एएनए कन्भेन्सन हुँदै: २०१० पछि बिग्रेको अबस्थामा सुधार

Ana1

न्युह्याम्सर, अमेरिका ।

सन् २०१० को बोस्टन कन्भेन्सन पछि प्राय: मृत घोषणा भैसकेको एसोसिएसन अफ नेपलिज इन अमेरिकाज (एएनए) को केहि न्युयोर्क, टेक्सास र भर्जिनियाका अबैधानिक कन्भेसनहरु पछि रोमान्चकारी रुपमा पर्सि जुन ३०-जुलाई १ (शनिबार-आइतबार) भर्जिनियामा आयोजना हुन गैरहेको खबर प्राप्त भएको छ । भर्जिनियामा अबस्थित अमेरिका नेपाली समाज, अमेरिका नेपाल सहयोगी समाज र गैर आबासीय नेपाली संघ अमेरिका, भर्जिनिया च्याप्टरको संयुक्त आयोजनामा उक्त सम्मेलन गर्न लागिएको एएनए अध्यक्ष मेदिनी अधिकारीले अहिले साँझ सीधाकुरालाई बताए ।

उतार चढाव

बोस्टन कन्भेन्सन झन्डै ५ हजार संख्याका नेपालीहरुबीच सम्पन्न भए लगत्तै कन्भेन्सनमा ८४ हजार डलर घाटाको गोप्य प्रतिबेदन सीधाकुरा प्रतिनिधिले सार्बजनिक गरे पछि बढेको टकरावले तत्कालिन अध्यक्ष सिमोन ढुंगाना लगायतलाई अधिकतम तनाव सिर्जना गरेको र भर्जिनियामै एएनए डाक्टर श्याम कार्की, छेवांग शेर्पालामा, सिमोन ढुंगाना र बिजय थापाहरुले सार्बजनिक बैठकबाट अपहरण गरी ३ बर्ष अबैधानिक रुपमा चलाए पछि संस्थापन र लुटेरा समुह बीचको एउटा भयङ्कर शृंखलामा सीधाकुरा लगायत १८ जना नेपालीहरु अन्तरिम अध्यक्ष शेर्पालामा र उनको जम्बो टोलीको तर्फबाट अत्यन्त पीडित भएका थिए । १२ जना व्यक्तिहरुलाई झन्डै १ लाख डलर असुलेर अदालत बाहिर मिलापत्र गरिएको थियो भने पूर्ब कोषाध्यक्ष अनिल पाठक, अध्यक्ष अधिकारी र सीधाकुरा प्रतिनिधि बिनोद नेपालको कारण एएनए लुटबाट बच्न सफल भएको थियो । ।

यो बीचमा एएनए निकै ठुलो उतार चढावमा व्यस्त भयो । एएनए लुट पछि लुटेरा समुहले एएनएको सम्पत्ति पशुपति बुद्द मन्दिर मेरिल्याण्डको अत्यन्त अपायक बस्ति बिल्सभिलमा केहि व्यक्तिहरु मोटाउने नियतले बेचेर सारियो, जुन अहिले घाँडो साबित छ । मन्दिरका पुजारी श्रीधर ज्ञवाली मोटाउने र मन्दिर दुब्लाउने काम मात्र यो बीचमा भयो, पण्डित ज्ञवालीलाई मन्दिरको आयश्रोतले आफ्नो व्यक्तिगत सम्पत्ति जोड्न र परिबारको बन्दोबस्त मिलाउन लुटेराहरुले सहयोग गरे तर भर्जिनिया, डिसी र मेरिल्याण्डका नेपाली घना बस्तीलाई आखिर भर्जिनियाका भारतीय मठ मन्दिरमै सिमित गराउने प्रपन्च रचियो । बिल्सभिलको बाँझो बालुवाको डांडोमा अबस्थित मन्दिर अहिले उजाड छ । डिसी वरपरका नेपालीहरुलाई त्यो डांडो “ल्हासामा सुन छ कान मेरो बुच्चै” भएको छ, यति मात्र होइन यो डांडो खाउ भने दशकौंको सिकार नखाउँ भने सिमोन ढुंगानाको अनुहार भएको छ ।

35479352_10216581301110891_1367565295543123968_n

हाँसो उठ्दो

झन्डै ६५ हजार डलर कमिशन खाएर ख्वाएर किनाइएको यो डांडो अहिले आएर झन् ठुलो संकटमा परेको छ । भन्नासाथ् बिक्रि पनि नहुने यसो केहि गर्न खोज्यो भने सिटिले केहि गर्न पनि नदिने अबस्थामा फसेको छ । सुनिदैछ लाखौँ डलर खर्चेर ”मन्दिर घुस्ने बाटो फराकिलो बनाएर आइज” भन्ने कुरा सिटिले दबाब दिए पछि मन्दिर संचालक समिति धर्म संकटमा फसेको छ । यसै त मन्दिर परिषरको जग्गामा उम्रेको घाँस काट्न १८ सय डलर खाने समाजसेवीहरुको जमात बस्ने भर्जिनियामा अब त्यो मन्दिरमा लाखौँ डलरको बाटो बनाउने कसले? डाक्टर श्याम कार्कीले? कविन्द्र सिटौलाले? वा कसले? भर्जिनियाका फेयरफ्याक्स, आर्लिंगटन, मनाससबासी नेपालीहरुलाई त्यो घाँडो मन्दिरमा जानु भन्दा फेयरफ्याक्समै अर्को मन्दिर बनाउने र घाँडो पन्छाउने रोग पलाउन थालेको धेरै भएको थियो ।

भर्जिनियाबासी सजग

भर्जिनियामै विभाजित एएनए फेरी भर्जिनियामै यतिका बर्ष पछि एकत्रित भएको संदेश दिन खोजेको आभास भैरहेको छ- कन्भेन्सन मार्फत । यो सुखद समाचार हो । धेरै मानिसहरु पीडित भए तर पीडा बिर्सेर उनीहरु पुन पुरानो संस्था एएनएको जगमा किन फेरी उभिन खोज्दैछन? धेरै कारणहरु छन यसका पछाडी । तर एउटा गोप्य कारण चाहि यो हो – बिल्सभिलको बाँझो डांडो भन्दा फेयरफ्याक्समै सबैको पायकमा एउटा मन्दिर निर्माणमा जुट्न सघाउ पुग्ने अपेक्षा ।

सफलता मिलोस एएनएलाई र अमेरिकाको नेपाली समाजका सबै समान साझेदारहरुलाई सहभागी गराएर सम्मेलन फलदायी र दशंकौंदेखि टुटेको भाईचारा अभिब्रिद्दीमा सम्मेलन सुखद अघि बढोस । केहि व्यक्तिले दुख पाएर पुन सृजना गरेको सन् १९८३ देखिको एएनएको भाइचारा अभिब्रिद्दी गर्ने मिसन स्टेटमेन्टलाई अघि बढाउन भर्जिनियाका ३ सामाजिक संस्थाहरुले देखाएको अग्रसरता अनुरुप सबै सहभागी भै कन्भेन्सन सफल रहोस् ।

सुभ संकेत

पछिल्लो पटक एनआरएन आइसीसीका पूर्ब अध्यक्ष जिबा लामिछाने, बर्तमान उपाध्यक्ष कुमार पन्त लगायतले अध्यक्ष अधिकारीलाई स्यान फ्रान्सिस्कोमा भेटेर दिएको संदेश पनि कन्भेन्सन सफलताको संकेत हो भनेर मान्न सकिन्छ ।

यसमा तपाईको मत