ब्राड़ीको खुशी

Nepali Brady

डोभर, न्युह्याम्सर, फेब्रुअरी ९ ।

न्युह्याम्सर राज्यको डेरी शहरका बासिन्दा १ बर्षिय सबत ब्राड़ी न्यौपाने आज धेरै खुशी छन, ब्राड़ीका बाउ सुरेश न्यौपानेको आज जन्मदिन हो । जन्मदिनको सुअवसरमा ब्राड़ी र उनकी आमा बिनिताले बाउ सुरेशको जन्मदिनको शुभकामना व्यक्त गरे राति १२ बजे लगत्तै । त्यसपछि देखि फेसबुकमा जन्मदिनको शुभकामना व्यक्त हुने क्रम जारी छ ।

अमेरिकाको इस्टकोस्टका सुप्रशिद्द फुटबल खेलाडी (न्यासनल फुटबल लिग) टमस एडवार्ड पेट्रिक ब्राड़ी जुनिएर(टम ब्राड़ी) का फ्यान बाउ सुरेशले एक बर्ष अघि छोरा जन्मिए पछि उनको मिडिल नेम ब्राड़ी राखे । त्यो बेला न्युह्याम्सर राज्यका नेपालीहरु अक्क न बक्क भएका थिए । नेपाली केटाहरुको मिडिल नेम बहादुर, कुमार, राज, प्रसाद हुने चलन तोडेर सुरेशले आफ्नो छोराको मिडिल नेम ब्राड़ी राखेका थिए । एकै बर्षमा नेपाली ब्राड़ी पनि निक्कै चर्चाको शिखरमा पुगेका छन । नेपाली समुदायमा ब्राड़ी पहिलो मिडिल नेम हो, ब्राड़ी स्कुल जान थाले पछि उसले टम ब्राड़ीलाई बिर्साउने संकेत अहिलेदेखि गर्न सकिन्छ ।

ब्राड़ी को हजुर बुवा रामचन्द्र र हजुर आमा तारा संखुवासभा चैनपुरबाट बिराटनगर, काठमान्डू हुँदै अमेरिका आएका व्यक्तिहरु हुनुहुन्छ । पेशाले खानदानिया ब्यबसायी हो वहाँहरु । अहिले पनि नेपालकै गौरबशाली हस्तकलाका सामानको पैठारी गरी अमेरिकामा ब्यबसाय गर्दै आउनु भएको छ । माउन्ट एभरेस्ट गूड्स नामक स्टोर मार्फत नेपालका हस्त निर्मित निकासीयोग्य बस्तुहरुको बिक्रि वितरण गर्दै आउनु भएको छ । अन्तरास्ट्रिय कुरिएर डिएचएल मार्फत नेपाली निकासीयोग्य बस्तुहरु ल्याएर न्युह्याम्सरका बिभिन्न शहरहरुमा वहाँहरुको ब्यबसाय चलिरहेको छ ।

ब्राड़ीका बाउ शुरेश यिनै ब्यबसायहरुको ब्यबस्थापन गर्छन । बाबु, आमा, दाजु, भाउजु, जिबन संगिनी र ब्राड़ीसंग उनको दैनिक जीबन चलिरहेको छ । खेलका ठुला सौखिन व्यक्ति हुन ब्राड़ीका बाउ । उनको सबै भन्दा मनपर्ने खेल नै टम ब्राड़ी सम्मिलित न्यासनल फुटबल हो । अन्य खेलका पनि उनी प्रेमी नै छन । नेपालमा खेलिने, अमेरिकामा खेलिने र अन्तरास्ट्रिय प्रतिस्पर्धात्मक जुनसुकै खेल ब्राड़ीका बाउ अत्यन्त चासोका साथ् हेर्छन । बाबु, आमा, भाउजु, दाजु, नेपालमा भएका भाउजु, भतिजा भतिजी, क्यालिफोर्नियामा रहेका दिदि, भिनाजु, भतिजी, भान्जी, भर्जिनियामा रहेका काका काकी सबैको प्रिय छन ब्राड़ीका बाउ । नासुवा, म्यानचेस्टर र डोभरका आफन्त सबैको प्रेरक व्यक्ति हुन ब्राड़ीका बाउ । केयरिङ्ग नेचर छ उनको, अत्यन्त परिश्रमी छन, मृदुभाषी छन, हँसिलो छन, जस्तो सुकै समस्याको सहि ट्याकल गर्ने क्षमता छन उनीसंग । आफ्नै व्यक्तिगत जीबनमा २ वटा घटना घटे पनि त्यसलाई राम्ररी ट्याकल गरे उनले । सियो बनेर आउने र फाली बनेर निस्कने प्रबृत्तिलाई परास्त गरे उनले । उनको जीबनमा कहाली लाग्दो घटना पनि भयो, सहोदर दाजु सनत गुमाए उनले डरलाग्दो घटनामा, कान्छो भएर पनि जेठो छोराको आभाष दिलाए परिबारलाई र सबै सम्हालेर यहाँसम्म आई पुगे उनी ।

51513514_2241155862571527_5081503157972893696_n

ब्राड़ीको बाउको जीबन चमत्कारमा बदलिएको छ अहिले जब उनको घरमा बिनिता भित्रिइन । पाक शिक्षामा निपुण छिन् उनी, बाबु आमा, दिदि, दाजु ब्राड़ी र ब्राड़ीको बाउको उनी राम्रो केयर गर्छिन, दिदि बहिनि दुबैको हात मिठोछ – ब्राड़ीका हजुर बा हजुर आमा स्वीकार गर्नु हुन्छ । भित्र आइमाईको बाहिर लोग्ने मान्छेको हो भन्ने सत्य कुरा हो । भातभान्छाको मेसो गतिलो भयो भने लोग्ने मान्छे १८ घण्टा खटेर पनि घर ब्यबहार खुसी र सुखी राख्नमा सक्षम हुन्छ, ब्राड़ीका बाउ सबै कुरामा निपुण छन ।

ब्राड़ीको घरमा आज अत्यन्त ठुलो खुशी छ, त्यो खुसी सधै कायम होस । ब्राड़ीको सारा परिबार सुखी रहुन । आज श्री पंचमीको अघिल्लो दिन हो, माता सरस्वतिले ब्राड़ी र लक्ष्मीले ब्राड़ीको बाउको सदा रक्षा गरुन ।

यसमा तपाईको मत