दुई पत्रकारहरुबाट पत्रकार दाहाल माथि सिधा अन्याय

gautam

 

अमेरिकामा दुखले आई बसोबास गर्दै रहेका नेपालीहरुको इमिग्रेसन स्टाटस बारे कम्तिमा कोहि कसैले प्रश्न उठाउने काम नगरौ भन्ने आम जिज्ञासा र इक्षा हुँदा हुँदै फेसबुकमा त्यस्ता कुराहरु देखा पर्यो । बास्तबमा त्यो देखिनु हुन्न थियो । त्यो माथि जिम्मेवार पत्रकारहरु र संगै काम गरेकाहरुले त संयमितता अपनाउनु पर्थ्यो । अमेरिकामा आएका तमाम नेपालीहरुको इमिग्रेसन स्टाटस निर्माण प्रक्रिया त्यति सहज बिसय हैन भने वकिलको शुल्कका कारण पनि बर्षौं बर्ष दुखमा झेलिनु र कुर्नु पर्ने कारणले अमेरिका बसाईको यो दुखद क्षण हो । जिम्मेवार व्यक्तिहरुलाई यो बताईरहनु पर्ने बिसय पनि होइन ।

फेसबुकमा निस्किएको समाचार आयो गयो भन्ने हुन्थ्यो तर इमिग्रेसन स्टाटसलाई व्यक्तिगत रिसइबी साध्ने साधन जिम्मेवार ठानिएका पत्रकारहरुले आ-आफ्ना संचार माध्यमहरुमा समेत आफैले लेखेर पत्रकारिताको अचम्मको प्रयोग गरेका छन । समाज र समाजका सदस्यहरुले त्यसो नगर्न सुझाएकै हुन तर पत्रकारहरु र उनीहरुको पत्रकारिताको धर्म भित्र त्यो नपर्नुमा सबैलाई आस्चर्य चकित तुल्याएको छ ।

सिधाकुराले यस अघि नै सुझाएको पनि थियो, प्रमाण केरमेट गरेर वा पोतेर प्रस्तुत नगर्न तर त्यो कुरालाई पनि लत्याईएको छ । आखिर जे सुकै होस एउटा नेपालीले अर्को नेपालीलाई गर्ने ब्यबहार असल ब्यबहार यो होइन ।

एक जना व्यक्तिले असहमति र असहयोग गर्यो भनेर १ दर्जन नेपालीहरुलाई मुद्दा मामिला गर्नु र एक जोडी संचार माध्यमले एउटा नेपालीको स्टाटस माथि प्रश्न ठड्याउनु सिधा कुराले एकै पाएको छ । यो निन्दनीय छ । सिधा कुरा कुनै पनि अर्थमा यो दुई संचारमाध्यमहरुको हुर्मतको समर्थन गर्दैन भने व्यक्तिगत अधिकार कुण्ठित गर्न खोजिएको प्रयासको वकालत पनि गर्दैन ।

यसैबीच हिजो नेपाल अमेरिका पत्रकार संघ (नेजा) का अध्यक्ष गौतम दाहालले केहि संचार माध्यमहरुले आफ्नो व्यक्तिगत जीवनमाथि नै आघात पुर्याउन केहि पत्रकारहरु लागी परेको कुरा उठाउदै त्यस प्रकारको आघातको बिरुद्द प्रेस बक्तब्य जारी गरेका छन:

प्रेस विज्ञप्ती
जुन २,२०१४

विगत केही दिन यता न्यूयोर्कबाट प्रकाशित हुने युएसनेपाल अनलाईन डट कम र खसोखास साप्ताहिक पत्रिकामार्फत् मेरो व्यक्तिगत जीवनमा असर पर्नेगरी प्रकाशित भएका सामाग्रीप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । अमेरिका जस्तो कानुनको शासन सर्वोपरि भएको र व्यक्तिगत अधिकारको सुनिश्चितता भएको मुलुकमा मेरो व्यक्तिगत एवं सामाजिक जीवन र प्रतिष्ठामा आँच पुग्ने गरी सुनियोजित रुपमा यसरी प्रकाशन गरिएका सामाग्रीहरुको जतिसुकै निन्दा गरे पनि कमै हुन्छ । यस्तो संवेदनशील विषयमा पत्रकारिताको सामान्य मर्यादा र व्यक्तिगत गोप्यतासमेत नरहने गरी मेरा विरुद्ध जेजसरी प्रहार भएको छ,त्यो मेरा लागि क्षम्य नभएको,नहुने म यसै विज्ञप्तीमार्फत् प्रष्ट पार्दछु ।

अध्यागमनको विषयमा मेरो नाम जोडेर मेरो व्यक्तिगत गोपनीयताको हनन गरी नियतपूर्वक मेरो इज्जत, चरित्र र प्रतिष्ठामा आँच पुर्याउने काम भएको छ । अति नै संवेदनशील विषयमा ममाथि जसरी प्रहार भएको छ र मलाई मानसिक तनाव र आघात पुर्याउने जुन काम भएको छ, त्यसका विरुद्ध मैले कानुनी उपचारका लागि प्रक्रिया समेत सुरु गरिसकेको जानकारी गराउँदछु । अध्यागमन कानुन र व्यक्तिगत गोप्यता हनन हुने गरी कीर्ते भनि मेरो चरित्र हत्या हुने जेजसरी समाचार प्रायोजित रुपमा प्रकाशित भएका छन्, त्यस्ता समाचारका लागि सहयोग गर्ने, प्रकाशन गर्ने र समाचार तयार गर्ने सबै पक्ष कानुनको कठघरामा उभिनुपर्नेछ । तसर्थ यसतर्फ कसैले पनि यसबारे थप दुष्प्रचार गरे, गराएमा समेत कडा कानुनी कारवाहीका लागि मैले पहल गर्नेछु ।

नेपाल अमेरिका पत्रकार संघको गत महिना सम्पन्न चौथो अधिवेशनको दौरान मलाई धम्कीसहित मानसिक तनाव दिने र अन्य सबैखाले दुष्प्रचार गर्नेहरु चुनावी प्रक्रिया सम्पन्न भईसकेपछि पनि यसरी व्यक्तिगत, सामाजिक र सार्वजनिकरुपमा चरित्र हत्या र व्यक्तिगत गोपनीयताको संवेदनशील विषयमा नीचताको पराकाष्ठा नाघेर अत्यन्त घृणित एवं निन्दनीय कार्यमा संलग्न भएका छन् । तसर्थ म मेरो नितान्त व्यक्तिगत जीवनमा सिधा असर पार्ने गरी नियतवश समाचार प्रकाशन गर्ने सबै मिडिया, यसका सञ्चालक,सम्पादक एवं लेखक समेतका विरुद्ध कानुनी उपचारको प्रक्रियामा अघि बढीसकेको सम्बन्धित सबैलाई यसै विज्ञप्तीमार्फत् जानकारी गराउँदछु ।

धन्यवाद,

गौतम दाहाल
अध्यक्ष,नेपाल अमेरिका पत्रकार संघ
बाल्टिमोर,अमेरिका ।

यसमा तपाईको मत