चुनाव यहाँबाट शुरु

vv

न्युह्याम्सर, अमेरिका जनवरी ३१ ।

पूर्व अध्यक्ष सुमन तिम्सिनाको पालादेखि अत्यन्त ठुलो बिबाद र बदनामीमा रुमलिंदै आएको एनआरएन एनसीसी अफ युएसएको चुनावको चटारो छ अमेरिकामा यतिखेर ।

करिब १ महिना अघिदेखि नै सीधाकुराले चर्चा उठाई दिएको चुनावको अहिले सदस्यता वितरण धमाधम भैरहेको छ । पहिले पहिलेका सदस्यता वितरण प्रणाली हचुवा र एक व्यक्तिले सयौं सदस्य बनाउन सक्ने खालको थियो भने यसैले एनआरएनलाई ठुलो बिबाद र बदनामीमा फसाएको थियो ।

केहि भुरे टाकुरे व्यक्तिहरुको मनोमानी ढंगले चलिरहेको एनआरएन एउटा ठुलो आकारमा ५ बर्ष अघि परिणत भएपछी पनि निबर्तमान र बर्तमान अध्यक्षहरुले झन् ठुलो मनोमानी गरेकाले एनआरएनप्रति आम चासो घटेको हो । आम चासो घट्दै जाँदा सदस्यता बनाउन र बन्न प्रेरित गर्ने मान्छेहरुको संख्या अहिले सदस्यहरुको भन्दा बढीछ, तैपनी मान्छेहरु स्वतस्फुर्त सदस्य बन्न चाहिरहेका छैनन् ! यस्तो अबस्थामा धेरै पक्षबाट सदस्य बन्न स्याल हुइयाँ मच्चाइएको छ तर मानिसहरु अझै आस्वस्त हुन् सकिरहेका छैनन् ।

sanj

”एक पटकको नेपाली सधै नेपाली” हुने तर एक पटकको सदस्य सधै सदस्य नहुने अत्यन्त हास्यास्पद कुरोले मान्छेहरु सदस्य बन्न अग्रसर छैनन् । अर्को ठुलो हाँसोको कुरो पनि छ – २० डलर तिरेर बन्ने सदस्यले पाउने प्रतिफल सुन्य छ । यसो उसो गर्दै हाँ हुँ गर्दै एनआरएनको सदस्यता २ बर्ष अघिको मेम्बर डेटाबेसकै हाराहारीमा पुग्नेछ । सदस्य भन्दा पनि उम्मेदवारीको मनोकांक्षा र मनोदशाले चुनावको मुखमा सदस्यता बन्ने बनाउने र चुनाव सकिए पछि सदस्यहरुको हैसिएत रुखका सुकेका पात सरह हुने भएकाले अहिले ठुलो महत्वका साथ् सदस्य बन्न मानिसहरु नओइरिहेका हुन ।

सकारात्मक संकेत

अन्य कुराहरु यथावत रहेमा अहिले एउटा सकारात्मक संकेत देखिएको छ । सदस्य बन्नको लागि इक्षुक व्यक्तिले आफ्नो परिचय पत्रको प्रतिलिपि ओपलोड़ गर्नु पर्ने एउटा नबिन बुंदाले त्यो संकेतलाई पुस्टि गरेको छ । यसबाट परिचय पत्रमा फोटो भएको सम्बन्धित व्यक्तिले मात्र सदस्य बन्न सक्नेछ । यो प्राबधानले पहिले पहिलेको जस्तो हचुवामा सदस्यता बनाउने मात्र होइन उम्मेदवारहरुले डलर दिएर दलालहरु मार्फत बन्ने सदस्यता प्रणाली अब असम्भव छ ! यस्तो प्राबधानहरु कुनै पनि बहानामा साच्ची नै परिवर्तन गरिएनन भने पक्कै पनि एनआरएन एनसिसि अफ युएसए अमेरिकाबासी आम नेपालीको साझा संस्था र आस्थाको केन्द्र बन्न सक्ने सम्भावना बढेर गएकोछ ।

