बिज्ञ सम्मेलन र सभा बीच बिद्यालयलाई सहयोग गर्ने बचन

Bhairabi MV

न्युह्याम्सर, अमेरिका ।

आज बिहान हुनै लागेको गैर आबासीय नेपाली संघ अन्तरास्ट्रिय समन्वय परिषदको अमेरिकाज बिज्ञ सम्मेलन र रास्ट्रिय समन्वय परिषद अमेरिकाको सातौँ बार्षिक साधारण सभाको पुर्ब सन्ध्यामा संघका अमेरिकाज क्षेत्रीय संयोजक गौरी जोशीले नुवाकोट जिल्ला बिदुर-२ स्थित एउटा माध्यामिक बिद्यालयको लागि आर्थिक सहयोग गर्ने बचन दिएका छन ।

करिब २ घण्टा अगाडी सीधाकुरासंग कुरा गर्दै क्षेत्रीय संयोजक जोशीले बिद्यालयको लागि लक्षित ५ हजार डलर सहयोग जुटाउन प्रयत्न गरिने बचन दिएका हुन । उनले आर्थिक सहयोग संकलन बारे आफु, क्षेत्रीय उपसंयोजक नबिन सेरचन र रास्ट्रिय समन्वय परिषद अमेरिकाका अध्यक्ष डाक्टर केशव पौडेलसंग कुराकानी गरेर सीधाकुरालाई जानकारी गराउने बताएका छन ।

विद्यालयको अबस्था

बिदुरस्थित श्री भैरबी माध्यामिक बिद्यालय काठमान्डूबाट त्यति टाढा नभए पनि यसको अबस्था देशको अति बिकट कुनोको बिद्यालयको जस्तो रही आएकोछ । गत डिसेम्बरमा सीधाकुरा प्रतिनिधि सो बिद्यालय पुगेर अबलोकन गरेको थियो । बिद्यालयमा बिदुरका विद्वान खनाल पण्डित र परिबारको धेरै ठुलो योगदान रहेको स्थानीयले त्यो बेला बताएका थिए । शिक्षक शिक्षिका र बिद्यालयमा पढेका बिद्यार्थीहरुको सोच भने बिद्यालय पुनर्निर्माण हुनुपर्ने छ तर आर्थिक श्रोतको अभावमा बिद्यालय पुर्नरनिर्माणको सम्भावनाबाट धेरै टाढा छ । बिद्यालयको पुनरनिर्माणका लागि खनाल परिबार रास्ट्रिय अन्तरास्ट्रिय रुपमा पहल गरिरहेको छ ।

सीधाकुराको मेसेन्जर बक्समा बिगत २ बर्षदेखि बिद्यालयमा पढेका बिद्यार्थीहरुले पुनरनिर्माणका लागि सहयोग जुटाई दिन अनुरोध गर्दै बारम्बार समाचार पठाई रहेपछि काठमान्डू गएको बेला बिद्यालय अबलोकनका लागि पुगिएको थियो । बिद्यालयको अबस्था अन्त्यन्त नाजुक छ ।

35333498_2039440346090836_4893650634294689792_nunnamed

33380322_10155673210308473_8028444171545083904_n

पूर्ब बिद्यार्थीहरुको पहल

बिद्यालयमा पढेका पूर्ब बिद्यार्थीहरु बिद्यालय पुनर्निर्माण र उत्थानका लागि अनबरत प्रयत्न गरिरहेका छन । पीताजिको योगदान, समाजको योगदान र आफु पढेको बिद्यालयप्रतिको प्रेम र सद्भावका कारण विद्वान पण्डित खनालका द्वय सुपुत्रीहरु रमा खनाल नेउपाने र सुभद्रा खनाल निरौला धेरै अघिदेखि सहयोग संकलन गरी बिद्यालय बनाउने योजनामा दत्तचित छन । बिद्यालयका अन्य धेरै बिद्यार्थीहरु पनि अमेरिका, युरोप र एसियाका धनि रास्ट्रहरुबाट सहयोग संकलन गरी बिद्यालय बनाउने योजनामा रहेको देखिन्छ ।

