अगाडिको बाटो

nrnnew

न्युह्याम्सर, अमेरिका ।

भर्खरै सम्पन्न गैर आबासीय नेपाली संघ अन्तरास्ट्रिय समन्वय परिषदको निर्बाचनबाट चुनिनु भएका अन्तरास्ट्रिय अध्यक्ष भवन भट्ट, उपाध्यक्ष कुमार पन्त तथा चिरन्जिबी थापा र महासचिब बद्रि केसी लगायत तथा रास्ट्रिय समन्वय परिषद अमेरिकाको तर्फबाट क्षेत्रीय संयोजक पदमा निर्बाचित गौरी जोशी, उपसंयोजक पदमा निर्बाचित नबिन शेरचन लगायतलाई सीधाकुरा, सीधाकुरा न्युज नेटवर्क र सीधाकुरा युएसए डट कम को तर्फबाट हार्दिक बधाई ।

निर्बाचन एउटा प्रक्रिया हो । साम, दाम, दण्ड र भेद निर्बाचन जित्ने उपाय हो नै, परापूर्व कालदेखि नै यो उपाय चल्दै आएको छ । राजनीतिक क्षेत्रमा होस या सामाजिक क्षेत्रमा यी ४ अबगुण प्रयोग नगरी चुनाव जितिन्न । मात्र फरक यति हो की कसले यी ४ अबगुण बढी र घटी प्रयोग गरे? अन्तरास्ट्रिय समन्वय परिषदको निर्बाचनमा यी ४ अबगुण प्रयोग संस्थापक अध्यक्ष उपेन्द्र महतोको कार्यकाल बाहेक अन्य उम्मेदवारहरुको हकमा मनग्य प्रयोग हुँदै आएको छ, यस्तो लाग्छ यो अब स्वाभाविक हो ।

उम्मेदवारको दृस्टीकोणबाट हेर्दा चुनाव जसरी पनि जित्नु हो । जसरी पनि जित हासिल गर्नै पर्ने यो प्रतिस्पर्धा अहिले भर्खरै सम्पन्न चुनावमा भने एउटा फोहोरी खेलको रुपमा चित्रण भयो, आगामी दिनमा यो फोहोरी खेलले राजनीतिक दलको चुनावमा हुने काटामारको स्थिति निम्त्याउने सम्भावना अहिले नजर अन्दाज गर्न सकिन्छ । एनसिसि अमेरिका अध्यक्ष केशब पौडेल माथि भएको हमलाले आगामी दिनमा त्यो कुरा प्रस्ट्याउने अनुमान गर्न सकिन्छ ।

एनसीसी अध्यक्ष पौडेलले नै फोहोरी राजनीति र खेल भित्र्याएकोले उनी नै त्यसको पहिलो सिकार भए । पहिलो चुनाव उनले अनेक तिगडम गरेर हत्याएकै हुन तर त्यसबाट उनले सिकेनन, दोश्रो पटक चुनाव गरे त्यस्तै तिगडमबाजी भयो । सिक्ने होइन जसरी पनि जित्ने र आफ्ना मान्छेहरु जिताउने मात्र उनको चेस्टा रह्यो । सामाजिक सेवा क्षेत्रको चुनाव भनेको हरेक व्यक्तिलाई अवसरको लागि अगाडि बढाउने हो र आफु ब्याकमा बसेर सघाउने हो भन्ने सामान्य सोच पनि पौडेलमा नभएकाले एनसीसी हुँदै अन्तरास्ट्रिय समन्वय परिषदसम्म पनि उनले फोहोरी खेल भित्र्याउन प्रयत्न गरे, एनसीसीको निर्बाचनमा गौरी जोशीलाई अध्यक्ष पदमा उठ्न नदिन उनले निर्बाचन आयोगलाई कतिसम्म बन्दि बनाए, त्यो जग जाहेर नै छ । कुमार पन्तले जर्मनीदेखि आएर सिकागो बार्ता नगराएको भए एनसीसी अमेरिका रसातलमा डुबी सकेको थियो तर त्यस्तो स्थिति जोगाउन सक्ने हैसिएत हुँदा हुँदै पौडेलले कुनै सकारात्मक बाटो रोजेनन, त्यसबाट बुझिन्थ्यो उनी एनआरएनमा कलंक हुन, उनीबाट ३-४ लाख अमेरिकाबासि नेपालीहरुको हितमा कुनै काम हुँदैन । सारा नेपालीहरुले बुझ्नु पर्छ – कुमार पन्तले राम्रो बाटो पहिल्याई दिएका हुन ।

