संघीय सम्षद नेपालले सम्बोधन गर्नु पर्ने जरुरी बिषय

53670369_10161552911600322_3708130040148393984_n

न्युह्याम्सर, अमेरिका, मार्च १५ । संघिय गणतन्त्र नेपालका रास्ट्रपति श्रीमती बिध्यादेबी भण्डारी गत मार्च ११ मा संयुक्त रास्ट्र संघको एउटा कार्यक्रमका लागि अमेरिका आउनु हुँदा न्युयोर्क स्थित एउटा विमानस्थलबाट शुरु भएको वहाँको यात्रादेखि चीन बिरोधि गतिबिधिमा संलग्न व्यक्तिसँग रास्ट्रपति भण्डारीको भेट र त्यसको भोलिपल्ट वहाँ नेपाल फर्किनु हुँदाको बिदाईसम्म रास्ट्रपति भण्डारीको अमेरिका भ्रमण अत्यन्त बिबादास्पद रह्यो ।

53630603_2289442341333207_8892756861841833984_n

जुन बेला रास्ट्रपति भण्डारीको अमेरिका भ्रमणको खबर आएको थियो त्यहि बखत नै यो भ्रमण रास्ट्रपति स्तरको नभएर महिला तथा बालबालिका मन्त्रीस्तरीय रहेको खुलासा भएको थियो तर वहाँकै उपस्थिति किन भयो वा गराइयो? त्यो भने अनुत्तरित छ । जब रास्ट्रपति भण्डारीलाई विमानस्थल बाहिर अमेरिकाका लागि नेपाली दुत डाक्टर अर्जुन कार्की र स्यानडिएगोका लागि बाणिज्यदुत ऋषि पुनाखर ढकालको बीचमा देखियो, त्यो बेला अमेरिका भरका नेपालीहरु चकित भए । नेपालीहरु रास्ट्रपति भण्डारीलाई जुन खालको सम्मानसाथ काठमान्डूमा मोटरकेडमा देख्थे त्यो न्युयोर्कमा देख्न नपाउँदा रास्ट्रपति भण्डारीको मात्र होइन सिङ्गै नेपालको अपमान भएको महसुस गर्दै थिए । यो स्थिति कसरी र किन आयो? सामाजिक संजालहरु लाखौँ लाख आलोचनाहरुले छिनभरमा भरिए ।

रास्ट्रपति भण्डारीलाई त्यहाँबाट वहाँहरुले कहाँ लैजानु भयो? त्यो अत्तोपत्तो भएन । त्यसको ३ दिन पछि साँझ ६:३० बजे रास्ट्रपति भण्डारीलाई न्युयोर्क शहरकै मिलेनियम हिल्टन होटलको डिप्लोम्याट बलरुममा वहाँको सम्मानमा दुत कार्की र संयुक्त रास्ट्र संघको लागि नेपालको स्थायी नियोगका प्रमुख अमृत बहादुर राइले आयोजना गर्नु भएको रात्री भोजमा देखाईयो । जहाँ नेपाल कम्युनिस्ट पार्टीका अत्यधिक समर्थकहरु र अत्यन्त झिनो संख्यामा न्युयोर्कका अन्य नेपालीहरु सामु रास्ट्रपतिको उपस्थिति देख्दा सीधाकुरा चकित परेको थियो । भर्खर नेपालबाट अमेरिका आएका व्यक्तिहरु लगायत अमेरिकाको नेपाली समाजमा कुनै योगदान नै नभएका व्यक्तिहरुलाई भोजमा आमन्त्रण गरिएको थियो ।

हाँसो उठ्दो

अमेरिका र नेपालमा ब्यबसाय गर्ने ब्यबसायीहरु देखि यहाँ ५ दशकदेखि बस्दै आएका चिर परिचित व्यक्तिहरुलाई सामेल गरेर रास्ट्रपतिसंग नेपालको सम्रिद्दीको लागि छलफल गर्नु पर्ने लगायत नेपालीहरुको अमेरिकाको बसाइ र दुखसुख बुझी लिनु पर्ने रास्ट्रपति नेकपाका अधिकांश व्यक्तिहरुको फोटो सेसनको साधन बन्दा त्यसले अमेरिकाको नेपाली समाजका हजारौं प्रोफेसर, डाक्टर, इञ्जिनिएर, बैज्ञानिक, अधिबक्ता लगायत नेपालको लागि अतुलनिय योगदान पुर्याउन सक्ने व्यक्तिहरु उपेक्षित भएको रास्ट्रपतिले बुझ्ने अवसर पाउनु भएन वा त्यो अवसरलाई केहि व्यक्तिहरुले छेके । नेपालमा उल्लेखनीय योगदान पुर्याउदै आएका व्यक्तिहरुलाई समेत उक्त रात्रीभोजमा आमन्त्रण गरिएको थिएन, जुन कुरा अहिले यहाँको समाजका प्राय सबैको आलोचनाको बिषय भैरहेको छ ।