उम्मेद्वारीको होड

बोर्ड अफ डाइरेक्टर डाक्टर अर्जुन बन्जाडे खुलेर अमेरिकाका बिभिन्न राज्यका नेपालीहरुबीच भेटघाट र एनआरएन एनसीसी अफ युएसएको चुनावी दौडाहामा निस्केपछि उम्मेदवार बन्न चाहने आम सदस्यहरुको चासो ह्वात्तै बढ्यो । शुरुमा डाक्टर बन्जाडे खुलेनन्, पछि कनेक्टिकटको एउटा कार्यक्रममा सीधाकुरासंग मौनता खोल्दै उनले भने -अब म अध्यक्ष पदको लागि अघि बढें । उनको उम्मेदवारीको मौनता तोडीए पछि अहिले साराको मनोकांक्षा भित्र भित्रै प्रकट हुन थालेको छ ।

२ बर्षदेखि बोर्डमा संगै हिंडेकाहरु उनको उम्मेद्वारीको पोल खुले पछि अहिले सबै सोहि पदको आकांक्षी बन्ने होडबाजीमा छन । महासचिब बिआर लामा तथा बोर्ड अफ डाइरेक्टर त्रय संजय थापा, गोपेंद्र भट्टराई, कृष्ण लामिछानेहरु खुलेका छैनन् तर आ-आफ्ना भित्रियाहरु मार्फत अध्यक्ष पदको आकांक्षी रहेको सुचना बजारमा फ्याकेर प्रतिक्रिया हेरेर बसिरहेका छन । प्रबक्ता बिनोद कुमार तिवारीले भने अध्यक्ष पदको आकांक्षी रहने कुरा सीधाकुरालाई प्रस्ट्याए ।

मस्ट डिजरभिंग क्यान्डीडेट

आकांक्षा भएर मात्र हुँदैन, सदस्यहरुको चासोको बिषय, स्थापित नाउँ, एनआरएनमा योगदान, एनआरएन गतिबिधिहरुमा संलग्नता र आम मानिसहरुको चासोको बिषयलाई हेर्दा यति खेर मस्ट डिजरभिंग क्यान्डीडेटको रुपमा संजय थापा, सुनिल शाह र डाक्टर अर्जुन बन्जाडे अग्रपङ्गतिमा रहेको बुझिन्छ, देखिन्छ ।

अरु पनि

पहिले पहिलेदेखि उठ्दै आएका तर बीचमै छोडेका, च्याखे थाप्न माहिर, पटक पटक हार्दै आएका र चर्चामा आइरहन चाहने व्यक्तिहरु यो पटक पनि इक्षुक हुनेछन । कृष्ण पोखरेल, राम पोखरेल, जेदु पोखरेलहरुले पनि यो पटक दावा गर्न छोड्नेछैनन् ।

पहिले अध्यक्ष पदका दाबेदारहरुकै आम चासो रहेकाले यतिखेर अन्य पदका व्यक्तिहरुको बारे केहि कुरा बाहिर आइरहेको छैन ।

फेब्रुअरी १५ सम्म त सदस्यताकै हुइयाँ चल्नेछ । तर यो बीचमा उम्मेद्वारीको पनि परिपक्वता बढ्दै जानेछ । बिगतको जस्तो हार्ड ड्राइभ र फ्ल्यास ड्राइभमा सदस्यहरु कोच्ने र झिक्ने काम हुन सकेन भने को उम्मेदवार हुने र को नहुने? को हुँदै नहुने? छर्लंग हुँदै जानेछ ।

अन्तिममा, मस्ट डिजरभिंग क्यान्डीडेटहरुकै बीच प्रतिस्पर्धा र ध्रुबिकरण बढ्दै जानेछ ।

यसमा तपाईको मत