कडा निगरानी गर ।

Dr. Keshav

न्युह्याम्सर, अमेरिका । फेब्रुअरी ८ ।

एन आर एन अमेरिकाका लागि सबै भन्दा घातक व्यक्ति हुन डाक्टर केशब पौडेल । उनको बिगत ४ बर्षको अनेकानेक गतिबिधिहरु निहालने हो भने फेब्रुअरी १५ भित्र उनले चमत्कार देखाउन सक्छन, सबैले उनलाई कडा निगरानीमा राख्न जरुरी छ ।

एनआरएनलाई ट्रयाकमा राख्ने एक मात्र निकाय हो न्यायिक समिति, त्यो उनले बनाएका छैनन । पर्यवेक्षण, प्रमाणीकरण र कार्यसमिति सबै नाउ मात्रका हुन, डाक्टर पौडेलको गतिबिधि यी समितिहरुले नियन्त्रणमा लिन सक्दैनन । डाक्टर पौडेलले आफ्नो फाइदाका लागि जस्तो पनि कदम चाल्न सक्छन, त्यो उनको बिगतले देखाई सकेको छ । आफ्नो फाइदाका लागि उनले कैयौं पटक त्यस्ता गलत कामहरु गरेको सीधाकुरासंग रेकर्ड छ ।

51426069_2269102233367218_5708362499636592640_n

आगामी निर्बाचनका लागि अध्यक्ष पदमा बहुचर्चित उम्मेदवार संजय थापा चारै कोण बाट एक मात्र दह्रो उम्मेदवार प्रमाणित भएको अबस्था र जनसम्पर्क समिति समर्थित व्यक्तिहरुले हाम्रो भन्दै अगाडी ल्याईएका उम्मेदवार डाक्टर अर्जुन बन्जाडे असल व्यक्ति हुँदा हुँदै पनि उनलाई लात मारेर उनका लठ्ठी सुनिल शाहलाई ठड्याउँन डाक्टर पौडेलले जस्तो हर्कत पनि गर्न सक्ने देखिदैछ, हिजो गौरी जोशीलाई गरेको अपवित्र कार्य प्रमाणको रुपमा सबैको सामु छर्लंग छ !

डाक्टर पौडेल आइसीसीमा महा सचिब वा सचिब पदमा उठ्ने योजना कसेर बसेका छन । उनले त्यसका लागि आफ्ना ६०-७० भोटरहरु बोकेर काठमान्डू पुग्नु पर्ने हुन्छ, यो योजना कस्न सुनिल शाहलाई एनसीसी अमेरिकामा ठड्याउदा मात्र सम्भव छ ।

संजय थापाले यो पटक चुनाव जितेमा एनआरएनबाट सदाका लागि डाक्टर पौडेलले हात धुनेछन ! डाक्टर अर्जुन बन्जाडेले चुनाव जितेमा उनका प्रमुख सल्लाहाकार डाक्टर यादव पण्डित समेतको सल्लाहामा आइसीसीको कुनै टिके पदमा डाक्टर पौडेल मनोनित हुनेछन तर उनले शाहको विजय मार्फत सोचेको एकलौटी भोटरहरु सबै प्राप्त गर्ने छैनन ।

डाक्टर पौडेलको एनसीसीमा पर्सि फेब्रुअरी १५ पछि खासै बर्चस्व रहनेछैन, यसअघि नै डाक्टर पौडेलले गर्न सक्ने कुनै पनि हर्कत परास्त पार्न भने जरुरी छ । डाक्टर पौडेलसंग यतिखेर सुनिल शाह र केहि भित्रियाहरु बाहेक कोहि बाँकी छैनन । शाह सोझा छन, उनलाई ठड्याएर मनमोजी गर्ने र आइसीसीमा पुग्ने दाउ भने डाक्टरको अन्तिम अस्त्रको रुपमा जिवितै छ । गौरी जोशी पनि आइसीसीको कुनै एक पदको सशक्त दाबेदार हुन तर के पद भने खुल्न सकेको छैन । डाक्टर पौडेललाई परास्त गर्नमा जोशीको पनि कम भूमिका हुनेछैन ।

यता जनसम्पर्क समिति पुरै डाक्टर पौडेलको खिलापमा छ । गोरख आनन्द बिस्ट डाक्टर पौडेल र उनी समर्थित कुनै पनि उम्मेदवारको बिपक्षमा उभिनेछन । जनसम्पर्क सम्बद्द भोट बैंक ठानिएका बिष्णु सुबेदी लगायत दर्जनौ व्यक्तिहरु भोट बिहिन भए पछि डाक्टर पौडेलसंग भोटिंग सिस्टम नै कब्जामा लिने र हिजो पटक पटकका जुन हर्कत गरिएका थिए त्यहि दोहोर्याउने मनस्थिति बाहेक बाँकी अब केहि छैन ।

यसमा तपाईको मत