53930227_2291087507835357_3538190549456519168_n53698487_2290449201232521_2665817317941706752_n54432580_2290716977872410_7119191584867876864_n

अत्यन्त महत्वपूर्ण

रात्रीभोजमा उपस्थित व्यक्तिहरुलाई निहालेर हेर्ने काम भयो साँझ ६:३० देखि ८:३० सम्म, जुन समय निमन्त्रणा कार्डमा उल्लेख गरिएको थियो । रास्ट्रपति भण्डारीको सम्मानमा आयोजित कार्यक्रम यति फितलो र समाजलाई उपेक्षा गरिएको महसुस गर्न थालियो । रास्ट्रपतिका कुराहरु सुन्ने, वहाँको कार्यक्रमको बारेमा जानकारी पाउने, वहाँको अनुभव बुझ्ने भन्दा पनि कार्यक्रम खादा टक्र्याउने, वहाँसंग कुम जोडेर फोटो खिच्ने र अन्तिममा भोज खाएर हिड्ने कामको लागि आयोजना गरिएको जस्तो भयो । त्यहाँ को आए? किन आए? को रास्ट्रपतिसंग कुम जोड्न हुने? को नहुने? कुनै कुराको छ्यानबिचार भएन । आयोजकहरु यति गैर जिम्मेवार भएकी रास्ट्रपतिको सुरक्षा र वहाँसंग नजिक हुनका लागि कायम गरिनु पर्ने दुरी (डिसट्यान्स मेनटेन) गर्न गराउन समेत ध्यान दिइएन । यो सबै कुरामा नेपाली दूताबास वासिंगटन डिसी र न्युयोर्कस्थित नियोग दुवै पूर्ण असफल रहे ।

53859536_10161552911565322_6121495824745627648_n

यसैबीच, जो पायो उही व्यक्तिहरुलाई नेपाली रास्ट्रिय पोशाक र ढाका टोपी लगाएर आएको भरमा रास्ट्रपतिको गलामा खादा लगाउन, नमस्कार गर्न र हात मिलाउन दिइयो ।

रास्ट्रपतिको सुरक्षा संयन्त्र अत्यन्त कमजोर थियो, मानिसहरु हेर्दै थिए, यसैबीच न्युयोर्कको एक प्रतिष्ठित नेपाली संस्थाको सदस्य भन्दै पासाङ्ग शेर्पालाई रास्ट्रपति बसिरहेको सोफामा पुर्याइयो र रास्ट्रपति भण्डारीलाई खादा पहिर्याउन अवसर दिइयो, त्यसको लगत्तै रास्ट्रपति भण्डारीलाई उठ्न अनुरोध गर्दै वहाँको कुममा जोडिएर शेर्पाले फोटो खिचे । त्यसपछि यो प्रसंग कसैको चासोको बिषय भएको थिएन । अमेरिकामा अत्यन्त लोकप्रिय फेसबुक पृष्ठ ”सीधाकुरा” ले मध्यरातमा रास्ट्रपति र शेर्पाको कुम जोडेको फोटो सहित शेर्पाका बिगतका गतिबिधिसंग सम्बन्धित अन्य फोटोहरु सार्बजनिक गरेपछि अहिले यो अमेरिकामा भाइरल छ ।

को हुन शेर्पा?

54521321_10161552911540322_4899654813890904064_n53761327_2290414687902639_6156112432222699520_n

उनी सोलुखुम्बु निबासी नेपाली भनिएको छ तर नेपालीले कहिले पनि नगरेको चमत्कारिक काम उनले गर्दै आएका रहेछन न्युयोर्कमा । सीधाकुराले उनको १-२ वटा फोटोहरु सार्बजनिक गरे पछि उनका अहिले दर्जनौ फोटोहरु सार्बजनिक भैरहेका छन । शेर्पा नेपालको मित्ररास्ट्र चीनको स्वशासित भूभाग तिब्बत बिरोधी काममा संलग्न हुँदै आएको उनको गतिबिधिले बताइरहेको छ, उनको फोटोहरुले त्यो देखाईरहेको छ ।

54354033_10161552911635322_7071147891716259840_n

”फ्री टिबेट” भनेर उनले सयौं ब्यानर, प्ले कार्ड र असम्बन्धित व्यक्तिहरुलाई उचालेर मित्ररास्ट्र चीन बिरोधी काम गरिरहेको देखिएको छ । तिब्बत चीनको भूभाग हो भनेर नेपालले आफ्नो धारणा बिस्व सामु राखिसकेको छ भने अमेरिकाले समेत त्यो कुरा मानेको छ ।