पौडेलको मोह

एनसीसी अध्यक्ष केशव पौडेल पेशागत डाक्टर भए पछि उनलाई एनसीसी अमेरिकाको प्लेटफर्म प्रयोग गर्ने र नेपालमा धन आर्जन गर्ने मोह बढ्यो । ग्रिन सिटि अस्पताल र त्यसैको छेउको पेट्रोल पम्पमा करोडौं लगानी गर्ने उनको सोच अगाडि बढ्यो । ब्यापारीहरुलाई त्यस्तो सोच आउनु स्वाभाविक हो तर त्यहि सोच पनि एक पटक सोच्न सकिन्छ, बारम्बार त्यो सोचले काम गर्न थालेपछि सामाजिक सेवा क्षेत्रमा अपराध भित्रिन्छ भन्ने कुराको उनमा सामान्य हेक्का रहेन, अहिलेको एनसीसी र आइसीसीको चुनावमा त्यहि अपराधको एउटा सानो रुप देखिसकेको छ, पौडेलको कारण परिषदको सम्मेलनमा पुलिस भित्रिनु र लफडाबाजी हुनु भनेकै अपराधको सृंखला शुरु भएको हो, आज सानो संकेत देखा परेको छ तर दुई बर्ष पछि यो संकेत गोली हानाहानको स्थितिमा नआउला भन्न सकिन्न ।

कानून पैसामा बिक्ने काठमान्डूमा डनहरुसंग बन्दुक हुनु र त्यो बन्दुक परिषदको आगामी अधिबेसन र निर्बाचनका दौरानमा बिदेशियका नेपालीहरुको कन्चटमा तेर्सिनु सामान्य कुरा हुन्छ । एनसीसी अध्यक्ष पौडेल मात्र होइन जबर्जस्ति निर्बाचित उनको सिंगो कार्यसमितिका कोहि पनि चोखा छैनन, जसले त्यस्तो हर्कत काठमान्डूमा देखाउन सक्ने सम्भावना अगाडि बढेको छ । सामाजिक सेवा क्षेत्रमा जसरी पनि जित्ने मानसिकताले त्यस्तो हर्कत निश्चित रुपमा निम्त्याउन सक्छ ।

अगाडिको बाटो

अमेरिकाको नेपाली समाज बिटुल्याई सकेका व्यक्तिहरुको झुण्डले अपराध निम्त्याउने कुरा हुन्छ भन्ने बुझ्न र त्यसको समयमै निराकरण बारे सोच्न परिषद्को अमेरिकाज क्षेत्रीय संयोजक पदका निर्बाचित गौरी जोशी र उपसंयोजक पदका नबिन शेरचनले बिशेष ध्यान दिन जरुरी छ । यो पनि जरुरी छ की एनसीसी र परिषदमा अनुभव बटुलिसकेका पूर्ब सम्योजक तथा उपसंयोजक सोनाम लामा र एसी शेर्पासंग समन्वयमा रहेर काम हुनुपर्दछ । साथै अन्य प्रमुख स्टक होल्डरहरुसंग अत्यन्त नजिक रहेर काम गर्ने हो भने एनसीसी अमेरिकाका अध्यक्ष पौडेल, बरिस्ठ उपाध्यक्ष सुनिल शाह र महासचिब बाबुराम लामाको मनपरी तन्त्रको नियन्त्रण हुन्छ र एनसीसी अमेरिका सहज ढंगले अगाडि बढ्छ, एनसीसी अमेरिकाज उनीहरुको सिन्डिकेट भैसकेको परिप्रेक्षमा उनीहरुसंग मिलेर होइन उनीहरुलाई नियन्त्रण गर्ने ढंगले काम गर्नुपर्छ ।

