नेतृत्वको अदुरदर्शिताका कारण १० हजार डलर भ्रस्टाचार

Unknown-1

न्युह्याम्सर, अमेरिका ।

गैर आबासिय नेपाली संघ रास्ट्रिय समन्वय परिषद अमेरिकाको नेतृत्वको अदुरदर्शिताका कारण ठ्याक्कै एक महिना अघि अगस्ट २९ मा सम्पन्न संघको बैठकले गरेको निर्णय अनुसार १५ डलरका दरले उठाएको सदस्यहरुको कोषबाट १० हजार डलर भ्रस्टाचार भएको यतिखेर रहस्य खुल्दैछ ।

42821438_2245430632360102_8788679822755758080_n 42822515_1900086743393018_6918226663473938432_n

संघका अध्यक्ष डाक्टर केशव पौडेलले अध्यक्षता गरेको तथा महासचिब बाबुराम लामाले मोडरेट गरेको उक्त बैठकले गैर आबासिय नेपाली नागरिकता सम्बन्धि नेपाल सरकारले संसदमा पेश गरेको बिधेयकलाई संशोधन गर्न आबस्यक लबिङ्ग गर्ने निहुँमा त्यो रकम अदुरदर्शी रुपमा नेपाल निकासी गर्ने निर्णय गरेको थियो । नेपाल सरकारले गैर आबासिय नेपाली नागरिकता लिन चाहने व्यक्तिले विदेशको नागरिकता परित्याग गरेको प्रमाण पेश गर्नु पर्ने लगायतका बिषयहरु बिधेयकमा समाबेश गरेको छ ।

नेपाल सरकारको उक्त बिधेयकले बिदेशियका नेपालीहरुको गम्भीर ध्यानाकर्षण गरेको र एनआरएन नेतृत्वले सरकारसंग समन्वय गरेर काम गर्न नसकेको तथा त्यसप्रकारको बिधेयक आउने पहिल्यै थाहा हुँदा हुँदै सरकारलाई प्रभावित पार्न नसकेको आरोप संसारभरिका एनआरएनहरुले दबाबको रुपमा उठाए पछि लाज पचाउन संघको अन्तरास्ट्रिय समन्वय परिषद र रास्ट्रिय समन्वय परिषदले लबिङ्गको नाउमा सदस्य शुल्क मनपरी ढंगले खर्च गरि काठमान्डू प्रतिनिधि पठाउने बहानामा यस्ता भ्रस्टाचारहरु हुन गयो । अमेरिकाको हकमा भने यस्ता भ्रस्टाचारहरु सामान्य भैसकेको छ ! खराब नेतृत्वछ, त्यसको वरिपरि झुन्डिने सल्लाहाकारहरु पुरै हनुमान छन । अनि साधारण सदस्य भेडा बाख्रा सरी छन, भोट बैंक बनेका छन, तमासे बनेका छन ।

नेतृत्वका बिरुद्द कसैले केहि गर्न सक्दैन भन्ने दम्भ छ, जसका कारण एनआरएन अमेरिकामा आर्थिक अनियमितता सामान्य भएको छ । नाउ मात्रको साधारण सभा हुन्छ, जहाँ साधारण सदस्यहरुलाई संघको बार्षिक कार्यक्रम र आर्थिक प्रतिबेदन उपलब्ध गराइदैन, आर्थिक पारदर्शिता छैन । अडिट हुन्छ हुँदैन कुनै सदस्यलाई थाह हुँदैन । संघको लेटर हेड दुरुपयोग सामान्य भैसकेको छ । काठमान्डू र संसारका अमेरिकन दुताबासहरुमा पठाइने संघको लेटर हेडको प्रतिलिपि संघमा सुरक्षित छैन, मन परेको र अध्यक्ष तथा महासचिबको दायाँ बायाँका इस्टहरुको घरघरमा संघको लेटर हेड पुगेको छ ।

भ्रस्टाचार कसरी भयो त १० हजार डलर? प्रश्न उठ्न सक्छ । नेपालको निर्बाचन पछि नेकपा एमालेले सरकार बनाएको र खड्ग प्रसाद ओली प्रधानमंत्री भएको खबरले जो कोहिले पनि ठोकुवा गर्न सक्ने कुरा थियो – प्र. म. ओली संयुक्त रास्ट्र संघको महासभालाई सम्बोधन गर्न अमेरिका आउनेछ्न । त्यो माथि संघका बोर्ड डाइरेक्टर द्वय संजय थापा र प्रिती खत्रीलाई प्र. म. ओली अमेरिका आउने सुचना जुलाई महिनामै थाहा थियो । यस्तो अबस्थामा उनै बोर्ड डाइरेक्टर संजय थापा र उपाध्यक्ष जेदु पोखरेललाई गैर आबासिय नागरिकता बिधेयक संसोधन लबिङ्गको नाउमा किन १० हजार डलर बोकाएर काठमान्डू पठाइयो? अनि १० हजार डलरको उपलब्धि के भयो? उपलब्धि सुन्य भयो ।