यस्तो परिस्थितिमा नेपालको रास्ट्रपतिलाई भेट्न जाने व्यक्ति नेपालले मानेको चीनको ”एक भूभाग नीति” बिरोधी नहुनु पर्ने थियो तर दुर्भाग्य शेर्पालाई रास्ट्रपति भण्डारीसंग किन र कसले? भेट्न दियो भन्ने कुरा अहिले अमेरिकाको नेपाली समाजमा ठुलो बिबादको बिषय भैरहेको छ । जसले शेर्पालाई आमन्त्रित गरे उसले नै सम्मानित रास्ट्रपतिसंग भेट्ने अवसर दिएको हो भन्ने कुरा कसैले नकार्न सक्दैन ।

यो बिषय अमेरिका हुँदै काठमान्डू पुगिसकेको छ । नेकपाको सरकारले यो कुराको केहि प्रतिक्रिया अहिलेसम्म दिएको छैन । सबै तै चुप मै चुप छन् । । यहाँदेखि काठमान्डूसम्म सबै गुपचुप राख्न चाहन्छन यो अत्यन्त जरुरी कुरा । नेकपाको सरकार यो बिषयमा गम्भीर नभएको पाइएको छ । भोलिपल्ट बिहान प्रस्थान गर्नु अघि नै रास्ट्रपति भण्डारीले यो समाचार थाह पक्कै पाउनु भएर होला, वहाँले बिहान सबेरै विमानस्थल पुग्ने र कसैले नदेख्ने गरी हिंड्ने जमर्को गर्नु भयो । नेपालीहरु वहाँलाई विमानस्थलमै गएर स्वागत र बिदाई गर्न चाहन्थे तर दुत कार्की र बाणिज्यदुत ढकालले त्यस्तो चाँजो किन मिलाएनन? यो गम्भीर बिषय छ । काठमान्डूमा हजारौं सुरक्षा अधिकारी परिचालित र सयौं गाडीहरुको लावालस्करमा सबार हुने रास्ट्रपतिको अमेरिकामा यतिबिघ्न बेइज्यति हुनु भनेको नेपाल र नेपालीकै बेइज्यति हुनु हो भन्ने अहिले सबैले महसुस गरिरहेका छन ।

प्रतिपक्षी दलहरुको ध्यानाकर्षण

यो बिषय रास्ट्रपतिको निजि मामला मात्र होइन, यो नेपालको सर्बच्व सम्माननीय संस्था रास्ट्रपति कार्यालयको मान मर्दन गरिएको गराइएको बिषय हो ।

53203728_10161552911660322_743609575109820416_n

यो बिषयमा नेपाल सरकार गम्भीर भएन । यो बिषय गम्भीरतापूर्बक लिने जिम्मा अब प्रतिपक्षी दलहरुको हो । प्रतिपक्षी दलहरुका नेता कार्यकर्तायो बिषय नेपालको संघीय सम्षदमा बिशेष ढंगले उठान गरी मर्यादित संस्थाको शिर उच्च राख्न पहल गर्नु जरुरी छ । रास्ट्रपति भण्डारीको अमेरिका भ्रमण बिबादास्पद र अपमानजनक बनाउने काममा संलग्न नेपाली दूताबास वासिंगटन डिसी, स्यानडिएगो स्थित महाबाणिज्यदूताबास, न्युयोर्कस्थित रास्ट्र संघका लागि नेपाली नियोग र न्युयोर्ककै महाबाणिज्य दूताबासका प्रमुख तथा संलग्न कर्मचारीहरुलाई हदसम्मको कार्यबाही गरी नेपाल र नेपालीहरुको सम्माननीय संस्थाको शिर उच्च बनाउन जरुरी छ । बिशेषगरी प्रमुख प्रतिपक्षी दलका नेता शेर बहादुर, देउवा लगायतले यो बिषयलाई गम्भिर्तापूर्बक लिन जरुरी छ ।

बिषय पासाङ्ग शेर्पाले के गरे भन्ने कुरा होइन रास्ट्रपतिको सम्मानमा आयोजित कार्यक्रम आयोजना गर्ने नेपालको सरकारी संस्थाहरुको रबैया अमेरिकामा अत्यन्त गलत भएको कुरा प्रमुख हो । शेर्पा त यहाँ पात्र मात्र हुन, प्रेस फ्रिडम भएको देश अमेरिकामा शेर्पाले जे सुकै गरुन तर नेपालको रास्ट्रपतिको सुरक्षा र उनको छबि माथि प्रश्नका साथै उनको भ्रमणलाई बिबादास्पद बनाउन सक्ने सम्भावित कुराहरुलाई पटक्कै वास्ता नगरी कार्यक्रम गर्दा आई परेको यो बिषयको जिम्मेवारी नेपालको पररास्ट्र मन्त्रालय अन्तर्गतका निकायहरुले लिनै पर्छ । उनीहरुको गैर जिम्मेवारीको पराकाष्ठाका लागि उनीहरुलाई दण्डित गर्नै पर्छ, त्यो दण्ड संघीय सम्षदमा ब्यापक छलफल गरेर हुनुपर्छ र आगामी दिनमा त्यस्तो हर्कत कोहि कसैबाट फेरी हुन नसकोस ।

यसमा तपाईको मत