स्टेक होल्डरहरु

अमेरिकाको नेपाली समाज भनेको एनआरएनका सदस्यहरु मात्र होइनन । जबर्जस्ति भिडाइएका सदस्यताका कारण बनेका भनिएका १४ हजार सदस्य मात्र होइनन झन्डै ४ लाख नेपालीहरु छन अमेरिकामा । त्यत्रो जनसंख्यालाई समेट्ने दृस्टीकोण एनसीसी अध्यक्ष पौडेल र उनको किचेन क्याबिनेटसंग छैन । उनीसंग एनआरएन भिजन र मिसन पनि छैन । समाजमा गन्हाएका र गन्धले बाफ़िएका सल्लाहाकारहरु छन, जसले पौडेललाई बिगत २ बर्षमा एनआरएन भिजन र मिसन सम्बन्धि सल्लाहा पनि दिन सकेनन । त्यस्तो सल्लाहाकार समिति पनि आगामी दिनमा बन्न दिनु हुँदैन, त्यो कुराको नियन्त्रण क्षेत्रीय संयोजक र उपसंयोजकले गर्नु पर्छ । पूराका पुरा नियन्त्रणमा एनसीसीलाई राखेर मात्र संयोजक र उपसंयोजकले काम गर्ने हो भने पौडेल र उनको किचेन क्याबिनेटको मनपरीतन्त्रमा धेरै सुधार आउँछ, हेक्का रहोस – कुनै हालतमा पनि यादव पण्डीत सल्लाहाकार हुनु हुँदैन ।

अमेरिकाको नेपाली समाजका नेपाली जनसम्पर्क समिति, प्रबासी नेपाली मंच, एसोसिएसन अफ नेपलिज इन द अमेरिकाज, नासा, एनमा, ग्रेटर बोस्टन नेपाली समाज, टेक्सास नेपाली समाज, कोलोराडो नेपाली समाज, फ्लोरिडा, जर्जिया, कनेक्टिकट, न्युह्याम्सर, न्युजर्सी, सिकागो, न्युयोर्क, नेभाडा, आयोआ, नेब्रास्का लगायत दर्जनौ नेपाली क्षेत्रीय समाज तथा अन्य संघ संस्थाहरुका पदाधिकारी तथा सदस्यहरुको निकट सम्बन्धमा रहेर कहिले संयुक्त त कहिले छुट्टाछुट्टै गरेर, नजुधाएर, कार्यक्रम गर्न गराउन प्रेरित गर्नु पर्छ ।

परिषदका थिङ्क ट्यांकहरु

21034625_767578053450797_7117054238193749024_n

अमेरिकाज क्षेत्रीय संयोजक र उपसंयोजकले बिशेष गरी परिषदको बिधान र नियमावलीहरुलाई मध्ये नजर गर्दै आफ्ना गतिबिधिहरु संचालन गर्नुपर्छ ।

1923834_131653050540597_3440713759151153195_n

परिषदका थिङ्क ट्यांकहरु पूर्ब अध्यक्ष द्वय जिबा लामिछाने र शेष घले तथा परिषद्मा हाल निर्बाचित उपाध्यक्ष कुमार पन्त र महासचिब बद्रि केसीको निकट रहेर काम गर्न जरुरी छ । जोसंग भिजन र मिसन छ उनीहरुसंग काम गर्ने हो भने त्यो सारा एनआरएन समुदायको लागि सुखद समाचार हुन्छ, बन्छ ।

13428023_10207647256117858_8375056926297928308_n22448516_10214394450397349_3184720510672874679_n