हाम्रो काम

नुवाकोट जिल्लाका विद्वान खनाल र परिबारको योजना, बिद्यालयको अबस्था र अमेरिकामा भएको ज्ञान, सिप र प्रबिधिलाई जोड्न प्रयत्न गर्ने सीधाकुराको काम हो । आज अमेरिकामा बिज्ञ सम्म्मेलन हुँदैछ भने त्यो सम्मेलनमा उपस्थित बिज्ञहरुले नेपालका यस्ता बिद्यालयहरुको उन्नति प्रगतिमा आफ्नो ज्ञान, सिप र प्रबिधि हस्तान्तरण गरी गाउँको एउटा बिद्यालय मार्फत आफ्नो योजना अघि ल्याउन सक्छन भन्ने आशा गरौँ । मुख्य कुरो त हस्तान्तरण भन्दा पनि इक्षाशक्ति नै हो । विदेशियका नेपालीहरुले धन भन्दा पहिले मन नेपाल लैजान सके भने श्री भैरबी माध्यामिक बिद्यालयहरुको बिकास र बिस्तार सेकेन्ड भरमै हुनेकुरोमा निश्चिन्त हुन सकिन्छ ।

नुवाकोटका नेपालीहरुलाई अनुरोध

क्यालिफोर्निया राज्यका लागि नेपालका महाबाणिज्यदुत ऋषि पुनाखर ढकाल नुवाकोट जिल्लाकै हुनुहुन्छ, श्री पशुपतिनाथ फाउन्डेसन लस एञ्जलसका संस्थापक मध्यका एक ढकालले आफ्नो गाउँ आफै बनाउँ भन्ने सोच राख्नु भयो भने बिद्यालयको लागि वहाँ एउटा ठुलो श्रोत बनिदिन सक्नु हुन्छ । अमेरिकामा नुवाकोट जिल्लाबाट आउनु हुने हजारौं नेपालीहरु भएको परिप्रेक्षमा श्री भैरबी माध्यामिक बिद्यालयको उन्नति प्रगतिको मार्ग प्रशस्त गर्न खनाल परिबारले सोचेको योजना कार्यान्वयन हुने कुरामा सीधाकुरा ढुक्क छ, आशा छ महाबाणिज्यदुत ढकालले आफु र नुवाकोटका धेरै मित्रहरुको साथ लिएर बिद्यालयको लागि सोच्नेछन ।

बिज्ञ सम्मेलन र साधारण सभामा उपस्थित अन्तरास्ट्रिय समन्वय परिषदका अध्यक्ष भवन भट्ट, उपाध्यक्ष कुमार पन्त र अन्य धेरैले श्री भैरबी माध्यामिक विद्यालयको बिकास र बिस्तारका लागि बिज्ञ सम्मेलन मार्फत बिचार पुर्याउनेछन ।

केहि महिना पहिले नै सीधाकुराले भनिसकेको छ – बिद्यालयको बिकासको लागि अमेरिकी डलर ५ सय सहयोग हुनेछ । आगामी डिसेम्बरमा काठमान्डू पुग्दा सो रकम हस्तान्तरण गर्ने लक्ष भएको हुँदा डिसेम्बर अघि नै उक्त बिद्यालयलाई सहयोग गर्न इक्षुक नेपालीहरुलाई सहयोग रकम उपलब्ध गराई दिन अनुरोध छ ।

बिज्ञहरुले हरेक सम्मेलनमा एउटा बिद्यालयको लागि यसरी सहयोग जुटाउने प्रतिबद्दता बढ्दै जाने हो भने गाउँको बिद्यालयको प्रगति पनि हुन्थ्यो, सम्मेलनको महत्व पनि । गैर आबासीय नेपाली संघले यस्ता काम गर्दै जाने हो भने संघको गरिमा पनि बढ्थ्यो, गाउँका बिद्यार्थीहरु प्रतिस्पर्धी पनि हुन्थे ।

यसरी सोच्ने हो भने दुई हातमा लड्डु हुन्थ्यो ।

सम्मेलनको मर्म

अमेरिकामा सिकेको ज्ञान, सिप र प्रबिधि नेपालको सम्ब्रिद्दिको लागि स्थानान्तरण गर्न अमेरिकामा भएका दक्ष नेपाली जनशक्तिलाई उत्प्रेरित गर्ने उद्देश्यले संघले आयोजना गरेको यो सम्मेलनको उद्देश्य भएको हुँदा नेपालको शिक्षा, स्वास्थ्य, उद्योग, ब्यबसाय र सामाजिक राजनीतिक रुपान्तरणमा यसले सघाउ पुर्याउने अपेक्षा गरौँ ।

खुला बिस्वबिध्यालय, वाइफ़ाइ/इन्टरनेट, पुल, भूमिगत सडक र निकासी प्रबर्धनमा संघले दक्षता प्रदान गरी नेपालको सम्ब्रिद्दिमा सघाउन सम्मेलनले अठोट लेओस । बिगतमा भएका यस्ता सम्मेलनहरुको निचोड कार्यान्वयन होस र संघको गरिमा ब्रिद्दिमा सघाउ पुगोस भन्ने कामना गरौँ, सम्मेलन सफलताको शुभकामना !

यसमा तपाईको मत