उपलब्धि सुन्य हुने कुरा पनि संघको नेतृत्वलाई थाहा थियो । प्र. म. वली त्यति सहज मान्छे होइनन । उनी बोल्दै बोल्दैनन, गर्दै गर्दैनन, बोली सके पछि उनको बोली फिर्ता गराउन त्यति सहज छैन । थोरै पढे पनि, राजनीति र कुटनीतिक कला, कथा र उखानमा उनी पारङ्गत छन । सितिमिति उनको हातबाट काम लिन सजिलो छैन । यो कुरा बोर्ड सदस्य थापालाई राम्रो ज्ञान छ । फेरी प्र. म. अमेरिका आउदैछन भन्ने कुरा ज्ञान थियो भने १० हजार डलर बोकाएर पठाउनु र असम्बन्धित व्यक्तिहरुलाई थापा र पोखरेलले भेटेर लबिङ्ग गर्नु पनि गलत थियो । गलत काम आखिर भ्रस्टाचार नै हो, यो थियो नैतिक भ्रस्टाचार ।

सुन्य उपलब्धि भयो भन्ने कुरा पनि प्र. म ओलीलाई न्युयोर्कमा सम्मान गर्ने काममा संघको नेतृत्व पछि हटेकोबाट स्पस्ट भयो । अदुरदर्शी, असक्षम र भ्रस्ट नेतृत्व भए पछि कुनै पनि काममा संघले सफलता हासिल गर्न सकेको छैन । यहि असफलताका कारण, सदस्यहरुबीच नै नेतृत्व गन्हाएको छ । संघका अन्तरास्ट्रिय समन्वय परिसदका लागि अमेरिकाज क्षेत्रीय संयोजक गौरी जोशीसंग संघको नेतृत्व समन्वयमा छैन । प्र. म. ओली अमेरिका आउनु अघि पूर्ब प्र. म. बाबुराम भट्टराई अमेरिका आए व्यक्तिगत प्रयोजनका लागि । क्षत्रिय संयोजक जोशीले स्वागत र बिदाई गर्दा समेत संघको नेतृत्व भूमिगत भयो र टेक्सासका केहि व्यक्तिहरु उकास्न र भट्टराईको भ्रमण तथा जोशीको साख गिराउन मस्त भयो, व्यस्त भयो । यहाँ पनि संघको कोष दुरुपयोग भएको धेरैमा आशंका छ ।

आखिर प्र. म ओली अहिले न्युयोर्कमा छन तर नैतिक पतन नेतृत्वले उनीसंग यहा पनि गैर आबासीय नागरिकता बिधेयक संसोधनको लागि कुरा राख्न सकेन । सडकमा कालो झण्डा प्रदर्शन र कम्युनिस्ट सरकारको तिब्र आलोचना भए पछि संघको नेतृत्व झन् बढी असक्षम देखियो । नाक जोगाउन केहि भित्रिया कम्युनिस्ट र कांग्रेसको खोल ओढेका कम्युनिस्ट एनआरएन नेताहरुलाई एउटा कोठामा थुपारेर एनआरएन नेतृत्व मख्ख परिरहेको छ । उसलाई थाह छैन यो सब वाहियात काम गराईको प्रतिफल अन्तरास्ट्रिय समन्वय परिषदको आगामी निर्बाचनमा अमेरिकाका उम्मेदवारहरुले अनुभव गर्नेछन ।

संघको सबै ”चेक एण्ड ब्यालेन्स” गर्ने गराउने समिति उपसमिति निकम्मा पारेकाले भ्रस्टाचार सहज भएकोछ । भोट बैंकलाई १५ डलर नोटको चिन्ता नभएकाले यो सब कुकर्म सहज भएको हो ।

सामाजिक संस्थामा काम गर्ने व्यक्तिहरुलाई आन्तरिक राजस्व बिभागमा उजुरी गर्ने व्यक्ति नभएसम्म नेतृत्वमा जे पनि गर्न हुन्छ भन्ने सोच पलाएको हो, सधै यस्तो परिस्थिति रहिरहदैन ।

यसमा तपाईको मत