।

१४ करोड ठगि काण्ड कान्तिपुर, सीधाकुरा न्युज नेटवर्क र सिधाकुरा जनतासंग आइपुगेको समाचार प्राप्त भएको छ भर्खरै काठमान्डूबाट ।

एनआरएन एनसीसी अफ युएसएका बर्तमान अध्यक्ष डाक्टर केशव पौडेल र ग्रिन सिटि अस्पताल बसुन्धरा, काठमान्डूका संचालक लोक बहादुर टन्डनले अस्पतालकै आडमा रहेको पेट्रोल पम्प सहितको जग्गा खरिद प्रकरणमा गौरी जोशी, राम पोखरेल, प्रकाश सापकोटा, राधा पौडेल, मोहन ज्ञवाली, सोनाम लामा, भक्ति पोखरेल, राम प्रसाद खनाल, रबिन्द्र प्रसाद खनाल, सुनिल शाह, कृष्ण पोखरेल, भानु खरेल, सुमन वस्ती, सुर्य लम्साल लगायत २४ जनालाई साझेदार बनाएर त्यत्रो ठगि हुन् गएको समाचार हाम्रा प्रतिनिधिले काठमान्डूबाट जनाएका हुन ।

हिजो रातभर यो बिषय ब्यापक चर्चाको कुरा भएको जानकारी प्राप्त भएको छ । २४ जनालाई साझेदार मौखिक रुपमा र लिखित रुपमा डाक्टर पौडेल मात्र बनेर नेपाल ओभरसिज इन्भेस्टमेन्ट ग्रुप कम्पनि दर्ता गरेको र त्यहि कम्पनि मार्फत १७ करोडमा जग्गा खरिद गरिएको रहस्य खुलेको छ । १७ करोडमा उक्त जग्गा खरिदमा डाक्टर पौडेलले मात्र हस्ताक्षर गरेका हुँदा उनलाई मात्र त्यो कुरा जानकारी रहेको तर साझेदारहरुलाई डाक्टर पौडेलले २४ करोडमा उक्त जग्गा खरिद गरेको बताउदै आएको बताइएको छ । डाक्टर पौडेलले ७ करोड यहीं खाएको बुझिन आए पछि जोशी, सापकोटा, पौडेल र पोखरेलले डाक्टर पौडेललाई र्याखर्याख्ती एनआरएन ग्लोबल सम्मेलन स्थलमा गरे र ७ करोड घोटाला गरेको स्वीकार गर्न लगाएको हाम्रा प्रतिनिधिले जनाएका छन ।

यसैबीच हाम्रा प्रतिनिधिले गौरी जोशीलाई तपाइको संलग्नता के हो? भनेर बुझ्दा उनले उक्त जग्गामा २ लाख डलर हालेको स्वीकार गरेको खुलासा भएको छ ।

अहिले त्यो जग्गा २७ करोडमा बिक्रि गर्न लागेको खुलाईएको छ ।

भर्खरै प्राप्त समाचार अनुसार डाक्टर पौडेल र टन्डनले जग्गा खरिद गरेको व्यक्तिलाई भडकाउदै र मुद्दा पर्न गए आफ्नो पक्षमा बोलिदिन आग्रह गर्दै गरेका छन ।

यत्रो लफडा गरेर एनआरएन अमेरिकालाई दुरुपयोग गरेको रहेछ र पो चुनाव जितेको? एनआरएनमा मरी मेटेको र गौरी जोशीलाई फ्याक्न हुने नहुने काम गर्नमा डाक्टर पौडेलले पदको दुरुपयोग गरेको हुन सक्ने औल्याइएको छ ।

डाक्टर पौडेल बद्नाम रहेछन, केहि छिन अघि जापानका थापाको ७ करोड ठगि काण्ड सार्बजनिक भए लगत्तै बजारमा आएको यो अर्को ठगि काण्ड कम दमदार छैन आइसीसी चुनावका लागि, यस्तो बद्नाम व्यक्ति र उसका साझेदारहरु भोलि बिहान आइसीसी निर्बाचनका लागि उम्मेद्वारी मनोनय दर्ता गर्न के नाताले लाइनमा उभिन्छन? सीधाकुराको यक्ष प्रश्नको जबाफ मिल्ला?

यसमा तपाईको मत