सोसिएल लिडरहरु के भन्नु हुन्छ एनआरएन चुनाव बारे?

6 people

एनआरएन एनसिसि अफ युएसएको भोलिदेखि मतदान हुने चुनावको पूर्बसंध्यामा अमेरिकाका ४ दिशाका आदरणीय व्यक्तित्वहरु मोहन ज्ञवाली, गोपेन्द्र भट्टराई, शरद आचार्य, भक्त थापा, कृष्ण देवकोटा र बिमल नेपालले प्राय एकै धारणा दर्शाउनु भएको छ ।

पहिलोपटक हुन गैरहेको चुनाव एनआरएनएका झन्डै ७० वटा रास्ट्रिय समन्वय परिषदहरुबाट लाखौँ नेपालीहरुले चिहाईरहेको आफुहरुलाई लागेको केहि दिन देखिको सिधाकुरासंगको टेलिफोन सम्पर्कमा वहाहरुले बताउनु भएको छ ।

सोसिएल लिडरहरु ज्ञवाली, रिजवुड नेपलिज सोसाइटीका अध्यक्ष, भट्टराई, नेपलिज एसोसिएसन इन मिड वेस्ट अमेरिकाका अध्यक्ष, आचार्य, रकी माउन्टेन फ्रेन्ड्स अफ नेपालका अध्यक्ष, थापा, श्री पशुपतिनाथ फाउन्डेसन अफ युएसएका अध्यक्ष, देवकोटा, नेपाली एसोसिएसन अफ जर्जियाका अध्यक्ष र नेपाल, नेपलिज एसोसिएसन इन साउथइस्ट अमेरिकाका कार्यकारी उपाध्यक्ष हुनुहुन्छ ।

अमेरिकाका नेपालीहरुको छाता संगठनको रुपमा बिकास हुने अपेक्षा गरिएको एनआरएन अमेरिकाको चुनावले साच्चिकै अन्य क्षेत्रीय र स्थानिय संस्थाहरुमा समेत प्रजातान्त्रिक चुनाव हुनु पर्ने संदेश ल्याउने वहाहरुको अपेक्षा छ ।

एनआरएन एनसीसी अफ यूएसएको चुनावी प्रकृया भोलिदेखि शुरु हुँदै गरेको अवसरमा सम्पूर्ण अमेरिकावासी मतदाताहरुमा वहाहरुको अनुरोध छ – तपाईंहरु कुनै राजनितिक आस्था र विचारको आधारमा आवद्ध नरही एउटा सक्षम, सबल र विशुद्ध सामाजिक भावनाबाट लक्षित रहेको व्यक्तिलाई चुनावमा अत्यधिक बहुमतले विजयी गराउनु होला किनकी हामीलाई कुनै पनि संस्थामा त्यस्ता व्यक्तिहरुको सदैव खाँचो रहिरहनेछ ।

ज्ञवाली, भट्टराई, आचार्य, थापा, देवकोटा र नेपाल अमेरिकाका नेपालीहरुका न्युयोर्क, इन्डियाना, कोलोराडो, क्यालिफोर्निया, जर्जिया र फ्लोरिडामा अबस्थित नेपाली संघसंस्थाहरुका सोसिएल लिडर हुनुहुन्छ, जसले समाजका लागि उदाहरणीय काम गरेर देखाइसक्नु भएको छ ।

सबैको मूल उद्देस्य समाज सेवा नै भएकाले समाजलाई सहि बाटोमा डोहोर्याउने दिशामा हामीले पहिले हाम्रा सोसिएल लिडरहरुका कुरा सुन्नै पर्छ ।

१० बर्षसम्म कुहिरोको काग भएको एनआरएन अमेरिकाले सोसिएल लिडरहरुबाट सिकेर अगाडी बढ्नुको बिकल्प छैन ।

यसमा तपाईको मत