परिषदका धेरै परियोजनाहरु छन, तिनीहरुलाई सफलतापूर्बक सम्पन्न गर्न क्षेत्रीय संयोजक र उपसंयोजकको भूमिका हुन्छ । लाप्राक बस्ति, एनआरएन बिल्डिंग, स्किल, नलेज एण्ड इनोभेसन प्रोजेक्ट लगायत धेरै परियोजनाहरुको काम सम्पन्न गर्नमा थिङ्क ट्यांकहरु लगायत पहिलेदेखि क्रियाशील स्टेक होल्डरहरुको भूमिका हुन्छ, अमेरिकाको तर्फबाट यस्ता परियोजनाहरुमा निरन्तर समय र लगानी अभिब्रिद्दिमा क्रियासिल पूर्ब संयोजक लामा र उपसंयोजक शेर्पाको सहयोग भर्खर निर्बाचित संयोजक र उपसंयोजकको लागि महत्वपूर्ण हुन सक्छ, त्यसैले यी स्टेक होल्डरहरुको नजिक रहन जरुरी छ ।

भिजन ट्वान्टी ट्वान्टीका प्रस्ताबक निबर्तमान अध्यक्ष घले यसकारण थिङ्क ट्यांक हुन, जसले एनआरएनमा चेन्ज ल्याउने संकल्प अगाडि सारेका छन । उनको परिबर्तन मिसन कार्यान्वयनमा बर्तमान अध्यक्ष भवन भट्टको जति ध्यान पुग्ला त्यो भन्दा बढी जिम्मेवारी बोध उपाध्यक्ष कुमार पन्त र महासचिब बद्रि केसीले गर्नेछन, उनीहरुसंग पूर्ब अध्यक्ष घलेको नजिकमा रहेर काम गरिसकेको अनुभव छ, यो अनुभवलाई बोध गर्ने हो भने एनसीसी क्षेत्रीय संयोजक र उपसंयोजकले अमेरिकाको नेपाली समाजमा समेत त्यस्तो अबधारणा अगाडि ल्याई समाज रुपान्तरणमा योगदान पुग्न सक्छ ।

संयोजक र उपसंयोजकलाई बिशेस ध्यानाकर्षण

एनसीसी अमेरिकाको बर्तमान बोर्डका केहि व्यक्तिहरुमा प्रतिशोध र गलत प्रबृत्ति हाबी हुँदै गएको छ, त्यो पूर्ण नियन्त्रण हुनुपर्छ । रास्ट्रिय निर्बाचन आयोग र न्यायिक समिति फेरबदल हुनुपर्छ । अनलाइन सदस्यता ब्यापक गर्नु पर्छ तर अनलाइन भोटिंग खारेज गर्नु पर्छ । हिसाब किताब पारदर्शी गराउनु पर्छ, अडिट रिपोर्ट हरेक सदस्यले हार्ड कपि प्राप्त गर्न पाउनु पर्छ । मानव तस्करी नियन्त्रण हुनपर्छ । नेपालमा खोलिने निजि ब्यापार ब्यबसायमा एनसीसीका बहालवाला पदाधिकारी तथा सदस्यहरुबाट हुने पदिय दुरुपयोग नियन्त्रण हुनुपर्छ । हस्तक्षेप र नियन्त्रणका असंख्य उपायहरु छन अबलम्बन गर्नुहोस ।

सारा नेपालीहरुले एनआरएन आफ्नो हो भन्न पाउन, सबैको अपनत्व रहोस, त्यसपछि मात्रै सारा नेपालीहरु सदस्य बन्छन अन्यथा चुनावमा भोट हाल्ने, हाल्न लगाउने प्रयोजनका लागि बिगत ३ बर्षदेखि जुन ढंगले भोटर किन्न थालिएको छ त्यसैको निरन्तरता मात्र हुन्छ र जो संग डलर छ त्यसकै कब्जामा हुन्छ एनआरएन ।

यसमा तपाईको मत