डाइरेक्टर पदका खनालको उम्मेद्वारीले निर्बाचन कोड अफ कंडक्ट आकर्षित भो

director
डाइरेक्टर पदका खनालको उम्मेद्वारीले निर्बाचन कोड अफ कंडक्ट आकर्षित भोएनआरएन एनसीसी अफ युएसको आसन्न निर्बाचनका डाइरेक्टर/अफिसर पदका उम्मेदवार क्यालिफोर्नियाका बैकुण्ठ खनालको उम्मेद्वारीमाथि निर्बाचन कोड अफ कंडक्ट सिधा आकर्षित भएको नेपाली कांग्रेस पार्टीको नेपाली जनसम्पर्क समितिमा संलग्नताले पुस्टि गरेको छ । हेर्नुहोस धनन्जय नर्सिङ्ग केसीको फेसबुक स्टाटस:

नेपाली काँग्रेस जनसम्पर्क समिति समन्वय विभागले नेपाली जनसम्पर्क समिति
अमेरिकाको केन्द्रीय सदस्यमा विश्व भण्डारी, भगवान मैनाली, बैकुण्ठ खनाल,
गोपाल विश्वकर्मालाई मनोनयन गरेको छ । यस्तै सल्लाहकारहरुमा पियूष दाहाल,
केशव बराल, ज्ञानदीप लामा, नारायण थापा र मोहन बराललाई मनोनयन गरेको छ ।
नवनियुक्त केन्द्रीय सदस्य तथा सल्लाहकारहरुमा म आफ्नो व्यक्तिगत तर्फबाट
बधाई तथा उत्तरोत्तर प्रगतिको कामना गर्न चाहन्छु ।

नेपाली जनसम्पर्क समिति अमेरिकाको अधिवेशनसम्बन्धी केही बिषयमा मेरो नाम
पनि उल्लेख भएर आएका विमतिका स्वरहरुलाई लिएर मेरो ध्यान आकृष्ट भएको छ ।
म के स्पष्ट चाहन्छु भने मेरो नेपाली काँग्रेस केन्द्रीय कार्यालयप्रति कुनै माग छैन । मेरो माग भनेको एकता अधिवेशन हुनुपर्छ भन्ने हो ।

अमेरिकामा रहेको साथीहरुलाई एकै थलोमा बसाउने परिस्थिति निर्माण गर्दै एकता अधिवेशन सम्पन्न होस भन्ने मेरो जोडदार माग रहँदै आएको थियो र अहिले पनि छ । चाँडोभन्दा चाँडो अधिवेशन सम्पन्न गरी नयाँ नेतृत्वद्वारा पार्टी संगठनलाई सशक्त र मजबुत बनाउनुपर्छ भन्ने मेरो मान्यता हो ।

लामो समयदेखि विवादको भूमरीमा रुमल्लिँदै आएका अमेरिकामा रहेका काँग्रेसका शुभेच्छुकहरु नेपाली जनसम्पर्क समिति अमेरिकाको एकता अधिवेशनको प्रक्रिया चाँडो भन्दा चाँडो शुरु होस भन्ने चाहन्छन् । कसैलाई फुटाएर, चिढ्याएर होइन, सबैलाई एकजूट हुने वातावरण निर्माण गरेर नेपाली जनसम्पर्क समिति अमेरिकाको एकता अधिवेशन हुनुपर्ने अहिलेको टड्कारो आवश्यकता हो । यसतर्फ पार्टीको केन्द्रले ध्यानाकृष्ट गर्नु जरुरी देखिन्छ । विगतका कतिपय तीता अनुभव हरुलाई थाँती राखेर एकताको प्रक्रियामा अगाडि बढनुपर्छ भन्ने पक्षमा म पहिला पनि थिएँ, अहिले पनि छु र भावी दिनहरुमा पनि रहनेछु ।

मैंले विगतमा नेपाली जनसम्पर्क समिति, अमेरिका एकता अधिवेशन तयारी समितिको
सदस्यबाट राजीनामा दिएको पनि आपसी विवाद चर्किएकै कारणले हो भन्ने कुरा पुनः अवगत गराउन चाहन्छु । नेजस, अमेरिकामा एकता कायम हुनुको सट्टा फूट देखा परेका कारण मैंले राजीनामा दिएको थिएँ । जसलाई नेपाली काँग्रेसले अस्वीकार गरेको छ ।

यद्यपि अमेरिकामा रहेका सम्पूर्ण प्रजातन्त्रवादीहरुलाई एकजूट गराएर नेपाली जनसम्पर्क समिति अमेरिकाको एकता अधिवेशनका लागि अझै पनि नेपाली काँग्रेसले निकै पहल गर्नु आवश्यक छ । एकता अधिवेशन चाँडोभन्दा चाँडो गराउने वातावरण निर्माणका लागि म नेपाली
काँग्रेससँग आग्रह गर्दछु ।

धनञ्जयनरसिंह केसी
केन्द्रीय सदस्य
नेपाली जनसम्पर्क समिति, अमेरिका एकता अधिवेशन तयारी समिति

 

यसमा तपाईको मत